Pages

Sunday, November 24, 2024

 

लोकतन्त्र

 

ब्रिटिस लेखक एलेस्टैर क्याम्पबेलले राजनीतिक विसंगतिबारे लेखेको ‘बट् ह्वाट् क्यान आई डू’ भन्ने पुस्तक अहिले निकै चर्चित छ पुस्तकमा लेखकले ‘उत्तर–सत्य (पोस्ट ट्रुथ) ‘लोकतन्त्रको मन्दमरण (स्लो डेथ अफ डेमोक्रेसी) बारे मार्मिक चित्रण गरेका छन् जोन मेजरले ‘लोकतन्त्रमा हामी विश्वास गर्दछौं’ भन्ने भाषणमा विगत पन्ध्र वर्षदेखि लोकतन्त्र शिथिल राजनीतिक तथा नागरिक स्वतन्त्रता कमजोर हुँदै गएको तार्किक पुष्टि गरेका सन्दर्भ उनले उल्लेख गरेका छन्

धेरै मुलुकमा लोकतन्त्रको जग नै नबसेको र जहाँ लोकतन्त्र छ भनिन्छ, त्यहाँ पनि लोकप्रियतावादीबाट जोखिम बढेको, यसलाई विदेशीद्रोहीहरूले मलजल गरेको र निर्वाचित तानाशाहहरूले कमजोर बनाउँदै लगेकाले यस राम्रो राजनीतिक प्रणालीको भविष्य अनिश्चित हुँदै गएको उनको तर्क थियो उनको यस भनाइलाई अमेरिकाको ‘फ्रिडम हाउस’ संस्थाले पनि थप पुष्टि गरेको हाल विश्वका २० प्रतिशत मानिसहरूले मात्र पूर्ण स्वतन्त्रताको श्वास लिन पाएको पन्ध्र वर्षअघि चालीस प्रतिशतले यस्तो वातावरण पाएका थिए भन्ने उक्त संस्थाको निचोड लेखकले उल्लेख गरेका छन् यसबाट नागरिक राजनीतिक स्वतन्त्रता आधाले घटेको बुझ्न सकिन्छ

लोकतन्त्रका लागि पहिलो खतरा भनेकै ‘झूटको राजनीति’ हो सत्तामा रहनेहरू त्यहीं टाँसिइरहन ‘उत्तर–सत्य’ को रणनीति लिने गर्दछन् यो यस्तो झूट हो, जसमा तथ्यगत आधारहरूलाई नै विकृत तुल्याएर के सत्य हो, के असत्य हो छुट्याउन नसक्ने गरिन्छ उनीहरू आफू गलत भएको कहिल्यै स्विकार्दैनन्, विपक्ष सही भएको मान्दैनन् र असफलताको दोष अरूलाई पन्छाउँछन् सरकारमा रहनेहरूले नै कानुन खेलाउने हो भन्ने मान्यतामा काम गर्छन् जिम्बावेका रबर्ट मुगावे कंगोका मोबुतु तानाशाह थिए उनीहरूको विलासी जीवनले आधुनिक लोकतन्त्रको उपहास गरेको थियो यी दुवै औपनिवेशिक शासनको अन्तपछि स्वतन्त्र राष्ट्रका शक्तिशाली शासकहरू थिए

फिलिपिन्सका मार्कोस हुन् वा इन्डोनेसियाका सुहार्तो, लोकतन्त्रको ‘मास्क’ लगाएका तानाशाहहरू थिए पहिलेका तानाशाहहरू हतियारको बलमा जनताका स्वतन्त्रता दबाउँथे, अहिलेका नयाँ निर्वाचित तानाशाहहरू आफूअनुकूल कानुन निर्माण गरेर वा नीतिगत परिवर्तनबाट प्रणाली भत्काउने गर्दछन् अझ ‘लोकप्रियतावादी’ हरू आफूले मात्र जनताको प्रतिनिधित्व गर्ने कुतर्क प्रस्तुत गर्दछन् अर्को दलले निर्वाचन जितेमा स्विकार्दैनन् यस्ता सर्वसत्तावादी सोच भएकाहरू, फटाहा राजनीतिज्ञहरू, लोकप्रियतावादी र वाक्चपल नेताहरू लोकतान्त्रिक पद्धतिका धमिराहरू हुन्

 देशमा पर्याप्त कानुन छ तर कानुनको शासन छैन सरकारमा रहनेहरूले आफ्ना आफन्तहरूको हितमा काम गर्ने ‘क्लानोक्रेसी’ लागू गर्दै छन् गोलकिपरले बल खेलाए जस्तै सरकारले कानुन खेलाउने हो भन्ने व्यवहार देखाउने गरिएको उही आरोपमा अरूलाई गिरफ्तार गर्नेले आफ्ना दलका नेताहरूलाई भने उन्मुक्ति दिन खोजेको देखिएको यस्तो ‘ठ्या’ ‘मठ्या’ को व्यवहार कानुनी राज्यमा गर्न पाइँदैन 

ड्यारोन आसेमोग्लु र जेम्स रविन्सनको पुस्तक ‘ह्वाई नेसन्स फेल’ मा भनिएको छ, ‘तपाईं विश्वका गरिब ३० देशको सूची बनाउनुहोस्, सवसहारा अफ्रिकाका देशहरू पाउनुहुनेछ र त्यसबाहेकका देशहरूमा नेपाल, हैटी र अफगानिस्तान पर्दछन्।’ 

 

No comments:

Post a Comment