Pages

Sunday, July 9, 2017

स्थानीय तह (डडेल्धुरा) निर्वाचन नेका।

"डडेल्धुरामा त के भयोभने, शेरबहादुरजीले आफ्ना खास मान्छेलाइ खुसुक्क पठाउनुभएछ। ती खास मान्छेले पनि कसैलाइ अत्तोपत्तो नै नदिई सुटुक्क सदरमुकाम छिरेछन्। नेपाली काङ्ग्रेसको पार्टी कार्यालयमा त आएनन् नै, म जिल्ला सभापतिलाइ एक कल फोन समेत् गरेनन्। भट्टीमै अखडा जमाएर बसेछन्। आफ्ना आसेपासेहरुलाइ त्यतै बोलाउँदै टिकट वितरण गरेछन्। शेरबहादुर देउवाजीले सुटुक्क खटाएका उहाँका ती खास मान्छेले २७४ जनालाइ टिकट बाँडिसक्दा म डडेल्धुराको काङ्ग्रेस सभापतिलाइ जानकारी त परको कुरा, अत्तोपत्तोसम्म भएन।" नेपाली काङ्ग्रेस, डडेल्धुराका जिल्ला सभापति कर्ण मल्लले भन्नुभयो।

No comments:

Post a Comment