Pages

Tuesday, June 19, 2012

सम्बिधानसभाको अन्तरङ्ग।


सम्बिधानसभाको अन्तरङ्ग
                     -आनन्दराम पौडेल
                      anandarampaudel@yahoo.com
“सम्बिधानसभा भित्र तपाईंलाइ रोचक लागेका घटना वताउनुहोस् न ?” पत्रकारले सोधे।    अमोल शर्मालाइ यो प्रश्न अस्वाभाविक लागेन। यो प्रश्न सोध्नुअघि पत्रकारले महाभारतको एउटा घटना वताएका थिए। कुरूक्षेत्रमा युद्ध शुरु हुनुअघि एक्कासि बार्वरिक आइपुग्यो। उ कुनैपनि पक्षबाट युद्धमा डट्न सक्थ्यो। र, त्यो कौरव पक्ष पनि हुनसक्थ्यो। स्थितिको आँकलन गरेर कृष्णले त्यस्लाइ छ्याक्कै पारिदिए। मर्नुअघि त्यस्ले युद्धचाहीं हेर्न पाउँ भनेर निवेदन गरेकोले कृष्णले अग्लो रुखको टुप्पामा राखिदिएका थिए। नेपालमा अहिले सम्बिधानसभाको अवसान पश्चात् एकले अर्कोको थाप्लोमा असफलताको दोष थुपार्न तँछाड्मँछाड् गरेजस्तै महाभारत युद्ध सकिएपछि सवैले आ-आफ्नै मात्र सौर्य, वीरता, पुरुषार्थ, साहस र कौशलताको वर्णन गर्न थाले। यो देखेर कृष्णले ती सवैलाइ बार्वरिकको छेउमा लगे र युद्धमा तिमीले के देख्यौ, जस्ताकोतस्तै वर्णन गर भनेर बार्वरिकसँग सोधे। जव उस्ले यथार्थ वतायो तव सवै थचक्क परेका थिए। यो कथा वताएर पत्रकारले नेपालको सम्बिधानसभा हलभित्र भएका गतिविधि नियाल्ने मामलामा तपाईं महाभारतको बार्वरिक हो भनेका थिए। यो तुलनाचाहीं अमोललाइ मिल्दो र रोचक लाग्यो। हुनपनि सम्बिधानसभा हलभित्र भएका एकएक घटनालाइ नछोडी हेर्ने अमोलबाहेक अर्को कोही थिएन। सम्बिधानसभा हलभित्र भएका सम्पूर्ण गतिविधिको भिडीयो रेकर्ड गर्न संसद सचिवालयले अमोलसँग सम्झौता गरेको थियो र टेलिभीजनहरुले माँगेको समग्री समेत् उनैले खिंचेको भिडीयो रेकर्डबाट उतारेर दिन्थे।  
“हेर्नुहोस् पत्रकार ज्यू, तपाईंले मलाइ महाभारतको बार्वरिकसँग तुलना गर्नुभएकोले त्यहाँ भित्रका घटना र मैले अनुभूत गरेका सत्य तपाईंलाइ वताउँछु। मेरो व्यवशायिक मर्यादा र सीमालाइ ख्याल गरेर प्रकाशित गर्नुहोला।” अमोल आश्वस्त हुन खोजे।
पत्रकारले आश्वस्त पारेपछि अमोल शर्माले अनुभवहरु टिपाए।
(१)  ४ बर्षको दौरानमा हल अलि भरिएको दृष्य जम्मा ५ पटकजति खिंचें हुँला, नत्र पूरै भिडीयो रेकर्ड रित्तो हल र खालि कुर्सीले भरिएको छ। ९ जनामात्र सभासद उपस्थित रहेको वैठक समेत् रेकर्डमा छ।
(२) बजेट पेश गर्न लागेका अर्थमन्त्रीलाइ लछारपछार गरेको, ब्रिफकेस तोडेको जस्ता विभत्स दृष्यहरु र पासवानका ताण्डवनृत्यहरु भिडीयो रेकर्डमा सुरक्षित छ।
(३) ठूला दलका ठूला नेताले वोल्ने वेलामा पत्रकारहरुको भीड लाग्थ्यो र सभासदहरुको पनि बाक्लै उपस्थिति देखिन्थ्यो।
(४) गगन थापा,चित्रवहादुर केसी, प्रचण्ड र प्रकाशचन्द्र लोहनीहरु वोल्न थालेपछि सभामा ‘पिनड्रप साइलेन्स’ हुन्थ्यो। सचिवालयका कर्मचारीहरु समेत् सवै काम छाडेर हाम्रो कन्ट्रोलमा जम्मा हुन्थे। लीला न्याइच्याईं, रविन्द्र अधिकारी र देवी खँड्काले पनि सभाको ध्यान खिंच्थे। प्रचण्डको रवाफ दर्शनीय हुन्थ्यो।
(५) सम्बिधानसभाको शुरुकालमा सभासदहरु सर्वसाधारण जनता जस्ता थिए। ३-४ महिनापछि शानदार, भव्य गेटअपमा देखिन थाले। धेरै सभासदहरु व्युटिपार्लरमा भेटिन थालेको चर्चा सुनिन्थ्यो।
(६) धेरै सभासदहरु सभाहलमा मस्त सुत्थे। टेलिभीजनले त्यही दृष्यलाइ वढी फोकस गरिदिंदा भोलिपल्ट मसँग झगडा गर्थे। टेलिभीजनले ठूला नेताको अनुहार मात्र देखाउँथ्यो, हाम्रो खिंच्दैखिंचिनस् भन्दै पाखुरा सुर्कन्थे।
चिया खाजा आइसकेको थियो। आजलाइ यति मात्रै गरौंकि पत्रकारज्यू भनेर दुवैजना खाजा खान थाले।

No comments:

Post a Comment