Pages

Thursday, March 27, 2014

जनताले उठाएका प्रश्न जो अनुत्तरीत रहे।

विकास लकाई खँड्काजी र दीर्घराज प्रसाईजीको कमेण्टसहित नेपाली जनताले उठाएका चारवटा प्रश्न जो सधैं अनुत्तरीत रहे। (१) २०४७-०४८ सालतिर रानी ऐेश्वर्यले विदेशमा लुकाएको सम्पति (स्वीस बैंकमा राखेको धन) फिर्ता ल्याउनुपर्छ भनेर ब्यापक चर्चा र दबाबपनि थियो। (२) प्रचण्डले स्वीस बैंकमा १६ अरब रुपैयाँ जम्मा गरेको भनि ४ बर्षअघि भारतको दैनिक हिन्दुस्तानले समाचार प्रकाशित गरेको रहेछ। त्यो समाचारको कटीङ स्क्यानीङ गरेर म्याकाट नेपालका अध्यक्ष विकास लकाई खँड्काजी (मोवाइल नं ९८४३२२३४८९ \ ९८४३६१८६५८) ले पोहोर हाम्रो फेसबुकमा हालिदिनुभएको थियो। प्रचण्डले १६ अरब रुपैयाँ स्वीस बैंकमा जम्मा गरेको भनेर क्यानाडाको अखबारमा पनि प्रकाशित भएको रहेछ। (३) चन्द्रशमशेरले आफ्ना छोराहरुको लागि भारतको बिभिन्न वैंकमा त्यसबेला ४ करोड १० लाख ब्रिटिश पाउण्ड (त्यसबेलाको सुनको मूल्य अनुसार अहिले हिसाब गर्दा ४ खरब ५० करोड नेरू) जम्मा गरिदिएका थिए भनेर वसन्त लोहनीजीले भन्नुभयो। वसन्त लोहनीजी पहिले कान्तिपुरमा र अहिले दृष्टि (साप्ताहिक) लगायत बिभिन्न पत्रिकामा नियमित लेखिरहनुभएको छ। दृष्टि (साप्ताहिक)को स्तम्भलेखक हुनुहुन्छ। (४) बहिर्गमनका बेलामा राजा ज्ञानेन्द्रले हात्ती, बाघ, मृग, जरायो जस्ता जनावरका हड्डी, छाला तथा रुद्राक्ष लगायत वहुमूल्य सामानहरु लोड गरेको ४ ट्रक ओसारेको भनेर समाचार आएको थियो। सुनको ईंटाले भरिएको चारवटा बाकस अलग्गै जीपमा लोड गरी लगेको पनि सँगसँगै चर्चा थियो। त्यसरी भित्रभित्रै ओसारेको धनमध्ये ठूलो हिस्सा एकजना महिलासँग छ भनेर सुनाए। दैलेख जिल्ला, बालुवाटार गाविस, वडा नं २ बस्ने डिलबहादुर मल्ल ठकुरीकी छोरी ३७ बर्षकी नन्दा मल्लको जिम्मामा त्यो धन सुरक्षित छ भने। भनेमात्र हैन, सम्पति सुद्धिकरण बिभागमा २०७०. ०५. ०२ गते द.नं. २६० मा उजुरी नै दर्ता भएछ (एकजना भाइले उजुरीको फोटोकपी नै ल्याए)। नन्दा मल्लले जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट मिति २०५६. ०३. ०३ गते ३०४५ नम्बरको नागरिकता प्रमाणपत्र लिएकी रहिछन्। उजुरीमा उल्लेख भए अनुसार सामान्य आर्थिक हैसियत भएका परिवारकी छोरी नन्दा मल्ल अहिले बाङ्ग्लादेश राजदूतावास बसेको घर तथा त्यससँगैको दुइटा घर, चपली गाविस वडा नं ३ मा २३ रोपनी जग्गा, त्यो जग्गामा बनेको ६ वटा (सेण्ट जेभियर्स एकेडेमी इङ्ग्लीस स्कुल बसेको) घर तथा निर्माणाधीन ७ तले अर्को घर, टोयोटा कार, जीप र ल्याण्डक्रुजरकी मालिक्नी छिन् भनि उजुरीमा उल्लेख छ। नन्दा मल्लले ती सम्पति आफू, आफ्नो सहोदर भाइ र बहिनीको नाममा राखेको भनिएको छ। Bikash Lakai Khadka जीको कमेण्ट: "हो मैले त्यो कटिङ सार्वजनिक गरेको हो। त्यो बेला मैले प्रचण्ड लगायत आरोपित सँगउत्तर मागेको थिए , तर जनताको उत्तर दिने फुर्सद उनिहरूलाई भएन । आज पनि यो प्रश्न गरिरहेछु। जनता को प्रेसर निर्माण नगरि यो सवाल को जवाफ पाईदैन । यस्ता सवाल को जवाफ नखोजी नेपाल को उन्नतीसम्भव छैन।" -विकास लकाई खँड्का Dirgha Raj Prasai: "The editorial of the American newspaper News Blaze published in California had clarified on this issue and published an article by Halasi Bas. Assistant Manager of the Central Bank of Switzerland, Halasi Bas writes an impassioned article that Nepali people must take initiative to take the money deposited by Maoists. Yes! search Google “Maoists’ huge amount of money from Indian Banks to major Swiss Banks;< by Halasi Bas" -दीर्घराज प्रसाई

No comments:

Post a Comment