विकृति /
अघिल्लो दिनमा चन्द्रनगर गाउँपालिकाकै बबरगन्जको जो पुरानो
र नमुना विद्यालय हो, त्यहाँको
शिक्षकसँग बातचित भएको थियो । १८ जना शिक्षकमा त्यो दिन १० जना शिक्षक उपस्थित भएका थिए । हाम्रै टोलीमा गएका एकजना
साथीले आउनेमध्ये एकजना शिक्षकलाई तपाईं किन आउनुभएको ? नआए पनि त हुँदो रहेछ भनेर सोधे । शिक्षकको उत्तर निकै बेजोड थियो । ‘आज मेरो घरमा काम थिएन । त्यसकारण म आएँ । काम भएको भए को आउँथ्यो र ? घरमा
काम भई–भई पनि पढाउन कोही आउँछ ?’
- सोमत घिमिरे ghimiresomat@gmail.com / Saturday, October
9, 2021
सङ्कटमोचन देवशरण रामरती माध्यमिक
विद्यालयको दराजमा महिनौँदेखि एउटा मोबाइल फोन थन्किएको छ । जनकपुर महावीरचोकको यो
विद्यालयमा महिनौँदेखि थन्किएको फोन छात्राको झोलाबाट निकालिएको हो । यद्यपि
महिनौँ बित्दा पनि छात्राले फोन माग्ने आँट गर्न
सकेकी छैनन् ।
विद्यालय परिसरमा मोबाइल फोन लिएर जान नपाइने पनि होइन । तथापि
विद्यालयले फोन लिनुको कारणचाहिँ डरलाग्दो छ । यो फोन कुनै पुरुषले ती छात्रालाई
प्रेममा आकर्षित गर्न दिइएको थियो । फोन पाएपछि कोठामा चुकुल लगाएर राति अबेरसम्म
ती छात्रा व्यस्त हुन थालिन् । यो कुरा उनका कुनै साथीले थाहा पाइन् । उनैले
विद्यालय परिसरमा रहेको गुनासो पेटिकामा छात्राका विषयमा उजुरी खसालिदिइन् ।
पत्रमार्फत गुनासो सुनुवाइ समितिले ती छात्राको गतिविधिबारेमा जानकारी प्राप्त ग¥यो ।
त्यसपछि छात्राको झोलाबाट मोबाइल निकालियो । त्यो मोबाइल फोन हेरेपछि समितिका
पदाधिकारीहरू नै चकित परे । किनकि मोबाइल फोनभित्र ‘ब्लु फिल्म’मात्र
भरिएका थिए ।
Saturday, October 9, 2021
शेरजी कसैले काधमा राखेर बनाएका नेता होईनन्। तर ०५२ को पेन्सन र पजेरो, बैंकक र दिल्ली ले हुर्मत लियो । कता जान हिडेका बेल्जियम मा हतियार सौदा बाजी गर्न पुगे। वाईड बडीको फाउन्डर उनै हुन। असिग्राम घर देखि बुढानिलकण्ठ को घर कसरी बन्यो होला । पटक पटक कम्यूनिस्ट बाट खाएको धोकाबाट किन नचेतेको होला । ०७४ मा सरकार सबै कम्यूनिस्ट लाई जिम्मा लगाए पछि भगिनि संगठन र जिल्ला नगर विवादमा के के गरे? ०७५,०७६,०७७ साल भरी पार्टीको लागि के काम गरेछन? गिरिजा प्रसाद र शेर बहादुर मा तुलना गर्न मिल्दैन ।
No comments:
Post a Comment