Pages

Saturday, June 11, 2016

परलोकमा अम्बर गुरुङको स्थान ।

पाँच बर्ष अघि हो। अम्बर गुरुङको देहावसान भएको थियो। एकजना भाइले जिज्ञाशा राखे -
 "अम्बर गुरुङ पनि गिरिजा कोइराला, सुशील कोइराला भएको ठाउँमा पुगेर उनीहरुसँगै होलान् हगि ?"  त्यो सुनेर अकिञ्चनले तुरुन्त हस्तक्षेप गर् यो; र भन्यो, "अम्बर गुरुङ त्यो पङ्क्तिमा हुँदैनन् । अम्बर गुरुङ त, गोपाल योञ्जन, गोपालप्रसाद रिमाल, भीमबहादुर तामाङ, पुष्पलाल श्रेष्ठ , गणेशमान सिंह श्रेष्ठ, लक्ष्मीप्रसाद देवकोटा, सिध्दिचरण श्रेष्ठ, जयपृथ्बीबहादुर सिंह, धर्मराज थापा, गोकुल जोशी, भानुभक्त आचार्य, पृथ्बीनारायण शाह, बहादुर शाह, भक्ति थापा, वलभद्र कुँवर, भीमसेन थापा, जङ्गबहादुर राणा, खड्गमान सिंह, टङ्कप्रसाद आचार्य, मदन भण्डारी, निर्मल लामा, मरिचमान सिंह श्रेष्ठ, हरिश्चन्द्र महतहरुको पङ्क्तिमा सँगै सधैं हुनुहुन्छ ।"
Ananda R Paudel

No comments:

Post a Comment