Forum for National Issues
प्रेस बिज्ञप्ति
राजनीतिक पार्टी र नेताहरुले अपराधीलाइ काखी च्याप्ने र संरक्षण गर्ने काम गरेकाले देशमा अहिले अपराधी र गुण्डाहरुको एकछत्र राज चलेको छ। राजनीतिक पार्टीहरुमा बिचार निख्रिएर मनी-मसलले कब्जा जमाएको छ। कानुन-ब्यवस्था र शान्तिसुरक्षा छैन। दण्डहीनता मौलाएको छ। अपराधी गिरोहका नाइकेहरु खुल्लेआम राज्यलाइ चुनौति दिइरहेछन्। सर्वसाधारण नागरिक र भद्र ब्यक्तिहरु असुरक्षित मात्रै हैन आतङ्कित नै छन्। राज्यबाट अपराधी हैनकि अपराधीदेखि राज्य डराएको र गलेको स्थिति छ। लगानिकर्ताहरु भयभित भएर हच्केका छन्।अर्थतन्त्र धराशायी हुने अवस्थामा पुगेको छ। देश अनिश्चय र अन्योलको अँध्यारो सुरुङमा प्रवेश गरेको छ। यस्ले गर्दा आफ्नो राष्ट्रप्रति सरोकार र चासो राख्ने राष्ट्रप्रेमी सचेत नेपालीहरु चिन्तित र गम्भीर भएका छन्।
हर क्षेत्र र तप्काका जिम्मेवार ब्यक्तिहरु,बिशेषगरी राजनीतिक दलका नेताहरुले समयमै परिस्थितिलाइ नवुझ्ने,सचेत नहुने र उपचार नगर्ने होभने नेपाललाइ असफल राष्ट्र हुनबाट कसैले जोगाउन सक्ने छैन। तसर्थ, देहायका कदम तत्काल चाल्न अनुरोध गर्दछौं।
1. शान्तिसुरक्षा बहाल गरियोस्।
2. दण्डहीनतालाइ अन्त गरियोस्।
3. रोगी अर्थतन्त्रलाइ उपचार गरियोस्।
4. अपराधको राजनीतिकरण र राजनीतिलाइ अपराधिकरण गर्न बन्द गरियोस्।
5. कानुनी राज्यको प्रत्याभूति होस्।
भवदीय,
1. बोर्णबहादुर कार्की,अधिवक्ता , मोवाइल नं ९८५१०९४२०७
2. आनन्दराम पौडेल,लेखक\स्तम्भकार, मोवाइल नं ९८४१३७४६४०
3. ऋषिकेश तिवारी, राजनीतिक तथा सामाजिक अभियन्ता,मोवाइल नं ९८४१४११८४२
4. कृष्ण देवकोटा, अधिकारकर्मी, मोवाइल नं ९८५११२८८९०
5. बिके अर्याल, अधिकारकर्मी, मोवाइल नं ९८५१०९४८२५
6. रेणु शर्मा उप्रेती, महिला अधिकारकर्मी, मोवाइल नं ९८५१०५१८५४
२०६८\०३\०५
Batuleghar,Dillibazar,Kathmandu. Email : forumfornational.issues@gmail.com
No comments:
Post a Comment