Friday, March 28, 2014
जग्गामाथि अधिकार
Roshan Shrestha "हजारजनाको समस्या समाधान हुने, एकजना मुर्ख आयो भन्दैमा राज्यले सबै काम बन्द गरेर बस्छ?" - म पनि पहिला यस्तै सोच्थें, तर जब नियम कानून पालना हुने देसहरु, राज्यले दादागिरी नगर्ने देशहरुमा त्यस्ता घटनाहरु आफैले देखे, मेरो सोच्ने ढंग फरक भयो ।
जापानमा रोकुजिजोबाट नारा जाने बाटो साह्रै साँघुरो र घुमाउरो छ । मलाइ अचम्म लाग्यो यति जाबो बाटो फराकिलो पार्ने यिनीहरुलाइ के ले छेकेको होला? भन्ने, र मैले यो कुरो त्यहाँका शहरीविकासयोजना पढाउने (म त्यो विषय पनि पढ्दै थिएँ त्यो ताका) प्रोफेसर सामु राखेँ । त्यसको जवाफ के थियो भने, त्यो बाटो विस्तार गर्ने योजना बिगत ५० वर्ष भन्दा लामो अवधि देखि बहस र पेण्डिङमा छ । ४-५ वटा परिवार, र त्यसमा पनि मुख्य १-परिवारले बाटोको लागि जग्गा छोड्न नमानेको हुँदा त्यो बाटो फराकिलो पार्न सकिएको छैन । त्यसमा पैसोको कुरो हैन कानूनको कुरोले रोेकेको अरे । कानूनअनुसार जनताको सम्पत्ति जनताको स्वीकृतिबेगर राज्यले कुनै पनि बहानामा हडप्न नपाइने । र त्यो बेला मैले ठ्याक्कै त्यहि भने कि "हजारजनाको समस्या समाधान हुने, एकजना मुर्ख आयो भन्दैमा राज्यले सबै काम बन्द गरेर बस्छ?" - प्रोफेसरको जवाफ थियो, कानूनले सबैलाइ समान देख्छ, को मुर्ख हो को हैन भनेर कानूनले छुट्याएर हेर्दैन । ए हे, एउटा कानूनि राज्यको नागरिक हुँदा यतिको शक्तिशाली होइने रहेछ भन्ने चेत खुल्यो । त्यसैले भनिन्छ नि -
१- Know what your rights are;
२- Know through what the laws your rights are secured and/or applied; and,
३- Know how to lawfully apply the same.
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment