भर्खरै प्रकाशित सञ्जय के सिंहले लेखेको "मेजर अपरेशन अफ 'र' " नामको नयाँ पुस्तक वजारमा आएको छ। त्यो पुस्तकमा उनले भूटानमा आन्दोलन चर्काउन 'र' को भूमिका थियो भनेर लेखेका छन्। भूटानमा आन्दोलन चर्काउँदा हस्तक्षेपकारी भूमिकासाथ आन्तरिक मामलामा प्रवेश गर्न सहज हुन्छ र त्यहाँको सत्तामा भारतको पकड बलियो हुन्छ भन्ने निस्कर्ष थियो भनेका छन्। 'र' फ्याक्ट्स अन साउथ एसिया शीर्षक अध्यायमा उनी लेख्छन् , "आन्तरिक कलह र द्वन्द चर्काउन लगाएर 'र' मार्फत् भारतले नेपालको आन्तरिक मामलामा खुल्लेआम हस्तक्षेप गर्नेगरेको छ। नेपाल भर्खर वहुदलीय प्रजातान्त्रिक व्यवस्थामा अगाडि बढ्नथालेको बेलामा माओवादीलाई 'र' ले हतियारको व्यवस्था मिलाइदियो र निर्वाचित सरकारविरुध्द विद्रोह गर्न उक्सायो।"
Ananda R Paudel
Ananda R Paudel
No comments:
Post a Comment