विरोधाभास,भ्रम र भ्रान्ति
-आनन्दराम पौडेल
anandarampaudel@yahoo.com
राजनीतिशास्त्रका प्रोफेशरलाइ छात्रले सोधे, "सर, सम्बिधानसभा त गयो, त्यस्ले छाडेका अवशेषहरु के-के देख्नुहुन्छ ? "
" विरोधाभासहरु धेरै देखें। भ्रम र भ्रान्तिहरु पनि थिए।” प्रोफेशरले भने।
"केही उदाहरणहरु दिनुहुन्छ कि ?"
प्रोफेशरले विरोधाभासका उदाहरणहरु प्रस्तुत गरे।
(१) पहाडमा जात-जातका राज्य बनाउने, तराईमाचाहीं 'एक मधेश एक प्रदेश' हुनुपर्ने।
(२) ९ जिल्लालाइ मिलाएर प्रान्त बनाइपाउँ भन्ने सुदूरपश्चिमवासी सङ्घीयताविरोधी हुने, तर 'एक मधेश एक प्रदेश' नभए देशै टुक्रयाइदिन्छु भन्ने तराईका नेताहरु सङ्घीयतावादी हुने।
(३) राज्य धर्मनिरपेक्ष भैसकेपछि पनि जातसापेक्षचाहीं भैरहनुपर्ने।
(४) वर्गसङ्घर्ष छाडेर जातीय र सम्प्रदायिक राजनीति गरेपनि कम्युनिष्ट पार्टी भैरहन पाउने।

(५)राज्यले भद्र निवेदनलाइ इन्कार गर्ने, तर हूलहुज्जत,ढुङ्गामुढालाइ स्वीकार गर्ने।
प्रोफेशरले अरुपनि उदाहरण दिन खोज्दैथिए, छात्रहरुले यति उदाहरणले नै विरोधाभासहरु कति चर्का रहेछन् वुझियो भने। बरु भ्रम र भ्रान्तिका केही उदाहरण पाउँ भनि अनुरोध गरे। प्रोफेशरले भ्रम र भ्रान्तिका उदाहरण टिपाए।

(१) कार्यनीति र कार्यदिशा पार्टीका शीर्षस्थ कमिटीले तय गर्छकि “ककस”ले गराउँछ, वुझ्न गाहारो भो।
(२) ‘ककस’का एजेण्डा जनताबाट आउँछकि आइडिया इण्टर्नेशनल, डीफीड, डिएफआईडी जस्ता आईएनजीओहरुले पार्सल गरेर पठाउँछन् वुझ्न सकिएन।
(३) आम निर्वाचनबाट निर्वाचित व्यक्ति प्रधानमन्त्री नियुक्त हुने भनि नेकपा एमालेले जनअनुमोदन गराएको एजेण्डा र एनेकपा माओवादीले जनअनुमोदन गराएको राज्य संरचनाको खाका(१३प्रदेशको) सम्बिधानसभा बाहिर फालिएका रहेछन्। ती दुवै एजेण्डाहरु सम्बिधानसभाको निर्वाचनमा चुनावी घोषणापत्रका साथ जनताको घर-घरमा पु-याइएका थिए,र जनअनुमोदन प्राप्त थियो। जनताका एजेण्डालाइ किन सम्बिधानसभा हल बाहिरै फालियो,वुझ्न सकिएन।
बुढा प्रोफेशरलाइ धेरै दुख नदिउँ भन्ने ठाने छात्रहरुले। यहाँ विरोधाभास मात्रै हैन, भ्रम र भ्रान्तिपनि धेरै रहेछन्, छर्लङ्गै वुझ्यौं भने।
No comments:
Post a Comment