Pages

Tuesday, November 27, 2018

झ्याउँकिरीका नारा ।

यो दशैंको बेलामा राजकुमार राईजी (rai_rajkumar2003@yahoo.com) ले लेख्नुभएको साउन १ गते(१६ जुलाइ, २०१२)को नागरिकमा प्रकाशित लेख सम्झन पुगें। त्यो लेखमा उहाँले एउटा सन्दर्भ राख्नुभएको छ, जुन यस्तो छ: "गणेश रसिकले 'दशगजामा उभिएर' नामको किताबमा लेखेका छन्, 'भट्टराई बाहुनदेखि लिम्बू, क्षेत्री, गुरुङ, मगर, नेवार, शेर्पा, थारू, थकाली, र विश्वकर्मासम्म वैवाहिक सम्बन्ध गाँसेको भोजपुरका माझकिराँती राईहरु हाम्रो परिवार हो।' यही प्रसङ्गलाइ उल्लेख गरेर जगदीश घिमिरेले अन्तर्मनको यात्रामा लेखेका छन्, 'नेपालको मात्रै होइन, संसारभरिकै हरेक परिवार गणेस रसिकको जस्तै रगत मिसिएको परिवार हो। म गणेस रसिक हुँ र गणेश रसिक जगदीश घिमिरे हुन्।' मपनि ठ्याक्कै यही सोच्दछु। के फरक छ हामीमा ? केहीपनि छैन। फरक पार्न खोज्ने झ्याउँकिरीका झ्याउँ-झ्याउँ नाराहरु प्रायोजित षडयन्त्र हुन्।" यो राजकुमार राईजीको लेखको उद्धरण हो। मलाइ घत लागेकोले यहाँ राखें।
( oct 24, 2012 )

No comments:

Post a Comment