म आज विगततिर नगएर वर्तमानकै प्रसङ्गतिर जान उन्मुख भएको छु जसले मलाई निकै विचलित बनाएको छ।
मेरो भाइ सुरेशलाई निकै अपठ्यारो अनुभव भएपछि ऊ ओम नर्सिङ होममा आफै गएछ।त्यहाँ उसकी श्रीमती शान्ता नर्स छिन्।चेकअपपछि शिक्षण अस्पताल मनमोहन कार्डियाटिक सेण्टरमा लागियो।त्यहाँ मुटुमा जाने नलीमा अवरोध देखिएपछि यनजिओ प्लाष्ट अपरेशन पनि भयो।हिजो म उसलाई भेट्न त्यहाँ जाँदा सँगैको बेडमा मेरा एक अति निकट नातेदारकी सासूलाई राखिएको रहेछ।उनीलाई छातीमा निकै दुखेपछि जुवाइँचाहिंले उसको वाल्यकालदेखिको अति मिलेको साथीलाई (जो कि अहिले डाक्टर छ) देखाउन लगेछ।ती डाक्टरले सोझै यो त क्यान्सर हो, एकदम बढेको हालतमा छ,अब मायाँ मारे हुन्छ तै पनि किमो दिए निको हुन सक्छ भनेछन्।ती डाक्टरले दिने किमो पनि उनीले ल्याएकै दिनु पर्ने रहेछ।फेरि जुवाइँ चाहिंले मेरो भाइ महेशसित पनि सोधेछ।महेश र अर्का एक वरिष्ठ डाक्टरले समेत अहिल्यै किमो नदिएर अरू चेक अप गरौं भनेर चेक गर्दा बिरामीको छातीमा यौटा सामान्य ट्यूमर रहेछ।ट्यूमर चिरेर निकालियो र उनी अहिले स्वस्थ हुँदैछिन्।अझ रोचक कुरा त के भने एक जना प्रत्यक्षदर्शी मानिसका अनुसार उसले आफ्नै आँखाले देखेको ती डाक्टरले किमो भनेर नर्मल सेलाइन मात्र पनि दिंदा रहेछन्।
Ramesh Khakurel
No comments:
Post a Comment