Pages

Monday, June 13, 2016

अम्बर गुरुङ कुन पङ्क्तिमा ?

अभिनव साहित्य प्रतिष्ठान, जोरपाटीले प्रत्येक महिना अन्तिम शनिबार अपरान्ह २ वजे साहित्यभेला गर्छ । निम्तो पाएर नन्दरामपनि उक्त भेलामा सहभागी हुन २०७३.०२.२९ गते त्यता जाँदैथियो, प्रतिष्ठानबाहिर बसेका बिद्यार्थीहरुको बातचित सुनेर एकछिन तिनीहरुको छेउमा उभियो । "अम्बर गुरुङ पनि गिरिजा कोइराला, सुशील कोइराला भएको ठाउँमा पुगेर उनीहरुसँगै होलान् हगि ?" एउटाले भन्यो । त्यो सुनेर नन्दरामले तुरुन्त हस्तक्षेप गर् यो; र भन्यो, "अम्बर गुरुङ त्यो पङ्क्तिमा हुँदैनन् । अम्बर गुरुङ त, गोपाल योञ्जन, गोपालप्रसाद रिमाल, भीमबहादुर तामाङ, पुष्पलाल, गणेशमान सिंह श्रेष्ठ, लक्ष्मीप्रसाद देवकोटा, सिध्दिचरण श्रेष्ठ, जयपृथ्बीबहादुर सिंह, धर्मराज थापा, गोकुल जोशी, भानुभक्त आचार्य, पृथ्बीनारायण शाह, बहादुर शाह, भक्ति थापा, वलभद्र कुँवर, भीमसेन थापा, जङ्गबहादुर राणा, खड्गमान सिंह, टङ्कप्रसाद आचार्य, मदन भण्डारी, निर्मल लामा, महेन्द्र विक्रम शाह, वीरेन्द्र विक्रम शाह, मरिचमान श्रेष्ठ, हरिश्चन्द्र महतहरुको पङ्क्तिमा सँगै हुनुहुन्छ ।"
Ananda R Paudel

No comments:

Post a Comment