किसानको
आलु जफत \
विराटनगर
। देवानगञ्ज गाउँपालिका वडा नम्बर ४ का किसान खिलानन्द यादवले पुसको अन्तिममा आफ्नो
खेतबाट साँझ चारओटा ट्र्याक्टरमा आलु लोड गरेर इनरुवाको सब्जिमण्डीमा लैजाँदै गर्दा
भन्सार गस्तीले पक्राउ गर्यो । भन्सारका कर्मचारीको तर्क थियो, आलु भारतबाट ल्याइएको हो ।
तर, त्यसबेला भारतमा भन्दा नेपालमा आलु सस्तो थियो ।
सुनसरी भन्सार कार्यालयलाई आलुमा लागेको माटो परीक्षण गरी आलु कुन खेतको हो पत्ता लगाउन
खिलानन्दले आग्रह गरे । तर,
सुनसरी भन्सार कार्यालयले त्यो सम्भव नभएको
भन्दै आलु लीलाम गरिदियो । त्यो लीलाम खिलानन्द आफैले सकारेर आफ्नै बारीको आलुका लागि
४ लाख रुपैयाँ भन्सारलाई तिर्नुपर्यो ।
बुधवार, मार्च 16, 2022
No comments:
Post a Comment