Pages

Sunday, June 25, 2017

एमालेसँग जनताको प्रश्न।



अकिञ्चनले एमालेको धारणा वुझ्नखोजेको ?
वुढीगण्डकी जलविद्युत आयोजनाको विस्तृत अध्ययन र डिटेल डिजाइन फ्रान्सको ट्र्याक्टवेल इञ्जिनियरिङले पोहोरै गरिसिध्याएको थियो। टेण्डर गर्न सम्पूर्ण डकुमेण्ट तैयार भैसकेको थियो। टेण्डर कल गर्नैलागेको स्थितिमा तत्कालिन उर्जामन्त्री जनार्दन शर्माले सुटुक्क गेजुवा कम्पनीलाइ प्रमं निवास बालुवाटारमा बोलाएर यो योजना खुसुक्क सुम्पने काम गरे। ग्लोबर टेण्डर कल गरी, विधि-प्रकृयाबाट छनौट भएका इञ्जिनियरीङ कम्पनीले विस्तृत अध्ययन र डिटेल डिजाइनको प्रतिवेदन वुझाइसकेको स्थितिमा इपिसिएफ मोडेलमा योजना सुम्पन मिल्छ कि मिल्दैन ?  त्यहीपनि त्यो मन्त्रीपरिषदले राजिनामा गरी राजीनामा समेत् स्वीकृत भेसकेको अवस्थामा महत्वपूर्ण, दूरगामी महत्वको यति ठूलो निर्णय छापामार शैलिमा यसरि लिनैहुँदैन भन्ने गम्भीर सवाल पनि उठिराखेको छ।

        चीनको गेजुवा ग्रुप कम्पनी यति कुख्यात छकि, हरेक योजनालाइ दुहुनो गाई मात्र बनाउँछ, कामचाहीं गर्दैन भन्ने त सर्वसाधारणले समेत् छर्लङ्ग वुझिसके। चिलिमे जलविद्युत आयोजनामा काइते-रकमी पाराले दाउपेच मात्र खेल्ने, अलमल्याउने, कामचाहीं गर्दैनगर्ने भएपछि आजित भएर ठेक्का नै तोड्नुपर्यो। यस्तै जालझेल, छलछाम गर्दागर्दै माथिल्लो साञ्जेन जलविद्युत आयोजनामा त कालोसूचिमै पर् यो। चमेलिया जलविद्युत आयोजनामा १ अरब १६ करोड कर त छल्यो नै, काम गरेको जस्तो मात्रै गरेर १० बर्षदेखि अल्मल्याइराखेको छ। त्रिशूली ३ए लाइ कैयौं बर्षसम्म अल्मल्याउँदै मात्र लगेन यस्बाट पटक-पटक वीशौं अरब खाने उपायहरु निकालिरह्यो। गेजुवा ग्रुप कम्पनीका काइते,रकमी,जालिझेलि कामहरुले गर्दा विश्व बैंकले समेत् ब्ल्याक-लिष्टमा राखेको छ।
ऐन-नियम नै मिचेर, किन यसरी सुटुक्क बोलाएर खुसुक्क दिएको ?” भनेर बीबीसीले जनार्दन शर्मासँग सोधेको थियो। उहाँले, “प्रतिपक्षी पार्टीको समेत् सहमति भएकोले यसरी दिएको हुँभनेर जवाफ दिनुभएको थियो। जनार्दन शर्माले सम्पूर्ण नेपालीले सुन्नेगरी सार्वजनिक तवरमै यसो भनेपछि, “के हो त एमालेको धारणा ?” भनेर हामी अकिञ्चनले तत्कालै ट्वीटर र फेसबुकमा पटक-पटक लेखेर सोधिरह्यौं। हामी अकिञ्चनले यसअघि उठाएका सवालहरुमा पनि आजसम्म उहाँहरुले (एमालेले) जवाफ दिन जरुरी सम्झनुभएको छैन; र यस्मा पनि जवाफ दिनुभएन। जनताले तिरेको भ्याटकरलाइ राजस्वमा जम्मा नगरेर बीचैमा चप्काएको २१ अरब तथा एनसेलको ३२ अरब लगायत हामीले विगतदेखि उठाउँदैआएका कैयौं सवालहरुलाइ उहाँहरुले सम्वोधन गर्नुभएको छैन।
आनन्दराम पौडेल \ हेटौंडा-११, नवलपुर

No comments:

Post a Comment