धर्म /
गान्धीले श्रीमद्भगवत गीता पहिलोपटक
हिन्दी, गुजराती वा संस्कृतमा नभएर अंग्रेजीमा पढेका
थिए ।
सर एडविन आर्नोल्डले गरेको गीताको अनुवाद ‘सङ सेलेस्टियल’ पढेपछि उनले
भनेका थिए, ‘यस्तो राम्रो पुस्तक मैले भारतमै, मेरो मातृभाषामै अध्ययन गरिसकेको हुनुपर्थ्यो । युरोप आएर र अंग्रेजी भाषामा यो
पुस्तक पढ्नुपरेकोमा मलाई पछुतो लागेको छ ।’ कानुन
अध्ययनका लागि बेलायत पुगेका गान्धीले त्यसपछि धर्मका दर्जनौं पुस्तक अध्ययन गरे । उनले बाइबल
र क्रिस्चियन धर्मसम्बन्धी पुस्तकहरू तथा कुरान र मुस्लिम धर्मसम्बन्धी
पुस्तकहरूसमेत पढे । यसबीच उनी
हिन्दु धर्म र अरू धर्मका बारेमा बुझ्न राय चन्द भाई नामका जैन गुरुको शरण परेका
थिए ।
गान्धीले धर्मका बारेमा कुनै
निष्कर्षमा पुग्नुभन्दा पहिला ती धर्महरूलाई नजिकबाट बुझ्ने, अध्ययन गर्ने, मनन गर्ने
कोसिस गरेका थिए ।
No comments:
Post a Comment