Pages

Tuesday, June 13, 2023

 

[समाज]

भाँडभैलो समाजको चीरफार        \

 

अवश्य नै, आफ्ना सपनाहरू मरेपछि मान्छेले राज्यलाई आलोचना गर्छ । तर, सुन्नुपर्नेले जब बुझ पचाउँछन् आलोचनाहरू स्वतः गालि, आक्रोश र अराजकतामा फेरिन्छन् । स्वाभाविक छ, विस्तारै बोल्दा नसुनेपछि मान्छे चर्को बोल्छ । अहिले यत्रतत्र जुन भाँडभैलो सुनिँदैछ, यो त्यही आक्रोशको चर्को स्वर हो ।

आजकल हाम्रो राजनीति तर्क गर्दैन, गाली गर्छ । यो विनम्र छैन, पूर्वाग्रही छ । सामाजिक सञ्जाल पत्रु तर्कहरूले भरिन्छन् र सत्यको हुर्मत काढिन्छ पलपल । बजारमा सिद्धान्त, विचार र मुद्दा हैन, चटक बिक्छ महँगोमा । सार्वजनिक जीवनमा गम्भीरता छैन, निष्ठाको मानमर्दन हुन्छ चोक चोकमा । कर्म रुन्छ अरबको मरुभूमिमा र भाग्यको रजगज चल्छ देशमा ।

मतदाताहरू नेता हैन, पालनहार खोज्छन् । मान्छेहरू देखिएको कुरामा अविश्वास गर्छन् र रहस्यलाई पत्याउँछन् । प्रश्न आउँछ, कसले भाँड्दैछ हाम्रो समाज ? को हो दोषी, जसले समाजलाई यतिधेरै पूर्वाग्रही, शंकालु, तर्कहीन र लयहीन बनाएको छ ? को हो त्यो जसले समाजमा ‘मास हिस्टेरिया’को आगो झोसेको छ र उ कतै बसेर मनमख्ख रमिता हेर्दैछ ?

 पछिल्ला दिनमा पूर्वाग्रहको आँधी यसरी चल्दैछ कि, सबै एक-अर्कालाई तान्न, झार्न र पछार्न उद्दत छन् । न त लोकतन्त्रको आदर्शलाई स्थापित गरिँदैछ, न त नागरिकका सपना फक्रिँदै छन् । सबैमा एक अर्काप्रति तीव्र अविश्वास छ ।

यस्तो लाग्छ, मानौं सबै मनोगत आग्रहले पीडित छन् । राजनीति त झन् यस्तो देखिन्छ, जस्तो कि सबै दलहरू सत्यको हुर्मत लिन तम्तयार छन् । सबै दलहरू एउटाले अर्कोलाई नांगो बनाउन प्रतिस्पर्धा गर्दैछन् । र, उनीहरू जे गर्दैछन् वस्तुत: उनीहरू स्वयं सबै नांगिदैछन्। अवश्य नै संक्रमणकालीन समाजमा अविश्वास स्वाभाविक हुन्छ । तर, यसलाई विश्वासमा बदल्नु नेतृत्वको काम हो । अन्यथा, भाँडभैलो सामाजिक तथा राजनीतिक प्रवृत्ति बन्छ ।

प्रश्न आउँछ, यो सबै भाँडभैलो र अन्योललाई हाम्रो ज्ञान, विवेक, सुझबुझ र शिक्षाले किन रोक्न सकेन ? अथवा, यति ठूलो संकटमा पनि हाम्रो ज्ञान किन मौन छ ? किनभने यतिबेला स्वयं हाम्रो ज्ञानको सुर हराएको छ । उ आफैँ भाँडभैलोको शिकार भएर सामाजिक सञ्जालदेखि संसद् भवनसम्म, विश्वविद्यालयदेखि पार्टी कार्यालयसम्म रक्ताम्य लडेको छ ।

आज हाम्रा औपचारिक र अनौपचारिक पाठ्यक्रम, ज्ञान र चिन्तन प्रणालीहरू भत्किएका छन् । औपचारिक विश्वविद्यालयमा ज्ञानको उत्पादन अवरुद्ध छ। अनौपचारिक ज्ञानशालाहरू, राजनीतिक दल, सार्वजनिक संस्था, सामाजिक ज्ञान र चिन्तन केन्द्रहरू पार्टी राजनीतिको टाँगमुनि छिरेर सत्ताको दलाली गर्न व्यस्त छन् । दलहरू जो अनौपचारिक ज्ञानका केन्द्र हुन् उनीहरू स्वयं ज्ञानको हुर्मत लिन उद्त छन् । जब ज्ञानका केन्द्रहरूमा अराजकता र अहंकारको छिपछिपे मनोग्रन्थी व्याप्त हुन्छ तब समाजमा गतिलो चेतना बन्छ कसरी ? यस्तो समाज संयमित र गम्भीर कसरी हुन्छ ? ज्ञानको हुर्मत लिने समाज ज्ञानी रहन्छ कसरी ?

हाम्रो समाजमा अहिले अल्पज्ञानको रजगज चल्दैछ । अल्पज्ञानले भुइँफुट्टा जमात तयार गर्छ । भुइँफुट्टा चरित्र के भने, उसले न त संस्थागत ज्ञानलाई मान्दछ, न त नयाँ ज्ञानको उत्पादन नै गर्छ । सबैलाई इन्कार गरेर आफ्नो महत्त्व स्थापित गर्ने मनोरोगले उ ग्रसित हुन्छ । अर्थात्, उसले स्वयंबाहेक अरु सबैलाई इन्कार गर्छ । जस्तो की, अरुको सत्यलाई इन्कार गर्छ र आफ्नो भ्रमलाई सत्य ठान्छ । अरुको तथ्यलाई झुटो ठान्छ, आफ्ना मनोगत अनुमानहरूलाई तथ्यांक मान्दछ ।

आज हामीलाई निरास कसले बनायो ? हाम्रा लोकतान्त्रिक आदर्शहरूको तेजोवध कसले गर्‍यो ? हाम्रा परिवर्तन, समृद्धि र सामाजिक न्यायका सपनालाई कसले चिहानमा पुर्‍यायो ? हाम्रो विश्वास, आदर्श र सपनाहरूको हत्या कसले गर्‍यो ? राजनीतिले । पछिल्ला वर्षहरूमा राजनीति यतिधेरै विशृंखलित भयो कि न त आन्दोलनले स्थापित गरेका आदर्श कसैले सम्झिए, न त सडकमा पोखिएको सपनाको बिस्कुन नै कसैले देख्यो । भाँडभौलोको पहिलो कारण यही हो ।

जब हाम्रा राजनीतिक दल शासनसत्ता सञ्चालनमा असफल भए, आफ्ना असफलतालाई स्विकार गर्ने विनम्रता उनीहरूमा देखिनुपर्थ्यो । लोकतन्त्रको सुल्टो बाटो हो त्यो । तर, उनीहरू त आफ्नो असफलता ढाकछोप गर्न उल्टो कम्मर कसेर पो निस्किए । यसका लागि उनीहरूले आफ्ना पक्षमा अनेक भाष्यहरू निर्माण गरे । सत्यको हुर्मत लिने भाष्य । तथ्यलाई गिज्याउने भाष्य । तर्कलाई अल्मल्याउने भाष्य । निष्ठा बिनाको भाष्य । नीति र राजनीति विनाको भाष्य । गाली, आवेश र पूर्वाग्रहको भाष्य । ज्ञानको धज्जी उडाउने भाष्य । मान्छेलाई भ्रमित गर्ने भाष्य ।

केही भावनात्मक भएर भन्दा हाम्रो समाजलाई चारवटा कुराले लयमा फर्काउन सकिन्छ । पहिलो आशा र सपना जागृत गर्ने । दोश्रो साझा राष्ट्रिय लक्ष्य बनाउने र मान्छेलाई गोलबन्द गर्ने । तेश्रो आदर्शहरूबाट मान्छेलाई उत्प्रेरित गर्ने । चौथो सुसंस्कृत र सिर्जनशिल राजनीतिले त्यसलाई नेतृत्व दिने ।

यी चारवटा पक्ष कसरी स्थापित हुन्छन् ? यी भावनात्मक पक्षलाई ठीक ठाउँमा ल्याउन भौतिक र संरचनागत पक्षको पुनर्गठन आवश्यक पर्छ । त्यसका लागि राजनीति पुनर्गठन त मुख्य कुरा हो नै, हाम्रो सार्वजनिक संरचना, ज्ञान, नेतृत्व र सोचको समेत पुनर्गठन आवश्यक छ । सचेत सामाजिक हलचल । अन्यथा चर्का नारा उरालेर र अराजकतामा रमाएर कतै पुगिँदैन । मुख्यतः विवेकहीन अराजकताले आखिर भ्रष्ट सत्ताकै रक्षा गर्छ । त्यसैले, अहिलेको भड्काव र भाँडभैलो निकै खतरनाक छ । विचार गरौं ।

 


उषाना लैला बबाशाह सभ्यता         

-आनन्दराम पौडेल 

 

भाटभटेनी सुपरमार्केटबाट आधा डिस्काउण्ट (बाई वन गेट वन ) मा ल्याएका स्वीश चक्लेट देखाएकोले आज अकिञ्चनका नातिहरू साथी बटुल्दै खेल्न गएनन्;  हजुरबुबासँगै बसे। हजुरबुबाले आफ्नो पालाको जनजीवनसभ्यता र जीवनशैलिका रोचक प्रसङ्गहरू सुनाए। पुरानो जीवन सुनिसकेपछि नातिले प्रश्न गर्यो – “हजुरबुबा हाम्रो नातिको पालासम्म यो संसार कस्तो हुनजाला ?”

 हजुरबुबा एकछिन घोत्लिए र बताउनथाले।

“तिमीहरूको नातिपुस्तासम्म आइपुग्दा सामाजिक संरचना र समाजको गभर्निङ रुलहरू पूरै बदलिनेछन्। बिवाह अनावश्यक ठानिनेछ। ब्लड-रिलेशन निरर्थक हुनेभऐकोले नाता-कुटुम्बहरूको अस्तित्व रहने छैन। दुइटा मात्र सम्बन्ध बाँकि रहने छ - जैविक आवश्यकताको सम्बन्ध र प्रोफेशनल सम्बन्ध।

धनाढ्य दम्पतिलाइ बच्चाको रहर भयोभनेप्रियङ्का चोपरा र नीक जोनसले सरोगेसि मदरमार्फत् छोरी ‘माल्ती मेरी’ पाएजस्तैगरी बच्चाको रहर पूरा गर्नेछन्। टेक्नोलोजिको विकास भएर आर्टिफिसीयल ओम्ब (सिन्थेटिक ओम्ब)ले सरोगेसि मदरको ठाउँ लिनेछ।

 विश्वमै छाडा देशमा नेपाल अग्रणि हुनेछ। भारतका केही भाग र साउथ इण्डियामा मात्र वैदिक सभ्यताको अस्तित्व बाँकि रहने छ। भूकम्पको इपीसेण्टर भएजस्तै वैदिक-सभ्यतालाइ नष्टभ्रष्ट गर्ने इपीसेण्टर बलिउड हुनेछ।

   बलिउडका पूनम पाण्डेममता कूलकर्णीप्रितीअमृता धनुवारीचा सिंहश्वेता बासुप्रसादसङ्गीता खन्नासर्लिन चोपडा उर्फ मुना चोपडाउर्मी नावीदप्रतिमा गौरी वेदी, पूजा वेदी, पूजा भट्टपरबिन बाबीआदित्य पञ्चोलीसाइनी अहुजामहेश भट्ट र अहिलेका सुपर-हिरो सलमान खान आदर्शपुरुष हुनेछन्। त्यही चरित्र र संस्कारलाइ नेपालमा फैलाउन धीरेन्द्र शाह (अधिराजकुमार)प्रकाश दाहालहरूले पूरै कोशीस गर्नुभएको थियो। धीरेन्द्र शाह र प्रकाश दाहालको योगदानलाइ कदर गर्दै अन्नपूर्ण राणा (श्रुतीकी आमाज्यु)पारस शाहउषाना लैला बबाशाह भनेर चिनिने उषना लीला शाह  (धीरेन्द्र शाहकी कनिष्ठ सुपुत्री)भूवन केसीअर्चना पनेरूज्योति मगरहरूले दिलोज्यान लगाउनुहुनेछ।

  मानवसभ्यता कस्तो हुँदैछ भनेर देवी भागवतमै बर्णन गरिएको छ। देवी भागवतमा बर्णन गरिएअनुसार स्वच्छ ब्रह्मले हेर्ने दृष्टिकोण र उच्च बिवेकको ब्यवहार पाइने छैन। मान्छेहरू ब्यभिचारी हुनेछन् हाडनाता-करणि सामान्य हुनेछ तथा जालि-फटाहाधूर्तहरूको शासन चल्नेछ भनेर देवी भागवतमा प्रक्षेपण गरिसकिएकै छ।

द्रुततर गतिमा टेक्नोलोजिको विकास भैसक्नेछ। जसरी घाम र हावा सर्वसुलभ छत्यस्तै इण्टर्नेट सर्वसुलभ हुनेछ। प्रविधिको द्रुत विकाससँगै मानवसभ्यताले डिजिटल युगमा प्रवेश गर्नेछ। अधिकांश मानिस डिजिटल प्रयोगमा शिपालु हुनेछन्। जनजीवनकार्यशैलि र जीवनपद्धति पूरै इण्टर्नेटमा आधारीत हुनेछ।

सवारीसाधनको प्रयोग अत्यधिक बढ्ने छ। सेन्सरबेस्ड सेल्फ ड्राइभिङ भेहिकल हुनेछ। कारलाइ ड्राइभरले चलाउनुपर्ने छैन। कारमा गन्तव्य सेटिङ गरेर आरामले सुत्नेछन्कार आफैं चल्ने छ र कारले गन्तब्यमा पुर्याइदिनेछ। सवारीसाधनमा इन्धनको प्रयोग कम हुनेछ। पेट्रोल-डिजेलको सट्टामा हाइड्रोजन इन्धनको प्रयोग गर्नेछन्।

रोबोटको प्रयोग अत्यधिक हुनेछ। मान्छेका आधा काम रोबोटले गर्नेछ। जनजीवनका सबै काम इण्टरनेटमा आधारीत डिजिटल हुनेभएसँगै ह्याकरहरु बढ्नेछन्। साइबरक्राइम अत्यधिक बढ्ने छ।

 स्वास्थ्यउपचारमा क्रान्तिकारी छलाङ मार्नेछ। क्यान्सर जस्ता जटील रोगका निदान भैसक्नेछ। जनसंख्या बढेर ११ अरब पुग्नेछ। चीनको भन्दा भारतको जनसंख्या बढी हुनेछ। सन २०४८ मा भारतको जनसंख्या १ अरब ६० करोड पुग्नेछ। तिमीहरूको पनातिपुस्तामा दृष्टिदोष व्यापक हुनेछ। त्यसबेलाका मान्छेमा निकट दृष्टिदोष बढ्ने छ र टाढाको पनि धमीलो देख्नेछन्।

अन्तरीक्षयात्रा बढ्ने छ। कतिपय ग्रहमा मानव बस्तिको विकास भैसक्ने छ।

जनजीवनजीवनशैलि र जीवनपद्धति पूरै बदलिनेछ। आरामदायी जीवन हुनेछ। तर अविकसित राष्ट्रको लागि कठीन स्थिति नै हुनेछ।

मौसमको प्रणालि बदलिनेछ। हिमसृङ्खला पग्लिने छ। समुन्द्रको सतह धेरै बढ्ने छ। कतिपय आइल्याण्ड डुब्नेछन्। खानेपानीको हाहाकार हुनेछ। प्राकृतिक प्रकोप बढ्ने छ र त्यस्बाट जोगिने उपायको खोजि गर्नेछन्।

समग्रमा उषाना लैला बबाशाहहरूले निर्माण गर्ने सभ्यता नै तिमीहरूको पनाति पुस्ताको सभ्यता हुनेछ।

३५-४० बर्षपछिको मानवलोकको चित्र छर्लङ्ग बर्णन गरी हजुरबुबा मौन भए।

 

 

 

 

No comments:

Post a Comment