Pages

Thursday, October 7, 2021

 

न्याय बिकेको  /

१८ असोज, काठमाडौं । विशेष अदालतले गतवर्ष १० रुपैयाँको नक्कली नोट प्रकरणमा नेपाल राष्ट्र बैंकका तत्कालिन गभर्नर डा. तिलक रावलसहित ३ जनालाई सफाइ दियो ।

आरोप पुष्टि हुन सक्नेसम्मको व्यक्ति बुझ्ने, तथ्य संकलन गर्ने लगायतका काम हुन नसकेकोभन्ने आधारमा रावलसहित राष्ट्रबैंकको नोट विभाग प्रमुख उपेन्द्रकेशरी पौड्याल र मे फ्लावर लिमिटेडका नेपाल एजेन्ट हिमालयबहादुर पाण्डेले सफाइ पाए ।

 विशेष अदालतका अध्यक्ष शिवराज अधिकारी, सदस्यहरु बालेन्द्र रुपाखेती र शान्तिसिंह थापाको इजलासले ३० असार २०७७ मा गरेको फैसलाको पूर्णपाठ केही महिनाभित्रै अख्तियारमा पुग्यो । देशव्यापी रुपमा फैलिएको कोरोना संक्रमणको त्रास व्याप्त रहेका बेला अख्तियारले त्यो मुद्दामा पुनरावेदन नगर्ने निर्णय गर्‍यो ।

विशेष अदालतमा दायर मुद्दा ठहर नभएमा अख्तियारले फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गर्न पाउँछ । त्यसका लागि अख्तियारका पदाधिकारीहरुले सामूहिक निर्णय गर्नुपर्छ । पुनरावेदन नगर्न पनि त्यही प्रक्रिया पूरा गर्नुपर्छ ।

त्यो मुद्दामा मैले केही तथ्यमात्रै बताउन सक्छुअख्तियार उच्च स्रोतले अनलाइनखबरसँग भन्यो, ‘भ्रष्टाचार मुद्दा लागेका पूर्वगभर्नर डा. तिलक रावलको मुद्दा विशेष अदालतबाट साह्रै छिटो फैसला भएको देखिन्छ । उहाँ प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको सम्धी हुनुहुन्छअख्तियार स्रोतले भन्यो, ‘कार्यबाहक प्रमुख गणेशराज जोशीलाई अख्तियार प्रमुख हुने चाहना थियो । प्रधानन्यायाधीश जबरा अख्तियार प्रमुखको नाम सिफारिस गर्ने संवैधानिक परिषदमा सदस्य हुनुहुन्थ्यो । यो भन्दा बढी मैले केही बोल्न मिल्दैन ।

मुद्दा पुरानो भएको, प्रत्यक्ष प्रमाणको अभावलगायतका कारण देखाएर डा. रावल जोडिएको मुद्दा पुनरावेदनमा लैजान आवश्यक नभएको भन्ने टिप्पणी र फाइल तयार भएको थियो । सहन्यायाधिवक्ता नेतृत्वको मुद्दा तथा पुनरावेदन महाशाखाबाट तयार पारिएको टिप्पणीका आधारमा मुद्दा पुनरावेदनमा नजाने निर्णय भएको अख्तियार उच्च स्रोत बताउछ । जुन निर्णय, हालसम्म सार्वजनिक भएको छैन ।

 अख्तियार स्रोतका अनुसार, विशेष अदालतमा मुद्दा दायर भएदेखि नै प्राथमिकतामा परेको रावलको मुद्दा दुई वर्ष नहुँदै फैसला भएर आरोपितले सफाइ पाएका थिए । ५ पुस २०७५ मा दर्ता भएको मुद्दा ३० असार २०७७ मा फैसला भएको थियो । अख्तियार स्रोतले भन्यो, ‘जुन ढंगले छिटो र छरितो रुपमा विशेष अदालतबाट फैसला भयो, त्यही शैलीमा अख्तियारले पनि मुद्दा नचल्ने निर्णय गरेको देखिन्छ ।निर्णय हुँदा कार्यबाहक प्रमुख जोशी र आयुक्त डा.सावित्री गुरुङ थापामात्रै अख्तियारमा बहाल थिए ।

अख्तियारकी तत्कालिन आयुक्त डा. सावित्री गुरुङ थापाले राष्ट्र बैंकको पोलिमर नोट खरीद प्रकरणको मुद्दा पुनरावेदन नगर्ने निर्णय भएको स्वीकारिन् । अष्ट्रेलियामा यो केस टुंगिइसकेको थियो । विशेष अदालतले केही देखिएन भन्योउनले अनलाइनखबरसँग भनिन्, ‘अदालतले पनि केही देखिएन भनेपछि हामीले पनि केही नगरेको हो ।उनले पुनरावेदन नगर्ने निर्णयका लागि कतैबाट दबाब नआएको दावी गरिन् ।

विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको विचारमा, कुनै उजुरीमाथि छानविन गरेर मुद्दा दायर भइसकेपछि अदालतले त्यसलाई ठहर गरेन भन्दैमा माथिल्लो तहमा नजानु भनेको आफ्नै निर्णयमा अडिग नहुनु हो ।

कि त हिजो मेरो अनुसन्धान गलत थियो भन्न सक्नुपर्‍यो होइन भने पुनरावेदनमा जानुपर्छकार्कीले भने, ‘महान्यायाधिवक्ता कार्यालयले नै जस्तो फैसला आएपछि एक तह माथि पुनरावेदन गर्ने नीति लिएको छ । अख्तियार यसरी विचलित हुनु भनेको शक्ति वा अन्य कारणले प्रभावित हुनु हो ।

मुद्दा के हो ?

राष्ट्र बैंकले टिकाउ र भरपर्दो हुने भन्दै आर्थिक वर्ष २०५८/५९ मा १० रुपैयाँको पोलिमरको नोट छाप्ने निर्णय गरेको थियो र त्यो जिम्मा अष्ट्रेलियाको नोट प्रिन्टिङ अष्ट्रेलिया लिमिटेडले पाएको थियो । नोट सहजै च्यातिने, पट्याउने क्रममा खुइलिने लगायतका समस्या देखिएपछि गुणस्तरमाथि प्रश्न उठेको थियो । बोलपत्र प्रकाशित हुनुभन्दा अघि नै टेण्डरका कागजात र मस्यौदा, अनि सञ्चालक समितिका निर्णयहरु कम्पनीलाई चुहाएको आरोप गभर्नरलगायतका अधिकारीमाथि थियो ।

घटना सतहमा आएपछि अष्ट्रेलिया सरकारले छानविन थालेको थियो । अष्ट्रेलियाको सरकारी अभियोजक कार्यालयले तत्कालिन गभर्नर तिलक रावल सहितका व्यक्तिको बैंक खाताको विवरण माग गरेको थियो । अख्तियारले १० रुपैयाँको नोट छाप्दा हजार वटाको विटोमा अष्ट्रेलियन डलर ६८ मा ४ बढाएर ७२ पुर्‍याएको उल्लेख गरी त्यसमा नोट प्रिन्टिङ गर्ने अष्ट्रेलियाका पदाधिकारीहरु र त्यसका प्रतिनिधिले राष्ट्र बैंकलाई नोक्सानी पुर्‍याएको आरोप लगाएको थियो ।

अष्ट्रेलियाको द एजनामक पत्रिकामा प्रकाशित समाचारका आधारमा अख्तियारले यो घटनामा १९ चैत २०६६ मा अनुसन्धान शुरु गरेर फाइल तामेलीमा पठाएको थियो ।

विवादास्पद प्रमुख आयुक्त लोकमानको पालामा छानविन हुन सकेन । त्यतिबेला अष्ट्रेलियाको दिल्लीस्थित हाई कमिसनका कन्सुलरले १७ असोज २०७० मा अख्तियारका प्रमुख आयुक्त कार्कीलाई भेटी प्रमाणसहितको सीडी हस्तान्तरण गरेका थिए । उनले आवकाश पाएको केही वर्षपनि नविनकुमार घिमिरे प्रमुख आयुक्त भएपछि छानविन अघि बढेको हो ।

१२ चैत २०७० देखि नेपालमा पारस्परिक कानूनी सहायता ऐन जारी भयो । ऐन अनुसार नेपालले अर्को कुनै मुलुकसँग सम्झौता गरेमा अपराध अनुसन्धानका लागि आवश्यक पर्ने प्रमाण र कागजात आदानप्रदान गर्न सकिने व्यवस्था भयो । शुरुमा यसबारेमा अष्ट्रेलिया सरकारले नेपालसँग सबै सूचना मागेको थियो ।

माग बमोजिम कानून मन्त्रालयले सबै विवरण पठाउने तयारी गरेपछि आफूहरुको गोपनीयताको हक हनन भएको दावीसहित हिमालयबहादुर पाण्डे र उपेन्द्रकेशरी पौड्यालले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए । सर्वोच्च अदालतले पारस्परिक कानूनी सहायताका लागि सूचना आदानप्रदान गर्दा गोपनीयताको हक हनन नहुने भनी व्याख्या गरेपछि नेपाल सरकारले अष्ट्रेलियालाई ती व्यक्तिहरुको सूचना उपलब्ध गराएको थियो । नयाँ व्यवस्था भएको कानून कार्यान्वयनको सिलसिलामा नेपालले अष्ट्रेलिया सरकारबाट पोलिमर नोट अनियमितता प्रकरणमा महत्वपूर्ण विवरणहरु हात पारेको थियो ।

विशेष अदालतले त्यो विषयमा प्राविधिक कारण देखाएर प्रश्न उठाएको थियो । त्यही वर्ष चैत १२ गते कानून जारी भएकोमा अष्ट्रेलियन फेडरल पुलिस (एएफपी) बाट प्राप्त गरेको विवरणहरु १७ असोज २०७० मा पठाएको फैसलामा उल्लेख थियो । प्राविधिक कारण देखाएर विशेष अदालतले टेकेको कमजोर धरातललाई अख्तियारले स्वीकारेको हो ।

त्यतिबेला अष्ट्रेलियाले पनि नेपालबाट केही प्रमाण मागेको थियो । नेपालबाट अष्ट्रेलियामा बुझ्ने काम भएको नदेखिएको भन्दै विशेष अदालतले पत्रहरु र पत्राचारमा संलग्न पदाधिकारीहरुलाई अनुसन्धानका क्रममा स्वतन्त्र रुपमा परीक्षण गरेको नदेखिएकोभन्दै आरोप पुष्टि हुन नसक्ने ठहर्‍याएको थियो ।

अदालतले पारस्परिक सहायतासम्बन्धी कानूनी प्रक्रिया विना अष्ट्रेलियन सरकारी पदाधिकारीले सोझै पेश गरेको प्रतिवेदनलाई नै अन्तिम आधिकारिक र विश्वसनीय प्रमाणको रुपमा स्वीकार्य नहुने भनी फैसला गरेको थियो ।

निर्णयमा संलग्न सबैलाई मुद्दा नचलाइएको, केवल इमेलमा पत्राचार भएका आधारमा भ्रष्टाचारको आरोप लगाउन नहुने भन्दै विशेषले कसुर स्थापित गर्ने अरु प्रमाण खोज्न अख्तियार चुकेको टिप्पणी गरेको थियो । के कस्तो नोट छाप्ने भन्ने विषय नेपाल राष्ट्र बैंकको विषय भएको र सरकारको निर्णयसमेत रहेको भन्दै विशेष अदालतले आरोपको औचित्य नदेखिएको निश्कर्ष निकालेको हो ।

नोट छपाइबाट लाभ लिएकोे भनिएको नोट प्रिन्टङ अष्ट्रेलियाको कुनै पदाधिकारीलाई अख्तियारले मुद्दा नचलाएको र सजाय मागदावी नलिएको भन्दै व्यक्ति छानेर मुद्दा चलाउनु यथार्थपरक नहुने भनी आरोपितहरुलाई सफाइ दियो ।

२० वर्षअघि नै ९१ लाख ९ हजार ८८९ रुपैंया भ्रष्टाचार गरेको आरोप लागेका रावलसहितका पदाधिकारीहरुले विशेष अदालतको फैसलाबाट नै उन्मुक्ति पाए, सर्वोच्च अदालत धाउनुपरेन । त्यो मुद्दा माथि (सर्वोच्च अदालत) लगेर कामै थिएनअख्तियारकी तत्कालिन आयुक्त डा. गुरुङले भनिन्, ‘हामीले तथ्यपरक रुपमा नै त्यो निर्णय गरेको हो ।

विशेष अदालतका पूर्वअध्यक्ष कार्कीको विचारमा विशेष अदालतबाट फैसला भएका मुद्दामा समेत अख्तियारले पुनरावेदन नगर्दा उसको विश्वसनीयतामा शंका बढेको हो ।

कतै राजनीतिक प्रभाव होला, कतै अदृश्य प्रलोभन होला । कुनै न कुनै त कारण होला निउनले भने, ‘होइन भने आफैंले दायर गरेको मुद्दा हारियो भन्दैमा किन पुनरावेदन नगर्ने ? मुद्दाको पुनरावेदन गर्नकै लागि त माथिल्लो तहको अदालतको व्यवस्था भएको हो ।

Thursday, October 7, 2021

  

No comments:

Post a Comment