Pages

Tuesday, June 26, 2012

समाजशास्त्रीको नयाँ नेपाल।


समाजशास्त्रीको नयाँ नेपाल
                    -आनन्दराम पौडेल
                     anandarampaudel@yahoo.com
          
   “प्रोफेशर साहव, तपाईंलाइ आङकाजि शेर्पा, मल्ल के सुन्दर, कृष्ण भट्टचनहरुको डर लाग्दैन ?” पत्रकारले अवसर पाउनासाथ सोधिहाले। २०६९ असार २ गते पुलचोक इञ्जिनियरिङ कलेजमा आयोजित “समृद्धिका लागि लोकतन्त्र” बिषयक गोष्ठीमा हाल विवि अनुदान आयोगका अध्यक्ष रहेका प्रा.गणेशमान गुरुङले कार्यपत्र पेश गर्नुहुन्छ भन्ने थाहा पाएकैले पत्रकार यो कार्यक्रममा आएका थिए। उहाँको कार्यपत्रमाथि प्रा.चैतन्य मिश्रको टिप्पणि सकिएपछि टी ब्रेकमा मौका  छोपेर पत्रकारले गणेशमानजीसँग यो प्रश्न गर्न भ्याएका थिए।                            “हेर्नुहोस् पत्रकारजी, भय र आशक्तिरहित हुनुपर्ने प्राज्ञहरुले हो। यहाँ त बुद्धिजीवी मात्र हैन, प्राज्ञहरु समेत् कित लाइन अनुसार वोल्ने नत्र भयले नवोल्ने रहेछन्। कमसेकम प्राज्ञहरुले आफ्नो ब्रह्मले देखेका कुरालाइ मरमोलाहिजा नगरी सर्लक्क राखिदिने गरेका देशको यो दुर्दशा हुने थिएन। २०४७ सालमा एकेडेमीका कूलपति र सदस्यहरु घरबाट निस्केनन्। एकजना नयराज पन्तजी मात्र दिन नविराई एकेडेमी गैरहनुभयो। ती हुन् प्राज्ञ।” गणेशमान गुरुङले भन्नुभयो।                                                                  
 “हुन त धेरै कुरा तपाईंले पेश गर्नुभएको कार्यपत्रमै आइसकेको छ। तैपनि केही जिज्ञाशाहरु छन, राखौंकि ?”                                            “राख्नुहोस्।” प्रोफेशरले भने।                                                                    “कम्युनिष्ट पार्टीहरुले एकल जातीय वर्चस्वको जात-जातका राज्य बनाउने भनि अभियान चलाइराखेको वेला तपाईंले किन विरोध गर्नुभएको ?”                          “जनताको वसोवास, जनजीवन, सामाजिक प्रकृया र जीवनशैलि हेर्नुभएको छ ? म  समाजशास्त्रको विद्यार्थी भएकोले नेपाली जनजीवनको अध्ययन गरेको छु। वल्लो घर गुरुङको छ, पल्लो घर नेवारको र सँगैको अर्को घर बाहुनको छ। बाहुनको छोरो गुरुङको ज्वाईं छभने नेवारको छोरो बाहुनको ज्वाईं छ। कुवा, पँधेरो एउटै छ, वनपाखो,जङ्गल र चरीचरन एउटै छ। ऐंचोपैंचो, भारापर्म र लेनदेन चलिरहेछ। चितवनको टाँडीमा चेपाङ र गुरुङहरु पाँडे वाजेकहाँ गएर तिथिमिति,साइत, घडीपला र ग्रहदशा हेराईरहेका भेटिन्छन्। बाहुनीहरु तामाङको घरमा गएर झारफुक गराइरहेको मकवानपुरका गाउँमा भेटिन्छन्। कोटहरुमा र मनकामनामा मगर पूजारी छ, मुक्तिनाथमा एकातिर झूमा वसेकी गुरुङनी पूजारी छभने अर्कोतिर बाहुन पूजारी छ। यसभित्र कस्सिएको सद्भाव लोभलाग्दो पाएँ। यी सामाजिक तन्तुहरु कति महत्वपूर्ण छन् भन्ने तिनीहरुले वुझ्दैनन्। त्यसैले, एउटा जातीविरुद्ध अर्को जातीलाइ सडकमा आउन आव्हान गर्छन्।” प्रोफेशरले लामै व्याख्या गरे। टीब्रेक पछि कार्यक्रम पुन शुरु हुन लागेको थियो। तैपनि हतार-हतारमा गणेशमान गुरुङले थप्न भ्याए, “तमुवान प्रदेश बनाउने भनिएको गण्डकी अञ्चलमा हामी गुरूङहरु १६प्रतिशत रहेछौं। ल भन्नुहोस् त, वस्तुनिष्ठ हुनुपर्दैन ? तथ्यहरु केलाउनुपर्दैन ?” कार्यक्रम शुरु भैसकेकोले प्रोफेशर ड्यासतिर लाग्नुभो। गणेशमान गुरुङसँग भेट्ने धेरै पहिलेदेखिको इच्छा पूरा भएकोले पत्रकारपनि सन्तुष्ट भएर बाटो लागे।
 
  

No comments:

Post a Comment