Pages

Saturday, December 24, 2022

 

हनिट्र्याप          \

 

महिना दिनको चिनजान र भेटघाटपछि २०७९ साउन २६ मा प्रमिला नेपालीले एक सुनचाँदी व्यवसायीलाई आफ्नो कोठामा बोलाइन् । ती व्यवसायी राति नेपालीको कोठामा पुगेको केहीबेरमा तीन व्यक्ति आइपुगे । अनि, सुरु भयो मोलमोलाइ– मागेजति रकम दिने कि बलात्कार मुद्दामा जेल जाने ? दबाबपछि ती व्यवसायीले १२ लाख २० हजार रुपैयाँको चेक दिए ।

घोराही–१० नारायणपुर दाङका ती व्यवसायीलाई कोठामा बोलाउनुअघि नेपालीलाई योजनाबद्ध रूपमा एक महिना पहिल्यै उनको पसलमा पठाइएको थियो । नेपालीले नियमित फोन गर्ने, बेलाबेला भेटेर खाजा खाने गरेकी थिइन् । अन्त्यमा योजनाअनुसार नै कोठामा बोलाइन् । त्यही मौकामा योजनाकारहरू आएर उनीसँग रकम असुल गरे ।

त्यसपछि ती व्यवसायीले प्रहरीमा उजुरी दिए । प्रहरीले रोल्पाको परिवर्तन गाउँपालिका–५ का ४० वर्षीय दिलीपकुमार वली, घोराही उपमहानगरपालिका–१० नारायणपुरकी ३२ वर्षीया पवित्रा डाँगी, ३२ वर्षीया विमला डाँगी, २९ वर्षीया शान्ता नेपाली र २२ वर्षीया प्रमिला नेपालीलाई पक्राउ गर्‍यो । सुरुमा उनीहरूले व्यवसायीसँग घोराही बजारमा घडेरी माग गरेका थिए । घडेरी तत्काल पास गर्न नमिल्ने भएपछि भोलिपल्ट चेक लिएका थिए ।

जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजनकुमार गौतम सम्बन्धविच्छेद गरेर बसेकी प्रमिलालाई व्यवसायी फसाउन सक्ने उपयुक्त पात्रका रूपमा छनोट गरिएको बताउँछन् । उनीहरूविरुद्ध अहिले आपराधिक लाभको कसुरमा मुद्दा चलाइएको छ ।

 

No comments:

Post a Comment