Pages

Wednesday, March 29, 2017

जातीय बिष घोलिरहेका छन्।

पोएमिस कविताले हामीसँग सोधेको प्रश्न ?
'बाहुनवाद' वा 'मनुवाद' कुन संसारको कसले बनाएको सिद्धान्त हो ? कुन विश्वको दर्शन र बिचारबाट विद्वानहरुले पुष्टी गरेको 'बाद' हो ? बाहुनलाइ रिस गर्नेले 'बाहुनवाद' र 'मनुवाद' भनि घृणा पोख्ने होभने लिम्बुलाई नरुचाउनेले पनि लिम्बुहरुको नीति र ब्यबहारलाइ 'लिम्बुवाद' भन्ने हो ? नेवारहरुले अरुप्रति गर्नेगरेको ब्यबहारलाइ 'नेवारवाद' भन्ने हो ? यसको बैज्ञानिक दर्शन कसले कसरि पुष्टी गर्ने हो ? संसारको कुन विश्वबिद्यालयका कतिजना प्रोफेसरले एस्तो "मनोरोग बाट असभ्य पाखण्डी नेपालीहरु बाट जन्मेको 'बाद' लाइ मान्यता दिएका छन् ? कुन थेसिसमा र कुन जर्नल मा एस्तो वादको कुन सैद्धान्तिक आधारमा खडा गरिएको छ ? नेपालमा जातीय द्वन्द गराएर राजनीतिक, सामरिक, आर्थिक र सांस्कृतिक फाइदा लुट्न चाहने बिदेशी दलाल हरुको सपोर्टमा केही देशभंडूवाहरु संसारको कुनैपनि विद्वानहरुको समाजले नचिनेका, कुनै मान्यता नदिएका बैचारिक टाट उल्टेका फटाहा 'मुर्ख' हरु ले आफ्नो र आफ्ना छिमेकीको इतिहास लाइ पनि नचिन्दै घृणा र द्वेष पोखेको भरमा र केहि राजनीतिक र प्रशासनिक फटाहाहरुको उदाहरण दिएर यौटा सम्बृद्ध जातिलाइ नै एस्तो बारम्बार हिम्सात्मक घृणापूर्ण बाक्य प्रयोग गरि सुगा रटान दिन कुनै पनि स्वस्थ खोपडी भएको मान्छेलाइ सुहाउँछ ?
(पोएमिस कविताको वालबाट)

No comments:

Post a Comment