जनताका प्रश्नहरु यथावत छन्, उत्तर मात्र फेरिएका छन्।
सम्विधान निर्माण गर्दा सभासदहरुले फिल्डमै गएर जनमत सङ्कलन गरेका थिए। इमेलहरुबाट र वेबसाइटमा समेत् जनमत सङ्कलन गरिएको थियो। सङ्कलित जनमतमा ९०प्रतिशत जनमत - सङ्घीयता, धर्मनिरपेक्षता र समानुपातिक (प्रतिनिधिसभामा) विरुध्द तथा प्रत्यक्ष कार्यकारी प्रमुखको पक्षमा थियो। प्रतिनिधिसभामा जनताबाट प्रत्यक्ष निर्वाचित जनप्रतिनिधि मात्र रहनुपर्छ तथा आरक्षण दिंदा जात-सम्प्रदाय नहेरि जुनसुकै जातको भएपनि विपन्नलाइ मात्र दिनुपर्छ भन्ने जनमत थियो। न्यायपरिषदमा पार्टीका मान्छे र राजनीतिक अनुहार निषेध गर्नुपर्छ तथा सम्वैधानिक निकाय र विश्वबिद्यालयहरुमा भागवण्डा लगाएरै पार्टीका मान्छे नियुक्त गर्नुहुँदैन भन्ने पनि थियो। जनताको मत अहिले पनि यही छ।
No comments:
Post a Comment