नेपालका देशसञ्चालकहरूका प्रेमसिञ्चन \
-आनन्दराम पौडेल
माया-प्रेमको चर्चा चल्यो। आजको
छलफलको बिषय नै माया-प्रेम रह्यो। अकिञ्चनले भन्यो – “अपूर्व माया-प्रेमका
उदाहरणहरू धेरै छन्। खास कारण के होभने केही विशिष्ट ब्यक्ति हुन्छन् जस्को
हृदयभरी मायाको महासागर हुन्छ। मायाको महासागर छचल्किरहेको हुन्छ र त्यो कहाँ
पोखिन्छ उनीहरूलाइ समेत् अत्तोपत्तो हुँदैन। यी विशिष्ट ब्यक्तिको माया जस्मा
पोखिन्छ त्यो त अभिभूत भैहाल्छ।
राजा रणबहादुरको शासनकाल थियो।
तिरहुतकी बिधुवी ब्राह्मण-चेली पशुपति दर्शन गर्न आएकी थिइन्। रणबहादुरको नजर
पर्यो। नजर पर्नु के थियो रणबहादुरको प्रेम छचल्किन थालिहाल्यो। रणबहादुरले अपूर्व
प्रेमको महासागर ती बिधुवी ब्राह्मण चेलीमाथि पोखिदिए।
राजा महेन्द्र भित्र पनि अपूर्व
प्रेमसागर छचल्किईरहेको हामी पाउँछौं। महेन्द्रको हृदयभरी प्रेमसागर छ भन्ने त
युवराज हुँदै देखाइदिएका थिए। रुम्जाटार,ओखलढुङ्गाकी कन्या थिइन् रम्भा गुरुङ उर्फ गीता गुरुङ।
युवराज महेन्द्रले आफ्नो अपूर्व प्रेमसागर यिनै रम्भा गुरुङ उर्फ गीता गुरुङमाथि
खन्याइदिएका थिए। युवराज महेन्द्रको प्रेमसागरमा डुबुल्कि लगाएर निस्कँदा यिनी
मनकुमारी शाह भैसकेकी थिइन्। अपूर्व प्रेमसागर खन्याइदिने युवराज महेन्द्रलाइ
गीताले रवीन्द्र शाह नामक गतीलो उपहार पनि प्रदान गरेकी हुन्।
सूर्यबहादुर थापाले पुतली मैयाँलाइ
प्रेमसागरमा डुबुल्कि लगाइदिने काम मात्र गरेनन् जीवनभरी प्रेमजल सिञ्चन गरिरहे।
यो प्रेमनिष्ठाको विशिष्ट उदाहरण हो।
रामशरण महतजीमा पनि प्रेमको महासागर
लबालब भरिएको छ। रूपा स्वाँरलाइ प्रेमको सागर नै खन्याइदिन खोजेकै हुन्। कोही-कोही
अबुझ प्रेमदुनिञामा भिलेन हुन्छन्। रूपा स्वाँरको लोग्नेले प्रेमको सौन्दर्यतालाइ
बुझ्न सकेनन् र भिलेन पल्टिए। तर, उता शङ्कर
अधिकारीजीले भने प्रेमको सौन्दर्यतालाइ राम्ररी बुझेका थिए।
प्रकाश दाहालजीको प्रेमसागर त
छालजत्तिकै उर्लिरहेको थियो। उर्लिरहेको त्यो छालमा बिना मगर लपेटिइन्। प्रकाश
दाहालको उर्लेको प्रेमसागरको छालमा यसरी लपेटिइन् कि आफ्नो लोग्ने शङ्कर
अधिकारीसँगै सुतिरहेकी बिना मगर त एक्कासि जुरुक्कै उठेर त्यही छालभित्रै
डुब्नगइहालिन्।
रोशनी शाही नफक्रँदै कृष्णबहादुर महराले प्रेमसिञ्चन गरेर फक्राइदिएका हुन्।अटूट प्रमसिञ्चनमा कमि नहोस् भनेर मालि पनि खोजिदिएकै हुन्। डबल सिञ्चन भैरहँदा बरु रोशनीलाइ नै सकस भएको पनि देखियो।
रवीन्द्र श्रेष्ठजी राजनीतिक क्षितीजमा सम्भावना भएका होनहार युवाको हैसियतमा देखिएका थिए। २०६५ सालमा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी सम्हालिरहेका थिए। यी होनहार युवाभित्र पनि प्रेमको सागर उर्लिइरहेको थियो। त्यो उर्लिईरहेको प्रेमसागरको छाल धादिङकी स्वेच्छा लम्सालकहाँ पोखिनपुग्यो। अखील बिद्यार्थी सङ्गठनको केन्द्रीय नेतृत्व सम्हालिरहेकी स्वेच्छा लम्साल रवीन्द्र श्रेष्ठको प्रेमसागरमा चुर्लुम्मै डुब्नपुगिन्।
जनार्दन शर्माजी भित्र पनि प्रेमको
सागर उर्लिरहेको हामीले प्रष्टै देखिरहेछौं। त्यो उर्लेको प्रेमसागरको छाल पञ्चा
सिंह जस्तै सुपात्रमा मात्र पोखियोस् भनेर हामी शुभेच्छुकहरूले कामना गरिरहेका
छौं।”
No comments:
Post a Comment