Pages

Monday, June 13, 2016

June 6, 2012 तथा June 12, 2012 का दिन फेसबुकमा पोष्ट गरेको पुरानो स्टाटस ।


राजनीतिशास्त्रका प्रोफेशरलाइ छात्रले सोधे, "सर, सम्बिधानसभा त गयो, त्यस्ले छाडेका अवशेषहरु के-के देख्नुहुन्छ ? "
"असङ्गति र विरोधाभाशहरु धेरै देखें।" प्रोफेशरले भने।
"केही उदाहरणहरु दिनुहुन्छ कि ?"
प्रोफेशरले केही उदाहरणहरु प्रस्तुत गरे।
(१) पहाडमा जात-जातका राज्य बनाउने, तराईमाचाहीं 'एक मधेश एक प्रदेश' हुनुपर्ने।
(२) ९ जिल्लालाइ मिलाएर प्रान्त बनाइपाउँ भन्ने सुदूरपश्चिमवासी सङ्घीयताविरोधी हुने, तर 'एक मधेश एक प्रदेश' नभए देशै टुक्रयाइदिन्छु भन्ने तराईका नेताहरु सङ्घीयतावादी हुने।
(३) राज्य धर्मनिरपेक्ष भैसकेपछि पनि जातसापेक्षचाहीं भैरहनुपर्ने।
(४) वर्गसङ्घर्ष छाडेर जातीय र सम्प्रदायिक राजनीति गरेपनि कम्युनिष्ट पार्टी भैरहन पाउने।
प्रोफेशरले अरुपनि उदाहरण दिन खोज्दैथिए, छात्रहरुले "वुझ्यौं सर, यति उदाहरण नै काफि छ" भने।
Ananda R Paudel

No comments:

Post a Comment