Pages

Tuesday, April 3, 2012

हिसिलाको आत्मालाप ।


हिसिलाको आत्मालाप
“बाबुरामले पूरै गडवड गरे” हिसिलाले मनमनै भनिन्। बाबुरामले कहाँ-कहाँ गडवड गरे,सवै सम्झँदै गइन्।
“गडवड मधेशी मोर्चासँग ४ वुँदे सम्झौता गर्दादेखि नै भयो।” सम्झेजति टिप्न थालिन्। दुषित कर्मको लिष्टै तैयार भयो।
- राज्य पुनर्संरचना आयोग बनाउँदिन भनेर लिखित तमसुक गरे।
-१०हजार मधेशीको एकहूलै सेनामा हुलिदिन्छु भनेर मधेशी मोर्चासँग लिखित कागज गरे।
-पूरै मधेशी भरेर जम्बो मन्त्रीमण्डल बनाए।
-हत्याको अभियोग लागेका प्रभु साहलाइ कार्यवाहीबाट जोगाए।
-सवैभन्दा घिनलाग्दो मन्त्रीमा दरिएका महेन्द्र यादवलाइ ढाल बनेर रक्षा गरे,तर बिवादमा नआएका नन्दनकुमार दत्तलाइ ठाडो अवकास दिए।
-महेन्द्र यादवले सताएको वृन्दा हाँडालाइ उल्टै मन्त्रालयबाट हटाउन खोजे।
-बलात्कारी,हत्यारा जस्ता ४३८ जघण्य अपराधीका मुद्दा फिर्ता लिए।
 “मैले चिनेको हिजोका बाबुराम त सिद्धान्तनिष्ठ र उच्च आदर्श भएका व्यक्ति थिए, अहिले कस्को सङ्गतले एकाएक परिवर्तित अवतारमा झुल्किए ? रविन्द्र श्रेष्ठ जस्तो नखर्माउलीहरुको पछि लाग्ने स्वभाव र चरित्र पनि यिनको छैन। १बर्ष यता प्रचण्डसँग अलि बढी नै लहसिएका थिए। प्रचण्डको पूरै गुण यिनमा सरेछ र यिनको मौलिक चरित्रचाहीं हराएछ।”
“अर्थमन्त्री हुँदासम्म बाबुराम आफ्नो मौलिक चरित्रमै थिए। हुन त यिनको छवि ध्वस्त पार्न मेरोपनि योगदान रह्यो। बाबुराम सुहाउँदो पत्नी म बन्न सकिरहेको थिइन। बाबुरामले मुस्ताङ गाडी चढ्दा मैले विलासी पजेरो मँगाएँ। बोर्णबहादुर कार्कीलाइ महान्यायाधिवक्तामा नियुक्ती गरिसकेका थिए, नेवारै चाहिन्छ भनेर ढिपी कसें, र मुक्तीलाइ नियुक्ती दिलाएँ। मेरो त छवि बन्ने सम्भावना थिएन। बाबुरामको आलोकमा गर्वका साथ समाजमा उभिने स्थिति थियो,अव त्योपनि सकियो।” यति सम्झेर खू..इय गरिन्। सवै सकिएपनि जनयुद्ध लडेको धाक लगाइरहन त पछिसम्म नै पाइन्छ क्यारे भनेर ढुक्कसँग निदाइन्।
anandarampaudel@yahoo.com
         

No comments:

Post a Comment