Pages

Monday, September 27, 2021

 

खुङ्खार अपराधी -

 

लोभीपापीहरूले सरकार सञ्चालन गरेपछि खुङ्खार, जघन्य अपराधीले समेत् संरक्षण पाउँछन्।

 

 

 विवेक सिंह भनेर चिनिने पर्साको वीरगञ्ज महानगरपालिका– २४ का ३३ वर्षीय फुलहसन अन्सारीलाई वीरगञ्जका व्यवसायी राजेश क्याल र जटाशङ्कर साहको हत्या अभियोगमा दोषी ठहर गर्दै जिल्ला अदालत पर्साले जन्मकैदको सजाय दिएको थियो।

यिनै फुलहसन अन्सारीले जेलभित्रै पनि एकजनाको हत्या गरे। जेलमा रहँदा यी अन्सारीले अरू ५ जनाको ग्याङ बनाएका थिए। ग्याङका नाइकेचाहीं आफैं थिए। एकजना राजन बानिञा नामका अभियुक्त पनि अपहरण मुद्दामा त्यही जेलमा थिए। फुलहसन अन्सारीको ग्याङले भनेको यी राजन बानिञाले टेर्दैनथे। “हामीसित पङ्गा लिने ?” भन्दै २०७३ पुस १० गते अपरान्ह ४.४५ मा अन्सारीसहितका ६ जना कैदीले वीरगञ्ज कारागारभित्र अपहरण मुद्दाका कैदी राजन बानियाँको हत्या गर्ने भनेर अन्धाधुन्ध चक्कुप्रहार गरेका थिए। धुकधुकि सास मात्र बाँकिरहेका बानिञाको मृत्यु माघ १७ गते भएको थियो। बानिञालाइ बचाउनखोज्दा अरु ८ जना घाइते भएका थिए। हत्यामाथि हत्या गर्ने र अझ जेलभित्रै समेत् हत्या गर्नसक्ने क्षमता देखेपछि सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण भएको थियो। यस्ता खुङ्खार त राजनीतिमा असाध्यै कामलाग्छ भनेर अन्सारीप्रति कृपादृष्टि राख्नथाले। यथासिघ्र जेलमुक्त गराउन तानाबाना बुनियो। “असल चालचलन भएको कैदी भनेर सिफारिश गर्नु” भनेर जेलरलाइ अह्राइयो। सर्वश्वसहित जन्म कैद तोकिएका र जेलभित्र अर्को हत्या गरेका अन्सारीलाई मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७४ असोज १३ गते माफी दिएकी थिइन्।  यिनले पछिल्लो हत्या गरेको केही महिना मात्र भएको थियो, सरकारले तानाबाना बुनेर जेलमुक्त गरिहाल्यो।

विवेक सिंह भनेर चिनिने पर्साको वीरगञ्ज महानगरपालिका– २४ का ३३ वर्षीय फुलहसन अन्सारीका अपराधका सृङ्खला लामो छ -


(१) २०६३ फागुन २६ गते यिनै अन्सारीले वीरगन्ज महानगरपालिका १४ का राजेश्वर साह कानूको घरभित्र प्रवेश गरी टीभीसुनका गहनाकपडालगायत १ लाख १४ हजार रुपैयाँ बराबरको धनमाल चोरेका थिए। उक्त मुद्दामा उनी फरार सूचीमा थिए।

(२) वीरगन्ज महानगरपालिका १३ का ५६ वर्षीय जटाशंकर साहसँग अन्सारीले २० लाख रुपैयाँ फिरौती मागेको र नदिएपछि २०६५ कात्तिक १२ गते साँझ ७.५० बजे गोली प्रहार गरी हत्या गरेका थिए।

(३) वीरगन्ज १३ का राजेश क्यालसँग पनि अन्सारीले २० लाख रुपैयाँ फिरौती मागेका थिए, नदिएपछि २०६५ पुस ७ गते गोली हानी हत्या गरेका थिए। 

(४) बारामा कन्या प्राविको भवन निर्माण भैरहेको थियो। प्रधानाध्यापक उर्मिला थसिनेसँग १० लाख माग गरेको र नदिएपछि गोली प्रहार गरी घाइते बनाएको पनि उनले बयान दिएका छन्।२०६५ पुस १९ गते बाराको कन्या प्राविकी प्रधानाध्यापक उर्मिला थसिनेलाइ गोली प्रहार गरेका थिए। स्कुलको झ्यालबाट प्रहार गरेको गोली थसिनेको पाखुरामा लागेको थियो।  

(५) दुई जनाको हत्या र एक जनाको हत्या प्रयास गरेर जन्मकैदको सजाय पाएका अन्सारीले जेलभित्रै अर्को हत्या गरे; तर प्रधानमन्त्री र गृहमन्त्रीको कृपाबाट मुक्त भएका थिए। बाहिर आएपछि पनि उनले आपराधिक गतिविधि छाडेनन् । भारतमा बसेर नेपालमा बम विस्फोटफिरौतीलगायतका अपराधमा उनी संलग्न छन्। 

(६) यिनै अन्सारीले बारा प्रसौनीका एक व्यापारीलाई फोन गरी २० लाख रकम मागेको र नदिएपछि २०७६ साउन १ गते बम विस्फोट गराएका थिए। उक्त बम बिस्फोटमा संलग्न उनका आफ्नै दुई भाइ अझै जेलमै छन्। 

 

(७) २०७६ साउन २४ गते साँझ ७ बजे वीरगन्ज ४ बिर्ता बजारमा र २८ गते साँझ सवा ८ बजे वीरगन्ज ८ घण्टाघरनजिक तरकारी बजारमा सुतली बम विष्फोट गराएका थिए। विस्फोटमा परी ५ जना घाइते भएका थिए।

(८) नेपालमा विवेक र फुलहसन नामबाट चिनिँदै आएका उनले भारतमा भने अङ्कित पटेलको नाममा आधारकार्ड बनाएका रहेछन्।

(९) भारतमा चाहीं यिनी  साजिद अन्सारीसँग मिलेर ब्राउनसुगरलगायतका लागुऔषध बेचबिखन गर्ने रकम असुली गर्ने धन्दा गर्छन्।

  ‘यस्ता भयङ्कर डरलाग्दा खुङ्खार अपराधीलाइ पार्टीनेताहरूले संरक्षण गरिराखेका छन्’ भन्ने सुन्नुपर्दा घीनलाग्छ।

शनिवारसेप्टेम्बर 182021

 

No comments:

Post a Comment