Pages

Friday, March 25, 2022

 

आयाराम-गयाराम राजनीति        \

 

अढाई हजार वर्षपहिले विश्वविख्यात दार्शनिक सुकरातले भोटको राजनीतिलाई नकारात्मक ढंगबाट व्याख्या गरेका थिए। भनेका थिए, मताधिकारको प्रश्न मानिसको बुद्धि र विवेकसँग अन्तर्निहित हुन्छ। जुन समाजमा ज्ञानको खडेरी छ, त्यहाँ यो व्यवस्था बाँदरको हातमा नरिबलजस्तो हुन्छ। 

आफूलाई सबैभन्दा अब्बल दर्जाको क्रान्तिकारी कम्युनिस्ट पार्टी भनिने नेकपा (माओवादी केन्द्र)ले २०७४ सालको स्थानीय निर्वाचनमा रंगेली नगरपालिकाबाट एक माओवादी पार्टीविरोधीलाइ टिकट दिए। वर्षौंवर्ष निस्वार्थ काम गरेका र जनयुद्धसमेत लडेका आफ्ना कैयौं नेता तथा कार्यकताहरूको भावनामाथि कुठाराघात गरे। र, उसले एकजना करोडपति माडवारी दिलीप बगडियालाई रंगेली नगरपालिकाको प्रमुखमा उभ्याए। उनको जित भयो। तर उनी कहिल्यै पनि पार्टीको नीति निर्देशनमा चलेनन्। नेकपाको विभाजनपश्चात् त पार्टीको बैठकमा पनि जान छाडे। हुँदाहुँदै अस्ति भर्खरै उनले एमाले प्रवेश गरेको समाचार आयो जो स्वाभाविक थियो। किनकि, रंगेली नगरपालिकाका प्रमुख दिलीप बगडियाले टिकट किनेर लिएका थिए। माओवादी कम्युनिस्ट के हो भन्ने ‘म’ सम्मको ज्ञान उनीमा थिएन।

त्यस्तै पर्साका अर्बपति जगन्नाथपुर गाउँपालिका अध्यक्ष जालिम मियाँ, जो पञ्चायतकालमा पञ्च र बहुदलीय कालमा कांगे्रस हुने गर्थे। समयले कतातिर कोल्टे फेर्दैछ उतैतिर ढल्किने कौशलतामा उनी माहिर छन्। माओवादीलाई सत्ताको नजिकिँदै देख्दा बडो तामझामका साथ उनी २०६४ सालमा माओवादीमा प्रवेश गरेका थिए। माओवादी अध्यक्ष प्रचण्ड हेलिकप्टरमा उनको गाउँ पुगेका थिए। माओवादीले त उनलाई कम्युनिस्ट पार्टीका सल्लाहकारसम्म बनाए। तर जसरी उनले कांग्रेस परित्याग गरेका थिए ठीक त्यसरी नै माओवादीको खस्किँदो अवस्था हेरेर अस्ति एमाले प्रवेश गरे। उनलाई प्रवेश गराउन अध्यक्ष केपी शर्मा ओली हेलिकप्टरमा उनको गाउँ पुगेका थिए। ज्ञात होस् चार्टर हेलिकप्टरको सम्पूर्ण रकम बहुदलीय कालदेखि जालिमले नै बेहोर्दै आएका छन्। कुनै आमुक पार्टीले होइन।

शुक्रवार, मार्च 25, 2022 (चैत्र ११, २०७८ )

 

No comments:

Post a Comment