Pages

Thursday, October 14, 2010

त्यो म थिइन

तिमीले भेट्दा
भस्याकभुसुक् निभिसकेको
जमेर बरफ भेसकेको
खङरङ्ङ सुकेर ठूटो भएको
सपना रित्तिसकेको
भावना मरिसकेको
पाउमा लम्पसार परेको
उपर्खुट्टी लाएर र् याल चुहाइरहेको
देखेका थियौभने
त्यो म थिइन।

(आनन्दराम पौडेल / anandarampaudel@yahoo.com

No comments:

Post a Comment