Pages

Friday, June 17, 2022

 

अपराधी खोजेर नियुक्ति          \

 

२०६४ सालको निर्वाचनको पूर्वसन्ध्यामा महमद आफ्ताव आलमले जिउँदा सग्ला २१ जना नागरिकलाइ जिउँदै ईंटाभट्टाभित्र हालेर खरानी बनाएका थिए। यिनैलाइ मन्त्री बनाउँछु भनेर त्यसबेला माधव नेपाल झन् कस्सिनुभयो। सबैले रोक्दारोक्दै मन्त्री बनाएका थिए। पर्साकी करीमा बेगमलाइ नचिन्ने को छ र ?

जगत्प्रख्यात (?) करीमा बेगमलाइ मन्त्री बनाउनलाग्दा पनि सबैले रोकेकै हुन् तर माधव नेपालले करीमा बेगम जस्तिलाइ पनि मन्त्री बनाइहाल्नुभयो। यिनी बारामा जानेभइन्। "आउँदै छु" भनेर सिडिओ दुर्गा भण्डारीलाइ फोन गरिछन्। सिडिओले गाडी पठाइदिएछन्। एयरपोर्टबाट सोझै सिडिओअफिसमा गइन् र "नयाँ गाडी खोजेर पठाउनुपर्दैन ?" भन्दै सिडिओलाइ दुई चड्कन हानिदिइन्। माधव नेपालले करीमाकै पक्ष लिए। प्रेम आले पनि माधवकुमार नेपालकै जोडबलमा मन्त्री बनेका हुन्। प्रेम आलेजीले त मन्त्रालय, विभागका पदाधिकारीलाइ मुखैछाडेर सुन्नैनसकिने आमाचकारी गालि गरिरहेका हुन्छन्।  

शुक्रवार, जून 17, 2022

No comments:

Post a Comment