Pages

Sunday, April 16, 2017

पश्चिमा जीवनशैलि।

युरोप, अमेरिका, क्यानाडा, अस्ट्रेलिया लगायत पश्चिमा देशहरुमा डिभोर्स भएपछि, यदि पुरुष गरीब छ भने त्यस्ले अर्की श्रीमति पाउन धेरै कठीन हुन्छ। केटीचाहीं गरीब नै भएनि तुरुन्तै लोग्ने भेट्छे। तेही भएर केटी हरु साँढे जस्तै भएका हुन्छन्। अझ एकल आमालाई त त्यो बच्चा सुनको फुल पार्ने कुखुरो जत्तिकै हुन्छ। प्रचुर सुविधा पाउँछे। त्यसैले त सास गन्हाएको निहुँ पारेर नि लोग्नेलाइ छाड्छे। दिल्ली साउथब्लकले उचालेका नेपालको तराईका कथित नेताहरुले सधैं अत्तो थाप्ने र निहुँ खोज्ने गरेजस्तै, त्यह...ाँका केटीहरुले पतिसँग निहुँ खोजिरहन्छन्। अझ कतिले त सुविधाको उपयोग गर्नकै लागि, "एकल आमा नै हो, बाउ नभएको" भनेर सुविधा खाएर बसेका हुन्छन्।
अब हाम्रो देशको स्थिति हेरौं। कर्णालीमा भनेको बेलामा किनेर खान पाउँदैनन्। आगलागिमा घर-गोठ स्वाहा भएर बेहाल भएका परिवारलाई १ हजार रुपैयाँ सहयोग गर्छ। सरकारको दायित्व नै छैन। राज्य र नागरिक वीचको अन्तर्सम्बन्ध नै कायम भएको छैन। नागरिकप्रति राज्यले जिम्मेवारीवोध नै गरेको छैन।

No comments:

Post a Comment