Pages

Monday, April 9, 2012

सेनापतिको आत्मसमीक्षा ।



सेनापतिको आत्मसमीक्षा
                  -आनन्दराम पौडेल\ anandarampaudel@yahoo.com

“हाम्रो योजना त सवै भताभुङ्ग भैहाल्यो ज्वाईंसाहव! योजना सफल भएकोभए तपाईंको १तह बढुवा मात्रै हुँदैनथ्यो,कार्यकाल पनि बढ्थ्यो।” अवकास मिति जेठ ४गते तर्फ इङ्गीत गर्दै छत्रमानसिंह गुरुङले भने। निवासमा भेट्दा उपरथी दमनबहादुर घलेलाइ छत्रमानले ज्वाईंसाहेव नै भनेर सम्बोधन गर्थे।
“पिएमले डिस्क्लोज नगरिदिएको भए योजना सफल भैसकेकै थियो। भीम रावलले बवण्डर नमच्चाएको भए त डिस्क्लोज भएर पनि केही बिग्रने थिएन। बिद्या भण्डारीको पालामा पनि दुइटा रथीको दरवन्दी थप गर्न फाइल पेश गर्नुभएकै हो।” दमनले २०६७ साउन १६ गते पेश गरेको प्रस्ताव याद गराए।
“हो त,त्यसवेला बिद्या भण्डारी सहमत थिइन्। पछि कस्ले दिमाग भरेछ; गरिनन्।”
“अहिलेको योजना सफल भएकोभए म रथी भएर केही बर्ष खान पाउँथें, तर आर्मीको संरचना त खल्वलिन्थ्यो। सेनाबाट महानिर्देशनालयमा ल्याउने सवैलाइ एक तह बढुवा गर्नुपर्थ्यो। समायोजनमा आउने लडाकु मध्ये ७२ जनालाइ मेजर,१२६ जनालाइ क्याप्टेन र ८१ जनालाइ लेफ्टिनेण्ट दिनुपर्थ्यो। सेनाको इन्फेन्ट्री कमजोर बन्थ्यो।” दमनले अन्तर्आत्माको आवाज निकाले।
यस्ले छत्रमानको अन्तर्आत्मालाइ घच्घच्यायो। उनी अन्तर्मन्थन गर्न थाले। रुक्माङ्गद कटवाललाइ त प्रचण्ड र वादलले झन् भव्य र आकर्षक प्रस्ताव राखेका थिए। ३०बर्षे सेवा अवधि लागू गर्न मञ्जुर गरेको भए कटवाल लगायत केही जर्नेललाइ सुरक्षा सल्लाहकार बनाउने र त्यो सल्लाहकार समूहले सेनाको लागि नीति निर्माण र सेना परिचालन गर्न पाउने थियो। कटवालले मानेनन्। उनले संस्था र आफ्नो व्यक्तित्व जोगाए। आफ्नो त शरीर हल्लिन्छ,हात हल्लिन्छ,फिजिकल्ली अनफिट छु। हिसिला यमीलाइ जत्तिकै जातिवादी, साम्प्रदायिक र नातावादी भन्ने आरोप ममाथि लागेको छ। नेपाली सेनाको इतिहासमा म गट्स नभएको,कमाण्ड नभएको र भिजन नभएको नालायक प्रधानसेनापतिमा दरिने भएँ।      
छत्रमान गहीरो सोचमा डुवेको देखेर दमन लुसुक्क हिंडे।
हेटौंडा-११,नवलपुर

No comments:

Post a Comment