Pages

Friday, October 8, 2021

अत्याचार /

 

बोक्सीको आरोपमा मलमूत्र खुवाइयो, श्रीमान्‌ले कुटिरहे

 

काठमाडौँ एकैचोटि पेट र खुट्टा दुखेपछि ललितपुरको महालक्ष्मी६ गँसी लुभुकी सुष्मा श्रेष्ठ महर्जनले श्रीमान् जितेन्द्रलाई गुहारिन्। उनले स्कुटर स्टार्ट गरे र नागार्जुन नगरपालिका३ ठूलोभर्‍याङस्थित सानोबुबा नाता पर्ने दीपेन तामाङ भन्ने दीपेन्द्रकुमार थिङको कोठामा पुर्‍याए

श्रीमान्ले अस्पताल लगेर उपचार गराउलान् र दुखाइ कम होला भन्ने उनको आशा थियो। एकाएक थिङकहाँ पुर्‍याएपछि के भइरहेको छ भन्ने सुष्मालाई पत्तै भएन

भदौ १८ को उक्त दिन त्यस कोठामा जे भयो, त्यसले सुष्मालाई कहिल्यै बिर्सन नसक्ने शारीरिक र मानसिक चोट दियो। लामा झाँक्रीको काम गर्ने थिङलाई जितेन्द्रले भनेका थिए, ‘झारफुक गरिदेऊत्यसपछि थिङले आफ्नो काम सुरु गरे र अचानक सुष्मालाई भने, ‘तपाईंको शरीरमा बोक्सी चढेको छलगत्तै धूपको धूवाँ सुँघाइदिए। त्यसपछि उनी काँप्न थालिन्

थिङले तँ नै बोक्सी होस्, अब बोक्सी भगाउनुपर्छभन्दै श्रीमान् जितेन्द्रलाई दुवै हात समाउन लगाए। त्यस क्रममा थिङले आफ्नो गालामा पटकपटक हातले हिर्काएको सुष्माले सुनाइन्काठको लट्ठी, रुद्राक्षको माला र लात्तीले समेत कुटपिट गरिरहे,’ उनले कान्तिपुरसँग भनिन्। आफूमाथि कुटपिट हुँदा श्रीमान्ले रोक्लान् भन्ने लागेको थियो उनलाई। तर श्रीमान्ले उल्टै थिङकै शैलीमा ढाड र कम्मरमा नीलडाम हुने गरी पटकपटक कुटपिट गरिरहे। यहीबीच पाण्डे भनिने जनार्दन पाण्डे र दसनारायण महर्जनसमेत थपिए। अब भने सबैले सुष्मामाथि लट्ठी र लात्ती बर्साउन थाले। कपाल भुत्ल्याए

उनले पटकपटक म बोक्सी होइन, कुटपिट नगर्नुभन्दै प्रतिवाद गरिरहिन्। त्यति नै बेला थिङले दसनारायण र जितेन्द्रलाई शौचालयबाट दिसा ल्याउन लगाएदसनारायणले पहिले सिन्कामा दिसा ल्याएर खुवायो। अर्कोचोटि प्लास्टिकको चम्चामा ल्याएर खुवायो,’ सुष्माले भनिन्, ‘थिङले कुकुरको दिसासमेत ल्याउन लगायो।

निर्घात कुटपिटले थलिएकी सुष्मालाई त्यो रात थिङकैमा छाडेर उनका श्रीमान् घर फर्किए। भोलिपल्ट पुगेका उनले घाइते सुष्मालाई जबर्जस्ती नुहाउन लगाए। थिङ, जितेन्द्र र दसनारायण मिलेर फेरि झारफुक गर्ने भन्दै अनवरत तीन घण्टा कुटपिट गरेको उनको भनाइ छ। उनका अनुसार त्यसपछि श्रीमान्ले नदुख्ने औषधि किनेर खान दिएका थिए। त्यो दिन आफूलाई झारफुक गरेको, कुटेको र मलमूत्र खुवाएको भिडियो श्रीमान्ले खिचेको उनले बताइन्सासूलाई देखाउन भिडियो खिचेको भन्थे,’ उनले भनिन्। त्यस दिन उनलाई जितेन्द्रले कीर्तिपुरस्थित माइतीघर लगेर छाडिदिएका थिए

जताततै नीलडाम र सुन्निएको शरीर देखेपछि आमा रूपा श्रेष्ठ आत्तिइन् र तत्कालै कीर्तिपुर अस्पताल पुर्‍याइन्अस्पतालमा कोरोना संक्रमित बिरामी धेरै भएकाले भर्ना लिएन, चेक गरेर फर्कियौं,’ सुष्माले भनिन्, ‘चिकित्सकले मेरुदण्डमा असर परेको र कम्मरको मासु च्यातिएको छ भनेर औषधि दिनुभएको छ, अझै औषधि सेवन गरिरहेकी छु। थेरापी चलिरहेको छकुटपिट र अमानवीय यातना खेपेकी सुष्माको दुखाइ कम हुँदै गएको छ तर त्यस दिनको घटना सम्झिँदा उनी झस्किन्छिन्राति झस्किने, चिच्याउने गरिरहन्छिन्, घरमा एक्लै बस्न सक्दिनन्,’ आमा रूपाले भनिन्, ‘जतिबेलै साथी बसिदिनुपर्छ

सुष्माका माइती पक्षले २२ भदौमा प्रहरीमा उजुरी गरेपछि मात्रै घटना सार्वजनिक भएको हो। सुष्माका श्रीमान् जितेन्द्र, ३६ वर्षीय थिङ, मामाससुरा ५२ वर्षीय महर्जन र पाण्डे भदौ २८ मा पक्राउ परे। जिल्ला अदालत काठमाडौंले पक्राउ परेका चारमध्ये सुष्माका पति जितेन्द्र र झाँक्री थिङलाई बोक्सीको आरोपसम्बन्धी कसुरमा पुर्पक्षका लागि थुनामा पठाएको छ। अपराधमा संलग्न महर्जन २ लाख रुपैयाँ र पाण्डे ५० हजार रुपैयाँ धरौटीमा रिहा भएको महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृत डीएसपी नरेन्द्र चन्दले बताए

बोक्सीको आरोपमा यातना भोगेकी सुष्माले विवाह भएको तीन महिनादेखि नै श्रीमान्बाट यातना सहँदै आएको बताइन्सासूससुराको कुरा सुनेर कुटपिट गर्नुहुन्थ्यो, परिवार बिग्रिने डरले सहेर बसें,’ उनले भनिन्, ‘परिवारका सदस्यबाहेक आफन्त, छिमेकीसँग समेत बोल्न हुँदैनथ्यो। शंका गरिहाल्ने, पराई मान्छेसँग नाम जोड्ने र पिट्ने गर्नुहुन्थ्योउनको विवाह भएको चार वर्ष बितेको छ। २१ महिनाकी छोरी छिन्। भदौ १८ को घटनापछि आफ्नो मन मरेको उनको भनाइ छ। ३० वर्षीया सुष्मा भन्छिन्, ‘सानो कुरालाई लिएर दिनरात शारीरिक तथा मानसिक यातना भोग्दै आएँ, अब सहन सक्दिनँ

शुक्रवार, अक्टोबर 08, 2021

 

 

No comments:

Post a Comment