Pages

Tuesday, August 30, 2016

सन १९५० को शुरुमै नेपाली भूमिलाई जातिय युद्धमा परिणत गराउने योजना अमेरिकी गुप्तचर संस्था CIA का पुर्ब अधिकारी "जोन केनेथ न्याउस"ले आफ्नो
"अर्फान्स अफ द कोल्ड वार" नामक पुस्तकमार्फत खुलासा गरेका छन। न्याउस लेख्दछन, “नेपाल तिब्बतसहित क्षेत्रमा युद्ध लोभ र ब्यापारद्वारा मात्रै पकड राख्न सम्भव छैन । यसको लागि स्थानीय जातिलाई बिभाजित गर्नु पर्दछ” भन्ने आफैंले लेखेको काठमाडौं प्रतिवेदन सम्झन्छु। ७४ बर्षको उमेरमा म काठमाडौं जाँदा ...जातीय संघर्ष बिस्तार भएको छ, त्योपनि कम्युनिष्ट पार्टीमार्पत्। मैले के ठानें भने अब हाम्रा CIA का अधिकारीले नेपाललाई (ILO 169) राष्ट्रसंघमा प्रवेश गराउन सके हिमालय पर्वतमालालाई हाम्रो मुख्यालयले तताउनेछ।( साभार- बाइबल र माओवाद)
अमेरिकी CIA को सिनियर अफिसरले नेपालमा आजभन्दा १८ बर्ष अघि ठानेको जातीय बिभाजन ल्याउने master plan लाइ नेपालका कम्युनिष्ट पार्टीहरुले कार्यान्वयन गरिरहेछन्। आज हामीहरु पनि कोही किंरात, कोही नेवार, कोही मदिसे बनेर तँ तँ र म म गरेको, एउटा सानू पहाडी देशलाई डाँडैपिच्छे यो मेरो राज्य, उ त्यो तारे भिर चाहिँ तेरो राज्य, उ तल तिरको जति भैयाको राज्य भन्दै जुदामारी गरेको देखेर त्यो मरेर गैसकेको CIA को एजेण्ट पनि मृत्युलोक बाट यस्तो लडाइँ झगडाको दृश्य देखेर आफैं पेट मिचिमिची कम्ती हाँसेको छैन होला हगि ...?
Mohan Lama Rumba

No comments:

Post a Comment