Pages

Sunday, November 24, 2024

 

लोकतन्त्र

 

ब्रिटिस लेखक एलेस्टैर क्याम्पबेलले राजनीतिक विसंगतिबारे लेखेको ‘बट् ह्वाट् क्यान आई डू’ भन्ने पुस्तक अहिले निकै चर्चित छ पुस्तकमा लेखकले ‘उत्तर–सत्य (पोस्ट ट्रुथ) ‘लोकतन्त्रको मन्दमरण (स्लो डेथ अफ डेमोक्रेसी) बारे मार्मिक चित्रण गरेका छन् जोन मेजरले ‘लोकतन्त्रमा हामी विश्वास गर्दछौं’ भन्ने भाषणमा विगत पन्ध्र वर्षदेखि लोकतन्त्र शिथिल राजनीतिक तथा नागरिक स्वतन्त्रता कमजोर हुँदै गएको तार्किक पुष्टि गरेका सन्दर्भ उनले उल्लेख गरेका छन्

धेरै मुलुकमा लोकतन्त्रको जग नै नबसेको र जहाँ लोकतन्त्र छ भनिन्छ, त्यहाँ पनि लोकप्रियतावादीबाट जोखिम बढेको, यसलाई विदेशीद्रोहीहरूले मलजल गरेको र निर्वाचित तानाशाहहरूले कमजोर बनाउँदै लगेकाले यस राम्रो राजनीतिक प्रणालीको भविष्य अनिश्चित हुँदै गएको उनको तर्क थियो उनको यस भनाइलाई अमेरिकाको ‘फ्रिडम हाउस’ संस्थाले पनि थप पुष्टि गरेको हाल विश्वका २० प्रतिशत मानिसहरूले मात्र पूर्ण स्वतन्त्रताको श्वास लिन पाएको पन्ध्र वर्षअघि चालीस प्रतिशतले यस्तो वातावरण पाएका थिए भन्ने उक्त संस्थाको निचोड लेखकले उल्लेख गरेका छन् यसबाट नागरिक राजनीतिक स्वतन्त्रता आधाले घटेको बुझ्न सकिन्छ

लोकतन्त्रका लागि पहिलो खतरा भनेकै ‘झूटको राजनीति’ हो सत्तामा रहनेहरू त्यहीं टाँसिइरहन ‘उत्तर–सत्य’ को रणनीति लिने गर्दछन् यो यस्तो झूट हो, जसमा तथ्यगत आधारहरूलाई नै विकृत तुल्याएर के सत्य हो, के असत्य हो छुट्याउन नसक्ने गरिन्छ उनीहरू आफू गलत भएको कहिल्यै स्विकार्दैनन्, विपक्ष सही भएको मान्दैनन् र असफलताको दोष अरूलाई पन्छाउँछन् सरकारमा रहनेहरूले नै कानुन खेलाउने हो भन्ने मान्यतामा काम गर्छन् जिम्बावेका रबर्ट मुगावे कंगोका मोबुतु तानाशाह थिए उनीहरूको विलासी जीवनले आधुनिक लोकतन्त्रको उपहास गरेको थियो यी दुवै औपनिवेशिक शासनको अन्तपछि स्वतन्त्र राष्ट्रका शक्तिशाली शासकहरू थिए

फिलिपिन्सका मार्कोस हुन् वा इन्डोनेसियाका सुहार्तो, लोकतन्त्रको ‘मास्क’ लगाएका तानाशाहहरू थिए पहिलेका तानाशाहहरू हतियारको बलमा जनताका स्वतन्त्रता दबाउँथे, अहिलेका नयाँ निर्वाचित तानाशाहहरू आफूअनुकूल कानुन निर्माण गरेर वा नीतिगत परिवर्तनबाट प्रणाली भत्काउने गर्दछन् अझ ‘लोकप्रियतावादी’ हरू आफूले मात्र जनताको प्रतिनिधित्व गर्ने कुतर्क प्रस्तुत गर्दछन् अर्को दलले निर्वाचन जितेमा स्विकार्दैनन् यस्ता सर्वसत्तावादी सोच भएकाहरू, फटाहा राजनीतिज्ञहरू, लोकप्रियतावादी र वाक्चपल नेताहरू लोकतान्त्रिक पद्धतिका धमिराहरू हुन्

 देशमा पर्याप्त कानुन छ तर कानुनको शासन छैन सरकारमा रहनेहरूले आफ्ना आफन्तहरूको हितमा काम गर्ने ‘क्लानोक्रेसी’ लागू गर्दै छन् गोलकिपरले बल खेलाए जस्तै सरकारले कानुन खेलाउने हो भन्ने व्यवहार देखाउने गरिएको उही आरोपमा अरूलाई गिरफ्तार गर्नेले आफ्ना दलका नेताहरूलाई भने उन्मुक्ति दिन खोजेको देखिएको यस्तो ‘ठ्या’ ‘मठ्या’ को व्यवहार कानुनी राज्यमा गर्न पाइँदैन 

ड्यारोन आसेमोग्लु र जेम्स रविन्सनको पुस्तक ‘ह्वाई नेसन्स फेल’ मा भनिएको छ, ‘तपाईं विश्वका गरिब ३० देशको सूची बनाउनुहोस्, सवसहारा अफ्रिकाका देशहरू पाउनुहुनेछ र त्यसबाहेकका देशहरूमा नेपाल, हैटी र अफगानिस्तान पर्दछन्।’ 

 

Monday, June 10, 2024

 

चीनमा शैक्षिक-ब्यवस्था

 

ऐतिहासिक रूपमा चीन मेरिटोक्रेसी, यानि सामाजिक हैसियत आर्थिक र पारिवारिक पृष्ठभूमिले नभई व्यक्तिगत योग्यताले निक्र्योल गर्ने पद्धति भएको राज्यका रूपमा रहेको छ यो योग्यतामा आधारित व्यवस्थाको इतिहास दुई हजार वर्षभन्दा पनि पुरानो हो निजामती सेवाको सुरुवात गर्ने पहिलो राष्ट्र चीनले सुरु गरेको प्रतिस्पर्धात्मक निष्पक्ष निजामती सेवाको परीक्षा ‘केजू’को उद्देश्य नै राज्यलाई शासन गर्न उत्कृष्ट कर्मचारीको छनोट गर्नु रहेको थियो

ऐतिहासिक चीनको प्रमुख आविष्कारमध्येको एक मानिने केजू मात्र यस्तो एउटा मार्ग थियो, जसबाट साधारण चिनियाँले पनि कुलीन वर्गको हैसियत बनाउन सक्थे यसकारण मेरिटोक्रेसीमा चिनियाँ जनताको विश्वास उनीहरूको संस्कृति संस्था दुवैमा निहित रहेको चिनियाँ मेरिटोक्रेसीको एउटा उत्कृष्ट उदाहरण हो ‘काओखाओ’, अर्थात् चिनियाँ राष्ट्रिय उच्च शिक्षा प्रवेश परीक्षा, जसलाई केजूकै प्रणालीका रूपमा लिइन्छ चीनजस्तो विशाल जनसंख्या भएको देशमा अधिकांश चिनियाँका लागि काओखाओ प्रतिभाको स्क्रिनिङ गर्ने उच्च शिक्षामा बराबर अवसर पहुँच सुनिश्चित गर्ने सबैभन्दा राम्रो निष्पक्ष तरिका साबित भएको

 चिनियाँ हाई स्कुलको अन्तिम वर्ष नै काओखाओको तयारीमा बित्छ हरेक विद्यार्थीको एउटै ध्याउन्न हुन्छ, उच्च अंक प्राप्त गर्ने जसका लागि दैनिक १४ देखि १६ घन्टाको अध्ययन सामान्य बनाउँछ बालबालिकाको स्कोरलाई कुनै पनि कुराले असर नगरोस् भन्ने सुनिश्चित गर्न सम्पूर्ण परिवार नै परिचालित हुन्छ भने परीक्षार्थीलाई कुनै प्रकारको असहजता नहोस् भनेर पूरै देशले ध्यान दिन्छ

उदाहरणका लागि, परीक्षा केन्द्रहरूमा जाने विद्यार्थी र अभिभावकका लागि सबवे स्टेसनमा विशेष “प्राथमिकता लेन” बनाइएका हुन्छन् भने धेरैजसो ठाउँमा परीक्षार्थीलाई बाधा नहोस् भनेर परीक्षा अवधिभर परीक्षास्थलको निश्चित दायराभित्र कुनै पनि प्रकारको ध्वनि निषेध गरिएको हुन्छ बाटामा हजारौँ स्वयंसेवक प्रहरी खटिएका हुन्छन् भने कतिपय ठाउँमा परीक्षार्थीलाई सहज बनाउन ट्याक्सीचालकले निःशुल्क सेवा प्रदान गर्छन् निष्पक्ष प्रतिस्पर्धा सुनिश्चित गर्न परीक्षाका प्रश्नपत्र अन्य कागजातलाई राज्यकै शीर्ष गोप्य दस्तावेजका रूपमा वर्गीकृत गरिएको हुन्छ र प्रहरीको उच्च सुरक्षा र जिपिएस ट्र्याकरको निगरानीमा ढुवानी गरिन्छ ठगी रोक्न परीक्षा केन्द्रमा कडा सुरक्षा व्यवस्था अपनाइन्छ 

समय र प्रविधिको विकाससँगै अनुहार पहिचान, बौद्धिक सुरक्षाद्वार र ड्रोनजस्ता उन्नत प्रविधि व्यापक प्रयोगमा आएका छन् काओखाओलाई चिनियाँहरू एउटा लकडीको पुल मान्छन् जसमा हजारौँ सेना दसौँ हजार घोडाबीच भागदौड चलिरहेको हरेक वर्ष जुनमा आयोजना हुने काओखाओ यसपालि जुनमा सम्पन्न भएको चिनियाँ शिक्षा मन्त्रालयका अनुसार यस वर्ष एक करोड ३४ लाखभन्दा बढी विद्यार्थीले काओखाओका लागि आफ्नो आवेदन दर्ता गरेका छन् यो संख्या अघिल्लो वर्षको तुलनामा पाँच लाखभन्दा बढी हो अहिलेसम्मकै उच्च

काओखाओलाई लिएर आलोचना नभएको होइन यीमध्ये एउटा आलोचना हो— सामाजिक क्षेत्रीय असन्तुलनको मुद्दा ग्रामीण क्षेत्रका विद्यार्थीको तुलनामा सहरी क्षेत्रका विद्यार्थीको शैक्षिक स्रोतमा पहुँच बढी हुने भएकाले सहरी क्षेत्रका विद्यार्थीले काओखाओ परीक्षामा राम्रो अंक हासिल गर्ने सम्भावना बढी रहन्छ यो एक वास्तविक चिन्ता हो यस मुद्दालाई सम्बोधन गर्न चिनियाँ सरकारले पिछडिएको क्षेत्रका विद्यार्थीलाई उच्च शिक्षामा प्रवेश गर्ने अवसर उपलब्ध गराउन विभिन्न नीति अघि सारेको

उदाहरणका लागि सन् २००४ मा चीन सरकारले पश्चिमी क्षेत्रका लागि “दुई आधारभूत आवश्यकता”का रूपमा नौ वर्षको अनिवार्य शिक्षा, युवा र मध्यम उमेरका मानिसमा निरक्षरता उन्मूलन गर्ने नीति र बोर्डिङ स्कुल निर्माण परियोजना ल्याएको थियो सन् २०१४ मा गरिबी प्रभावित क्षेत्रका बालबालिकाको विकासका लागि राष्ट्रिय योजना (२०१४–२०२०)ले गरिबीग्रस्त क्षेत्रमा बालबालिकाको अधिकार संरक्षण विकासको प्रस्ताव गरेको थियो चीन सरकारले आफ्नो १३औँ पञ्चवर्षीय योजनामा शिक्षासम्बन्धी गरिबी उन्मूलन गर्न लडाइँ सुरु गर्ने जनाएको थियो भने मध्य पश्चिमी क्षेत्रमा समान शैक्षिक सुधार विकासलाई बढावा दिन मार्गनिर्देशन जारी गरेको थियो

सन् २०१८ मा जारी भएको गरिब क्षेत्रमा शिक्षा गरिबी उन्मूलनका लागि योजना (२०१८–२०२०) ले यस्ता क्षेत्रमा व्याप्त शिक्षाका समस्यालाई सम्बोधन गरेको छ भने २०२० मा चीन सरकारले शिक्षाका माध्यमबाट समग्र गरिबीविरुद्धको अन्तिम लडाइँमा विजय हासिल गर्ने भन्दै योजना परिचालन गरेको छ यसका अतिरिक्त शैक्षिक विकासमा क्षेत्रीय असमानतालाई प्रभावकारी रूपमा कम गर्न शैक्षिक रूपमा विकसित अविकसित क्षेत्रका शैक्षिक संस्थाबीच सहयोगको एक संयन्त्र स्थापित गरिएको , जसबाट पिछडिएको क्षेत्रका संस्थाले आफ्नो गुणस्तर वृद्धि गर्न विकसित क्षेत्रका राम्रा शैक्षिक संस्थाबाट स्रोत र साधन सहयोग प्राप्त गर्छन् विभिन्न अध्ययनले विगत दुई दशकमा चीनको शैक्षिक विकासमा क्षेत्रीय असमानता, विशेषगरी सहरी र ग्रामीण क्षेत्रबीचको असमानता निरन्तर संकुचित हुँदै गएको देखाएको छ

काओखाओमा असफल हुनु जीवनसँग नै हार्नु अवश्य होइन हामी सबैले सुनेको नाममा यून अर्थात् अलिबाबा समूहका ज्याक माले तेस्रो प्रयासमा सो परीक्षा उत्तीर्ण गरेका थिए चीनको प्रतिष्ठित न्यु ओरिएन्टल एजुकेसन एन्ड टेक्नोलोजी ग्रुपका संस्थापक चीनको सबैभन्दा धनी शिक्षकका रूपमा चिनिने यु मिन्होङ पनि दुईपटक असफल भएका थिए चियाङसु प्रान्तको ग्रामीण पिछडि़एको क्षेत्रमा कृषक परिवारमा जन्मेका यु मिन्होङले तेस्रो प्रयासमा उच्च अंक हासिल गर्दै पेकिङ विश्वविद्यालयमा अध्ययन गर्ने मौका पाएका थिए 

६ जून, २०१६ मा काओखाओमा सहभागी हुने विद्यार्थीलाई शुभकामना दिँदै भौतिकशास्त्री स्टिफन हकिङले आफ्नो वेइबो अकाउन्टमा लेखेका थिए– म तपाईंहरू, वैज्ञानिक दिमागका नयाँ पुस्तालाई, शैक्षिक प्रयासमा सफलताको कामना दिन चाहन्छु ... तपाईंहरू अर्को पुस्ताको दार्शनिक वा नेता हो जसले आगामी दिनमा आउने पुस्ताको भविष्यलाई आकार दिनेछ अवश्य पनि शिक्षित चीनले चिनियाँ समुदायलाई मात्र प्रतिनिधित्व गर्नेछैन, प्रमुख विश्व शक्तिका रूपमा स्थापित शिक्षित चीनले समग्र ग्लोबल साउथको आवाजको प्रतिनिधित्व गर्नेछ