Pages

Thursday, August 3, 2017

कमल थापाको आत्मालाप।



थापाको आत्मालाप
-    आनन्दराम पौडेल

हेटौंडामा आयोजना गरिएको पार्टीभेलाको कार्यक्रम सकिएपछि सबैसँग विदावारी भएर कमल थापा बेडरुमतिर छिरे। पूरै दिन त्यही भेलामै केन्द्रित र व्यस्त रहनुपरेकोले होला, दिमागभरी त्यही भेलाका दृश्यहरु मात्र झल्झलि आइरहे। एक-एक दृश्य सम्झँदैगए। सम्झे, “राप्रपा सरकारमा सामेल हुन्छकि हुँदैन ? भन्ने धेरैको जिज्ञाशा थियो। राप्रपा सरकारमा सामेल हुने बिषय सम्विधान संशोधनसँग पनि प्रत्यक्ष जोडिएको छ। सम्विधान संशोधनको पक्षमा उभिनैपर्ने वाध्यता भयङ्कर छ। पार्टी आन्तरिक जीवनका कतिपय बिषयमा पशुपति शमशेरसँग मतभेद रहेपनि यो सम्विधान संशोधन बिषयमा उहाँको वाध्यता मेरोभन्दा अझै बढी छ। राजनीतिमा कतिपय बिषय यस्ता हुन्छन् जस्लाइ मुख फोरेर भन्न सकिन्न तर अन्सारले वुझिदिनुपर्छ। सम्विधान संशोधनको पक्षमा उभिनैपर्ने हाम्रो वाध्यता के हो ? किन वाध्य भैराखेका छौं ? यो मुख फोरेर आफैंले भन्नसकिने बिषय होइन। जव सम्विधान संशोधनकै पक्षमा उभिनुपर्ने भएपछि सरकारमा सामेल किन नहुने भन्ने स्वाभविक तर्क हो। त्यसैले, भेलामा सबैले यो जिज्ञाशा राख्नु स्वाभाविक हो। हामी अहिले सरकारमा सामेल हुननसकेको कारणभने बेग्लै छ। हाम्रा १२-१३ जना सांसद साँच्चैको खाँटी देशभक्त निस्के। राष्ट्रियताको नारा लगाउँदै दक्षिणावर्ति प्रभुसँग भित्रभित्रै साँठगाँठ बलियो बनाइराख्ने अभ्यासलाइ तिनीहरुले पटक्कै नरुचाएको देखियो। यो स्थिति वुझेकैले होला, सरकारमा सामेल हुने प्रसङ्ग निकाल्यो कि प्रचण्ड र शेरबहादुर देउवाजीले, ‘सैंतिसै जना सांसदहरु सम्विधान संशोधनको पक्षमा छन् भनेर हामीलाइ विश्वस्त पार्नुहोस्’ भनेर ‘ख’ गराउनथाले। सरकारमा जाने बिषय यहीं नै अड्क्यो। १ महिनाअघि सम्पन्न पार्टीको राष्ट्रिय भेलालाइ पशुपति शमशेरले बहिस्कार गरेको बिषयमा पनि धेरैले कौतुहल राखेको देखें। पार्टी केन्द्रीय कमिटीका सदस्यहरुमध्ये ४० प्रतिशतलाइ मिलाएर पशुपति शमशेले पार्टी फोड्न भित्रभित्रै तैयारी पूरा गरिसकेका रहेछन्। जब त्यो सुईंको पाएँ, तब हतार-हतार गरेर, आफ्नै नजिककालाइ केन्द्रीय कमिटीमा मनोनयन गरिदिएँ। उनको भव्य योजना सिसा फुटेझैं झरामझुरुम् भयो। उनी रन्थनिए। आफैं रनाहामा परेर उनी राष्ट्रिय भेलामा आउन सकेनन्।”
        “पार्टीको केन्द्रीय कार्यालयभवनकै बिषयमा पनि कसै-कसैले चासो राखे। पार्टीको कार्यालयभवन बनाउनका लागि दिलविकास राजभण्डारीले जग्गा उपलब्ध गराएर भवन निर्माणमा समेत् आर्थिक सहयोग गरेका हुन्। ‘त्यो जग्गाको समेत् मूल्याङ्कन गरी रकम पाउँ’ भनेर दबाब दिईरहेछन्। सबै हिसाब गर्ने होभने रु ४ करोड भन्दा बढी हुनआउँछ। त्यत्रो रकम कहाँबाट जुटाउनु ? कति कराउँदोरहेछ, कराओस् भनेर वास्ताब्यस्ता गर्न छाडिदिएको छु।”
   “पार्टीको भविष्यचाहीं सबैको साझा चासो र चिन्ताको बिषय थियो। वास्तविक यथार्थ त गएका २ चरणका निर्वाचनमै छ्याङ्गै भैसकेकै छ। २०७०को निर्वाचनमा राप्रपा नेपालले पाएका भोट ‘हिन्दु राष्ट्र’ एजेण्डाको लागि थियो। पार्टी एकीकरणपश्चात् त्यो एजेण्डालाइ पनि कुनातिर थन्क्याइएको छ। त्यो एजेण्डालाइ पाखा लाएपछि हामीसँग विशेष मुद्दा बाँकि रहेन। लक्ष, उद्देश्य, मिशन र एजेण्डा नभएका पार्टीलाइ जनताले किन भोट हाल्ने ? समस्या जटील छन्, तैपनि केही बर्ष अझै भ्रममा अल्मल्याउन सकिने छ।”
   यो टुङ्गोमा पुगेपछि ढुक्कको सास फेरे। निन्द्राले छोपिसकेकोले लुत्रुक्क सुते।
हेटौंडा-११, नवलपुर। paudelanandaram@gmail.com

No comments:

Post a Comment