Pages

Tuesday, January 9, 2024

 हिंसात्मक अत्याचार  ।।


हिंसात्मक अत्याचार

घटना शुक्रबारदेखि भएको रहेछ मैले सारदा थापालाई अदालतमा देखेको आईतबार थियो । उनी श्रीमान श्रीमतिको सम्बन्ध विच्छेदका लागि अदालतले तोकेको पेशीका लागि उपस्थित हुन अदालत गएकी रहिछन् । उनीसँग अदालत परिसरमा उनका श्रीमान पनि थिए । म एक अर्को मेरै वडाको अंश मुद्दाको वकपत्रका लागि अदालत गएकी थिएँ । करीब एक बजेदेखि साढे तीन बजेसम्म म अदालत परिसरमै रहेको फूलबारीमा घाम तापेर बसेकी थिएँ । म पत्रकारीता पेशाको हिसाबले भन्दा पनि साक्षीको तर्फबाट बकपत्र गर्न गएकाले पनि अन्य विषयमा खासै ध्यान थिएन ।

 

त्यहिँ बस्दै गर्दा सारदा अदालतको मूल ढोकानिर कराएको सुनेँ । उनले भन्दै थिईन, ‘म यहाँबाट जान्न मलाई यीनिहरुले मार्छन । बरु म यहिँ बस्छु ।’ उनको आवाज चर्किएसँगै उनका श्रीमानले अलि नजिक गएर के भने मैले बुझिन । तर सारदा कराई रहिन । उनको कुरा नत त्यहाँ भएका प्रहरीले सुनेका थिए नत कुनै अदालतभित्र रहेका कोहि कसैले सुनेका थिए (सुनेर पनि नसुने जस्तो गरेका थिए) । जहाँ वकिल, नागरिक, कर्मचारी, प्रहरी लगाएत सबै थिए । न कसैले उनलाई हेरेको थिएन नत बोलेका थिए । (मानौं उनी मानसिक विरामी हुन, बोल्नुको अर्थ छैन जस्तै गरि)

 

मैले त्यहाँ भएका केहि वकिल, केहि न्यायका लागि गएका मान्छे लगाएत केहिसँग यी महिला किन यसो भनिरहेकी ? को रहिछन ? भनेर सोधें । सबैको एउटै एउटै कुरा थियो । यो महिला खराब हो । यीनले गाउँलेको ऋण लिएर नतिरेको र श्रीमानसँग सम्बन्ध विच्छेद हालेको बताए । केहिले लेनदेनको मुद्दा पनि छ भने ।

 

म वकपत्रको समय कुरिरहें । त्यहि समयमा अदालत भवन बाहिर परिसरमा २ जना महिलाहरु पनि भुत्भुताए । उनीहरु रिसले चुर छन भनि छुट्याउन मलाई कुनै समय लागेन । उनीहरु म बसेकै नजिकै बसेका थिए । उनीहरुलाई मैले देखेको हो चिनजान हैन । उनीहरुले महिला बोलिरहेकै बेला भने यसलाई अदालतबाट बाहिर मात्रै आओस न सास मात्रै बाँकी राखेर कुट्नुपर्छ भने । मैले भनेँ, किन कुट्ने ? खास कुरा के हो ?

 

उनीहरुले भने, ‘यसले पैसा खाएर काठमान्डौमा जग्गा किनी । अहिले ऋण नतिर्ने ? यसलाई नकुटेर कसलाई कुट्नु ?’

 

मैले त्यो महिलालाई कुट्छन भन्ने आँकलन गर्न सकिन । अनि उनीहरुलाई भनेँ, ‘किन कुट्नु ? कुटेर पैसा आउँछ र ?’ उनीहरुले अब अरु विकल्प छैन भन्दै थिए । अनि उनीहरुलाई सोधेँ, घर कहाँ हो तपाईँहरुको ? उनीहरुले ढकालगाउँ भने । म त्यसपछि वकपत्रमा गएँ । बकपत्र सकियो । म अदालतबाट फर्किएँ । सम्बन्ध विच्छेद र लेनदेनको मुद्दा भएकाले ती महिलालाई मैले केहि सोधिन । उनीहरु त्यतै थिए । प्रहरी प्रशासन जसरी पनि महिलालाई त्यहाँबाट घर पठाउने दाउमा रहेको देखिन्थ्यो ।

 

जब म घर आएँ त्यसको करीब डेढ, घण्टामा ती महिलालाई पोलमा बाँधेर गाउँलेले कुटेको अवस्थामा एसपी राजकुमार सिलवालले उद्धार गरेर सिन्धुली अस्पतालमा भर्ना गरेको खबर पाएँ । महिला अर्धचेत रहेको खबर आयो । त्यसको करीब आधा घण्टा जतिमा तीन दिनदेखि महिलालाई बन्धक बनाई कुटेको समाचार सिन्धुली खबरमा आयो । अनलाईन खोलेर हेरें तीनै अदालतमा सुरक्षा माग्ने महिला रहिछिन् फोटोमा । म छक्क परेँ । कुट्छौं, भन्थे कुटिसकेछन् । कति अमानवीय मान्छे रहेछन् जस्तो लाग्यो ।

 

तर मैले तीनदिनसम्म महिलालाई बन्धक बनाएको कुरा पत्याउन सकिन । समाचारले दोधार बनायो । कुटेको कुरामा विमति रहेन तर सदरमुकाममा तीनदिनसम्म बाँधेर कुट्दासम्म प्रहरीले सूचना नपाउनु, अदालतको ढोकामा सुरक्षा माग्दा ती महिलाले सुरक्षा नपाउनु, फेरी कुटिनु ? हैट हाम्रो सुरक्षा जस्तो लाग्यो ।

मङ्गलवार, जनवरी 09, 2024

 

म मेरो कार्यालयको कामले अलि व्यस्त थिएँ । तीन दिन बाँधेको घटना पुष्टि गर्ने आधार नपाउँदासम्म समाचार नलेख्ने निर्णय गरेँ । समाचार लेख्ने की नलेख्ने विषयमा हाम्रो पत्रिकाको टिममा छलफल चलिरहेको थियो । तथापी त्यसलाई तुरुन्तै लेख्नुभन्दा तीनदिन बन्धक बनाईएको कुरा के हो भन्ने विषयमा खोज्न हाम्रो टिम लाग्यो । उद्धार भएको भोलीपल्टसम्म पनि हामी यहि विषयमा छलफल र प्रमाणको खोजीमा रहयौं ।

 

त्यो बिचमा पत्रिकाको टिमबाट प्रहरीसँग बुझ्ने, समाचार तयार गर्ने काम भयो । पत्रिका र आफ्नो अनलाईनमा समाचार हाल्न तेस्रो दिन बिहान प्रमाण प्राप्त भएपछि हामी तयार भयौं । त्यो दिन समाचार मैले फाइनल गरें र पत्रिकामा प्रकाशित ग-यौं । अनलाईन अपडेट भयो । एकै दिन नयाँ पत्रिका दैनिक, प्रभात समाचार दैनिक र इसाझा नेपाल डटकममा समाचार प्रकाशन भयो । त्यसपछि देशभरका मिडियाले समाचार प्रकाशन गरे । कति सञ्चारमाध्यमले त्यो समाचार प्रकाशन प्रसारण गरे त्यसको आँकलन नै गर्न सकिएन ।

 

यति ढिलो समाचार प्रकाशन हुनुमा मैले त्यो घटनालाई विश्वास गर्न नसक्नु पहिलो कारण थियो । समाचार ब्रेक गर्ने नाममा हतारो हुन्छ की भन्ने आशंका हामीमा थियो । हामीले समाचार लेख्दा प्रहरीले घटनामा संलग्न भएका ७ जनालाई पक्राउ गरिसकेको थियो ।

 

अर्को कुरा सिन्धुलीको ढकालगाउँ राजनीतिक, सामाजिक रुपमा शिक्षित र सचेत नागरिक बस्ने गाउँका रुपमा चिनिन्छ । सदरमुकामको मुटुमा तीन दिनसम्म एउटा महिलामाथि समाज नै लागेर संगठित रुपमा यस्तो निकृष्ट व्यवहार हुन्छ भन्ने पत्याउन पनि सकस थियो । नपत्याउन पनि सकिएन ।

 

मलाई भने समाचार लेखिसक्दा पनि त्यहि अदालतको दृष्यले चिमोटिरहेको थियो । शिक्षित र सचेत समाजले त्यो खालको हर्कत गर्ला भन्ने भएको भए त्यो महिलालाई सोध्थें होला ? सायद सेफ हाउसमा पठाउँथे होला ? प्रहरीलाई सुरक्षा किन नदिएको भनेर सोध्थें होला ? त्यहाँसम्मको कल्पना गर्न समेत मैले सकिन । मैले एक पटक सारदालाई सोधेको भए पछिल्लो घटना अर्थात पोलमा बाँधेर अर्धचेत बनाउने अवस्था आउँदैन थियो होला ? मैले सारदालाई प्रश्न नगर्दा उनले थप सजाय पाईछन त्यसमा मलाई निकै पछुतो छ सधै पछुतो लागिरहने छ ।

 

अर्को कुरा प्रहरीलाई सबै घटनाक्रम थाहा थियो भन्ने बुझ्न बाहिर जानै पर्दैनथ्यो । त्यहाँ भएका सुरक्षा, कर्मचारी, नागरिक जो कोहिले महिलालाई दोष लगाईरहेका थिए ।

 

अदालत परिसरमा हुने जो कोहि सुरक्षा त्यतिकै मागिने चिज हैन भन्ने विषयमा संवेदनशिल थिएन । यसले सुरक्षा दिने प्रहरी नै यो घटनामा संलग्न थिए की भन्ने प्रश्न उब्जिन सक्छ । सुरक्षाको सूचना प्रहरीलाई थियो भने तत्काल रेस्कु किन भएन ? किन प्रहरी प्रमुख नै रेस्क्युमा खटिनु प-यो ? यसको चिरफार सुरक्षा क्षेत्रले पनि गर्न आवश्यक छ । जसको बदनामी समाजभरी फैलिएको छ । प्रहरी प्रमुख भन्दा तल्लो तहलाई घटनाको पूर्ण जानकारी थियो भन्ने चर्चा छ । जुन चर्चा चिर्न प्रहरीले सक्छ या सक्दैन त्यो हेर्न बाँकी छ ।

 

यो सँगै अदालत परिसरमा सुरक्षा माग्दा नपाउने कस्तो सुरक्षा दिईरहेका छौं भन्ने विषयमा पनि सुरक्षा क्षेत्र संवेदनशिल हुन आवश्यक छ । अदालतमै कुट्छौं भन्ने ती महिला कहाँ छन ? ती त पक्राउ परेका छैनन । तिनको खोजी प्रहरीले किन गरेन ? प्रहरीलाई घटनास्थलमा जान नदिई फर्काउने व्यक्तिहरु पनि खुलेआम छन भन्ने चर्चा छ त्यो पाटोबाट अनुसन्धान हुनु नपर्ने हो त ?

 

अर्को पाटो आर्थिक विषय पनि यो घटनामा जोडिएको छ । के सारदाले ऋण लिएर नतिरेकै हुन्, ऋण दिनेले लाखौं रुपैंया आम्दानी कसरी गरे ? त्यसको सरकारलाई तिर्नपर्ने कर तिरेका छन की छैनन । कतै बाँधेर चेक र कागजातमा हस्ताक्षर गरेका थिए की ? मिटरव्याजको प्रभाव त छैन घटनामा ? यो विषयमा समेत अनुसन्धान तेर्सिन आवश्यक छ । अर्को कुरा अहिले पनि पीडितका परिवारलाई बयान फेर्न र घटनालाई प्रभाव पार्न राजनीतिक दवाव, सामाजिक दवाव बढेको कुराहरु बाहिरिएका छन । ती प्रभाव रहनु हुदैन । घटनाको निष्पक्ष छानविन आवश्यक छ ।

मङ्गलवार, जनवरी 09, 2024   \  बिमला पाण्डे




रौतहटमा नृशंस नरसंहार

आलम आतंकविरुद्ध लड्ने जोधाहाहरू

रौतहट राजपुर नगरपालिका– १ हुँदै बग्ने कुडिया खोलानजिकै छ, कुडिया बजार २७ चैत ०६४ को साँझ ठीक बजे जिल्ला प्रशासन कार्यालय रौतहटका तत्कालीन प्रमुख जिल्ला अधिकारी दुर्गा भण्डारीसँग शैलेन्द्र साहको जम्का भेट भयो भण्डारी भोलिपल्ट(२८ चैत ०६४) हुँदै गरेको निर्वाचनको सुरक्षा व्यवस्था निरीक्षण गर्न राजपुर निस्केका थिए रौतहट बाट संविधानसभा सदस्यमा उठेका साह कार्यकर्ता भेटघाटका क्रममा गौर जाँदै थिए

 

 

सुरक्षाकर्मीको ‘स्कर्टिङ’बीच भण्डारीको गाडी कुडिया बजारमा रोकियो साहले पनि आफ्नो गाडी रोके भण्डारी गाडीबाट झरे साहको गाडी नजिक आए , भने, ‘साहजी, मौन अवधिमा पनि गाडी लिएर हिँड्नुभएको छ, गाह्रो होला है कागजात के कसो ? गाडी थुत्नुपर्ने अवस्था आउला है।’

 

 

एमालेको तर्फबाट चुनावी मैदानमा उत्रिएका साहको प्रतिस्पर्धी थिए, मोहम्मद अफ्ताब आलम जसको रौतहटमा आतंकको साम्राज्य नै खडा थियो ‘रौतहट टाइगर्स’ उपनामले कुख्यात उनी कांग्रेसबाट संविधानसभा सदस्यको उम्मेदवार थिए त्यस दिन प्रजिअ भण्डारी उनकै आग्रहमा राजपुर जाँदै थिए जसको जानकारी साहले अघि नै पाइसकेका थिए साहले भण्डारीलाई गाडीबाटै भने, ‘ठीक छ, गाडीको कागजात चेक गर्नुहोस् मन लाग्छ भने गाडी थुतिदिनुहोस् तपाईंको हातमा जो ‘पावर’ ।’

 

 

कुटिल हाँसोका साथ भण्डारीले साहसँग बिदा मागे गाडीमा चढे सुरक्षाकर्मीको ‘स्कर्टिङ’सहित राजपुरतर्फ लागे साह पनि गौरतर्फ अघि बढे करिब १२ मिनेटपछि साहको मोबाइल फोनको घन्टी बज्यो फुपाज्यु रामआशिष साहले फोन गरेका रहेछन् रामआशिषले भने,‘यहाँ पटका पड्किएजस्तो छ लौ अनौठो भयो छिटो आउनुपर्‍यो।’साहले घटनालाई सामान्य ठाने उनले प्रतिउत्तरमा भने, ‘चुनावमा पटाका पड्कनु कुनचाहिँ ठूलो विषय हो र कसैले रमाइलो गर्न पड्काए होलान् छाडिदिनुस् केही हुन्न।’

 

 

उनले फोन काटे गौरतर्फ अघि बढे फोनको घन्टी पुनः बज्यो हेरे फोन उनै रामआशिषको थियो यसपटक रामआशिषको आवाज सामान्य थिएन उनले आत्तिँदै भने, ‘यहाँ त ठूलो धमाका भयो पटाका पड्किएको होइन मान्छे नै मारेजस्तो तुरुन्तै आउनुपर्ने भयो।’

 

 

साह बल्ल झस्किए उनले गाडी तुरुन्तै राजपुरतर्फ मोडे त्यस दिन सम्झिँदै साह भन्छन्, ‘गाउँबाट धुवाँको कालो मुस्लो आकाशमा उडिरहेको टाढैबाट देखेँ मनमा चिसो पस्यो।’ उनी गाडी लिएर राजपुरतर्फ दौडिए करिब २० मिनेटको यात्रापछि उनी घटनास्थलनजिक पुगे त्यसवेलासम्म घटनास्थलमा स्थानीयको भिड लागिसकेको थियो उनी गाडीबाट झरे भिड पन्छाउँदै घटनास्थलतर्फ अघि बढ्न खोजे तर, सकेनन्

 

 

पूर्वमन्त्री शेख इद्रिश(आलमका काका)को गाईगोठको छानो उडेको साहले टाढाबाटै देखे उनी भन्छन्, ‘घरको पर्खाल भत्किएको थियो घटनास्थलमा घाइते चिच्याइ रहेको आवाज टाढासम्म सुनिन्थ्यो।’ नजिकै देखापरे, प्रजिअ भण्डारी र जिल्ला प्रहरी कार्यालय रौतहटका तत्कालीन प्रमुख एसपी लक्ष्मण न्यौपाने साह घटनास्थल जान अघि बढे तर, भण्डारी र न्यौपानेले उनलाई रोके

 

 

सचेत गराउँदै भण्डारीले भने,‘तपाईं अघि बढ्नु खतरापूर्ण छ मान्छे आक्रोशित छन् जे पनि हुन सक्छ तपाईं यहाँबाट जतिसक्दो चाँडो निस्किहाल्नुहोस्।’ साहलाई घटनास्थलसम्म पुग्न दिइएन साह सम्झिन्छन्, ‘खासमा मलाई त्यस दिन घटनास्थलमा जान नदिनुको कारण त्यत्रो जघन्य अपराध लुकाउनका लागि रहेछ।’

 

 

 

 

 

०४८ देखि ०६४ सम्म रौतहट २ मा १ मध्यावधि र १ उपनिर्वाचनसहित चार निर्वाचन भए जसमध्ये दुईवटामा शेख इद्रिस बाँकी दुईवटामा आलम उम्मेदवार थिए चारवटै निर्वाचन उनीहरूले जिते , चारै निर्वाचमा बुथ कब्जा गरिए।यसका लागि मतदानस्थलमा बम विस्फोट गराइएको थियो जसको मुख्य योजनाकार थिए, उनै आलम 


२८ चैत ०६४ को संविधानसभा निर्वाचनमा पनि आलमले सोही विधि कार्यान्वयन गराउँदै थिए बम बनाउने गिरोह भारतको बिहारबाट १० दिनअघि नै उनले ल्याइसकेका थिए सोही टिममा सहभागी थिए, रौतहट सरुअट्ठाका २२ वर्षीय ओसी अख्तर र २४ वर्षीय त्रिलोकप्रताप सिंह ‘पिन्टु’ सबैलाई आलमले काका इद्रिसको गाईगोठमा राखेका थिए , निर्देशनअनुसार उनीहरूले बम बनाउँदै थिए २७ चैत ०६४ को साँझ ६ः३० बजे राजपुरमा सोही बम विस्फोट भएको थियो 


आलमको निर्देशनमा बम बनाउने गिरोह राजपुर भित्रिएको सूचना साहले १० दिनअघि नै पाएका थिए घटनाप्रति सचेत गराउँदै उनले जिप्रका रौतहटमा उजुरी दिएका थिए जिल्लास्थित निर्वाचन आयोगलाई पनि जानकारी दिए तर, सुनुवाइ कहीँ भएन परिणामतः संविधानसभा निर्वाचनको ठीक अघिल्लो साँझ बम विस्फोट हुनपुग्यो घटनामा २० जनाभन्दा धेरै हताहत भए 


प्रजिअ भण्डारी र एसपी न्यौपानेले घटनास्थलमा जान नदिएपछि साह सरासरनजिकैको फुपाज्यू रामआशिषको घर पुगे जसले उनलाई केही क्षणअघि मात्रै बम विस्फोट भएको सूचना दिएका थिए घटना गम्भीर प्रकृतिको थियो उनले तत्काल निटकस्थ सञ्चारकर्मीलाई सूचना दिए सञ्चारमाध्यमबाट घटनाको सम्बन्धमा समाचार प्रसारण हुनथाल्यो सञ्चारकर्मी घटनास्थल जाने कोसिसमा जुटे तर, प्रहरीले उनीहरूलाई बाटोमै रोके 


प्रशासनको बलमा घटना दबाउन खोजिएको भेउ साहले पाए उनी भन्छन्,‘घटनालाई सार्वजनिक गर्न हर प्रयन्त गरेँ तर, केही सीप लागेन किनकि आलमको पछि धेरैजना थिए।’ साहका अनुसार आलमको पछि तत्कालीन गृहमन्त्री, नेपाल प्रहरीको तत्कालीन आइजिपी ओमविक्रम राणादेखि सशस्त्र प्रहरीको तत्कालीन एसपी रामकृष्ण लामासहितको टोली थियो 

विस्फोटमा परी घाइते भएकाहरूलाई बेहोस हुने इन्जेक्स दिइयो बोरामा प्याक गरियो ट्र्याक्टरमा लोड गरियो नेपाल प्रहरी सशस्त्र प्रहरीको ‘स्कर्टिङ’मा राजा इँटा भट्टामा लगियो एक–एक गर्दै भट्टीको मेनमा हालियो नछिरेको शरीरलाई बन्चरोले गिडियो , रातारात खरानी बनाइयो 


जघन्य अपराध प्रशासनको आडमा रातारात सामसुम भयो , त्रास रौतहटभर चैत्रको डडेलोझँै फैलियो रौतहट मा निर्वाचन भयो तर, त्रसित मतदाता बुथसम्म पुगेनन् उनीहरूको नाममा आलमका प्रतिनिधिले भटाभट फर्जी मत खसाले निर्वाचन आलमले जिते


निर्वाचनपछिको मतपरिमाणबारे साह जानकार नहुने कुरै थिएन उनले घटनाको निष्पक्ष छानबिनपछि मात्रै मतगणना गर्न भन्दै जिल्लास्थित निर्वाचन आयोगमा भने उनको पक्षमा माओवादी, तत्कालीन मधेसी जनअधिकार फोरम, तत्कालीन तराई–मधेश लोकतान्त्रिक पार्टीलगायतका नेता उभिए घटनाको अनुसन्धान गर्न भन्दै उनीहरूले संयुक्त विज्ञप्ति निकाले तर, उनीहरूको केही जोर चलेन 


प्रशासनको आडमा आयोगले दलीय सहमतिविनै मतगणना सुरु ग¥यो विरोधमा उत्रिएकाहरूविरुद्ध लाठी चार्ज भयो मतपरिणाम सार्वजनिक भयो आलम विजयी घोषित भए जघन्य अपराध अनुसन्धानको पक्षमा उभिएकाहरू निरीह बने 


चुनावी हारभन्दा पनि भयानक विस्फोट र २० जनाभन्दा धेरै निर्दोष हत्याको घटनाले साहलाई निदाउन दिएन उनी आफैँ जाहेरी बोकेर जिप्रका रौतहट पुगे तर, जिप्रकाले जाहेरी दर्ता नै गरेन त्यसवेलासम्म विस्फोटमा परी मृत्यु हुनेमध्ये ओसी अख्तर त्रिलोकप्रतापको नाम सार्वजनिक भइसकेको थियो तर, प्रहरीमा जाहेरी दिन मृतकका कोही आफन्त तयार थिएनन् कारण थियो, आलमको आतंक


साह मृतकको आफन्तलाई सम्पर्कमा ल्याउने कोसिसमा जुटे अवस्था बुझ्न सहयोगीलाई मृतकका परिवारकहाँ पठाए साह भन्छन्,‘शोकमा डुबेका पीडितहरूसँग आलमविरुद्ध आक्रोश थियो तर, कानुनी लडाइँ लड्ने हिम्मत उनीहरूसँग थिएन।’ साहले उनीहरूको अवस्था बुझे मृतकका परिवारलाई एक–एक गर्दै गौरस्थित घरमा बोलाए , जाहेरी दिन उत्प्रेरित गर्नमा जुटे 


चारपटक सांसद र तीनपटक मन्त्री भइसकेका आलमको आतंक रौतहटमा यति भयानक थियो कि उनीविरुद्ध आवाज उठाउनु पहरामा कुइना ठोकाउनुसरह थियो आलम क्षणभरमै राजनीतिक नेतृत्व प्रभावित तुल्याउन सक्थे रौतहटमा प्रहरी, अदालत र प्रशासन प्रमुख त्यस्ता व्यक्तिलाई नियुक्त गरिन्थ्योजो उनी चाहन्थे सोही आडमा उनी रौतहटमा निर्वाध ‘आलम राज’ चलाउँथे


आलमको ‘पावर’बारे साह राम्रोसँग जानकार थिए उनीसँग लड्दा भविष्यमा आउन सक्ने चुनौतीलाई पनि उनले आकलन गरेका थिए तर, उनले हिम्मत हारेनन् अन्ततः मृतक ओसी अख्तरकी आमा रुक्साना खातुन त्रिलोकप्रतापका बुबा श्रीनारायण सिंहलाई आलमविरुद्ध जाहेरी दिन बल्लतल्ल तयार गरे


आलमविरुद्ध साहले ३० चैत ०६४ मै जिप्रका रौतहटमा जाहेरी दिएका थिए तर, प्रहरीले जाहेरी दर्ता नै गरेको थिएन रुक्साना श्रीनारायणको जाहेरी पनि दर्ता नहुनेमा साह निश्चित थिए त्यसो हुँदा उनी पत्रकार सम्मेलन गरेर प्रशासनलाई दबाब दिन चाहन्थे तर, पत्रकार सम्मेलन गर्ने कहाँ रौतहटमा घटनाबारे पत्रकार सम्मेलन गर्न सक्ने अवस्था थिएन त्यसो हुँदा मृतकका परिवारलाई काठमाडौं लैजाने घटना सार्वजनिक गर्ने प्रयत्नमा जुटे उनी उनी भन्छन्, ‘मृतकका परिवार रौतहटबाट सीधै काठमाडौं जाने अवस्थामा थिएनन् किनकि बाटोमा आलमका सहयोगी अवरोध बनेर खडा थिए।’ 


साहले रुक्सानालाई बिहारको बैर्गिनिया हुँदै रक्सौलबाट काठमाडौं जान भने श्रीनारायणलाई बिहारको बर्गिनिया हुँदै सीतामढीबाट मलंगवा हुँदै काठमाडौं जाने तय भयो त्राशका बीच रुक्साना श्रीनारायण बिहार हुँदै काठमाडौंका लागि हिँडे साह भने चन्द्रनिगाहपुर हुँदै सरासर काठमाडौं आए 


दुई दिनको यात्रापछि रुक्साना र श्रीनारायण सिंह बल्लतल्ल काठमाडौं आइपुगे पुतलीसडकस्थित रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्ने तय भयो मृतकका परिवार लिएर साह क्लब पुगे तर, अवरोध त्यहाँ पनि जारी रह्यो साह त्यो दिन सम्झिँदै भन्छन्, ‘क्लबका अध्यक्ष ऋषि धमला जतिसक्दो चाँडो पत्रकार सम्मेलन सक्न भन्दै मञ्चमा उक्लिए तनावैतनावमा पत्रकार सम्मेलन भयो।’ समाचारलाई सञ्चारमाध्यमले महत्वका साथ कभरेज गरे 


घटनाबारे उजुरी लिएर पीडित परिवार राष्ट्रिय मानव अधिकार आयोग पुगे महान्यायाधिवक्ता कार्यालयलाई ध्यानाकर्षण गराए घटनाबारे नेपाल बार एसोसिएसनलाई जानकारी गराए १० दिनको दौडधुपपछि जाहेरी बोकेर मृतकका परिवार जिप्रका रौतहट पुगे तर, प्रहरीले यसपटक पनि जाहेरी दर्ता गर्नै मानेन त्यसवेला जिप्रका रौतहट प्रमुख एसपी न्यौपाने सिडिओ भण्डारी एकै स्वरमा भन्ने गर्थे,‘२७ चैत ०६४ को साँझ राजपुरमा विस्फोट भएकै छैन कसैले ज्यान गुमाएका छैनन्।’ जब कि विस्फोटलगत्तै एसपी न्यौपाने भण्डारी स्वयं घटनास्थल निरीक्षणमा पुगेका थिए 


केही सीप नलागेपछि जाहेरी हुलाकमार्फत दर्ता गराउने तय भयो पीडित परिवार जाहेरी लिएर हुलाक कार्यालय पुगे त्यसको दुई दिनपछि बल्ल जाहेरी दर्ता भयो साह पीडित परिवारलाई धम्की प्रलोभनको शृंखला बल्ल सुरु भयो प्रशासन जतिसक्दो चाँडो आलमलाई सफाइ दिने प्रयत्नमा जुट्यो त्यसवेलाका कठिन दिन सम्झिँदै साह भन्छन्,‘अत्यन्तै कठिन थिए ती दिन दैनिकजसो ज्यान मार्ने धम्की आउँथ्यो प्रलोभनका शृंखला पनि उत्तिकै आए पीडित परिवारले यस अवधिमा झन् यस्ता हन्डर कति खेपे त्यसको बयानै गर्न सक्दिनँ।’


कानुनी लडाइँकै बीच रुक्साना खातुन र श्रीनारायणलाई मुद्दा फिर्ता लिन भनियो पटक–पटक ज्यान मार्ने धम्की दिइयो यही क्रममा रुक्सानामाथि दिनदहाडै गोली प्रहार भयो उनको घटनास्थलमै मृत्यु भयो श्रीनारायणलाई खुमेआम भनियो, ‘मुद्दा फिर्ता लेऊ, नत्र तिम्रो हालत पनि रुक्सानाको जस्तै हुनेछ।’ यस्तै धम्की साहलाई पनि पटक–पटक आए तर, उनले मुद्दा फिर्ता लिएनन्


दिनदहाडै रुक्सानाको हत्याको घटनाले साहलाई अहिले पनि पिरोल्छ आलमविरुद्ध जाहेरी दिन उत्प्रेरित गर्ने क्रममा उनले रुक्सानालाई वचन दिएका थिए, ‘तिम्रो सुरक्षाको जिम्मेवारी म लिन्छु।’ तर, वचन पूरा गर्न सकेनन् साह सम्झन्छन्, ‘रुक्सानालाई जाहेरी दिन आँट भर्ने काम मैले नै गरेको हुँ त्यसवेला उनलाई मैले भनेको थिएँ, केही हुन्न तिम्रो ज्यानको सुरक्षा गर्ने जिम्मा मेरो भयो तर, त्यसो हुन सकेन उनको हत्या गरियो यो घटनाले मलाई जीवनभर चिमोटिरहनेछ

 

यो न्यायको लडाइँमा रुक्साना खातुन र श्रीनारायण सिंहले हिम्मत नगरेको भए आलम आतंक अन्त्य गर्न सकिँदैनथ्यो
घटनाको १२ वर्षपछि आलमविरुद्धको अपराधको फाइल पुनः खोलियो जसको नेतृत्व लिएका थिए, जिप्रका रौतहटका तत्कालीन प्रमुख एसपी भूपेन्द्र खत्रीले नभन्दै आलम पक्राउ परे उनीविरुद्ध करिब चार वर्ष मुद्दा चल्यो अन्ततः घटना पुष्टि भयो जिल्ला अदालत रौतहटले आलमसहित उनका भाइ महताब शेख सराजविरुद्ध जन्मकैद फैसला ¥यो जब कि १६ वर्षअघि सोही घटनालाई तत्कालीन गृहमन्त्री, नेपाल प्रहरीका आइजिपी राणा, जिप्रका रौतहट प्रमुख न्यौपाने, सिडिओ भण्डारी, सशस्त्र प्रहरी बलका एसपी लामा र घटनाको अनुसन्धानमा संलग्न तत्कालीन प्रहरी अधिकारीले ‘फेक’ भनिरहेका थिए


साह भन्छन्, ‘१६ वर्षअघि भएको जघन्य घटना अहिले आएर पुष्टि भएको छ यस अवधिमा पीडित परिवारले अनेक यातना भोगेका छन् एकको हत्या भएको राज्यले अब उनीहरूलाई क्षतिपूर्ति दिलाउनुपर्छ , घटना झुटो भनी प्रमाणित गर्न खोज्ने तत्कालीन गृहमन्त्रीदेखि राज्य संयन्त्रमा रहेका अधिकारीविरुद्ध कानुनी कारबाही गरिनुपर्छ

 

 


No comments:

Post a Comment