Pages

Monday, May 7, 2012

रामरिझनको हिन्दी अभियान।


रामरिझनको हिन्दी अभियान
आनन्दराम पौडेल \ anandarampaudel@yahoo.com 
      
       हैन, अघि म वोलिरहँदा तपाईंले मलाइ घरिघरि किन रोक्न खोजेको ?” सुरेन्द्रप्रसाद चौधरीले रामरिझन यादवलाइ भने। गोरखापत्र संस्थान,वीरगञ्ज शाखा कार्यालयले बैशाख २२ गते आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेस,पर्सा जिल्लाका सभापति सुरेन्द्रप्रसाद चौधरी र प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामरिझन यादव दुवैजनालाइ सम्मानित अतिथिका रुपमा ड्यासमा राखिएको थियो। सुरेन्द्र चौधरीले रोस्टममा उभिएर वोलिरहँदा रामरिझन यादवले घरिघरि रोक्न खोजेका थिए। कार्यक्रम सकिएर चिया खाँदै सुरेन्द्रले रामरिझनसँग यो प्रश्न गरेका थिए।
“हिन्दीमा वोल्नुहोस्,किन नेपालीमा वोल्नुभएको भनेर सम्झाउन खोजेको थिएँ।” रामरिझनले भने।
“तर तपाईंले त मेरो कठालै तान्नुभो ?” सुरेन्द्रले आक्रोश ओकले।
“जति रोक्दापनि तपाईं नेपाली भाषामै वोलिरहनु भो,हिन्दीमा वोल्ने सुरसारै गर्नुभएन, केहीसिप नलागेर कठालो तानेको हुँ।” रामरिझनले प्रष्ट पार्न खोजे।
“किन हिन्दीमै वोल्नुपर्ने ? नेपालीमा वोल्न किन नहुने ?” सुरेन्द्रले ठाडै सोधे।
“तपाईंलाइ थाहा भएकै कुरो हो,हामी पहाडियालाइ धपाउने अभियानमा छौं। तराईबाट सम्पूर्ण पहाडियालाइ र पहाडबाट बाहुनक्षेत्रीहरुलाइ लखेट्ने योजना धेरै अगाडी बढिसकेको तपाईंबाट लुकेको त छैननि। यो सवै वुझिकन नवुझेजस्तो गरि किन सोध्नुहुन्छ ?” रामरिझनले सम्झाए।
“तपाईंहरुको यो योजना थोरवहुत मैलेपनि वुझेको छु। तपाईंहरुको यो योजना सफल पार्न हिन्दीमै वोल्नुपर्ने चाहीं किननि ?” सुरेन्द्रले नवुझे जस्तो गरी सोधेका थिए।
“हाम्रो योजनाको पहिलो चरण ‘एक मधेस एक प्रदेस’ को प्राप्ती हो। ‘एक मधेस एक प्रदेस’ लाइ वलियो बनाउन समग्र मधेसमा एउटै भाषाको एकछत्र,निर्वाध र सहज प्रयोग हुनुपर्छ। पूर्वदेखि पश्चिमसम्म एउटै भाषा वोल्ने गराउन ५\७ बर्षको अभ्यासले पुग्दैन। त्यस्को लागि अहिलेदेखि नै जोडतोडले अभ्यास गर्नुपर्छ। त्यो एउटै भाषा भनेको हिन्दी हो। हिन्दी भाषा हाम्रो यो महान अभियानको जग हो।” रामरिझनले छर्लङ्ग पारे।
“तपाईंहरुको योजना सवै वुझेको छु। तपाईंहरुलाइ चुनौती दिनकै लागि मैले नेपालीमा भाषण गरेको हुँ। हामी तपाईंहरुको अभियानको विरुद्धमा छौं।” सुरेन्द्रले भित्री कुरा खोले।
“मलाई पनि थाहा छ, तपाईंहरुलाइ पहाडेले उचालेका छन्। थारुहरूको बुद्धि छैन।”
“कस्को कत्ति बुद्धि रहेछ, हेरौंला” यति भनेर सुरेन्द्र चौधरी हिंडिहाले।
हेटौंडा-११,नवलपुर

No comments:

Post a Comment