Pages

Wednesday, August 2, 2017

पनामा पेपर्सको नेपालमा उल्टो प्रभाव।

जुन 'पनामा पेपर्स' अहिले चर्चामा छ, त्यो 'इण्टर्नेशनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिष्ट्स' (आइसिआइजे) संस्थामा आवध्द खोजी पत्रकारहरुको अथक प्रयत्नको नतिजा हो। त्यो प्रकाशनले यति भयङ्कर प्रभाव पार्छ। नेपालमा पनि खोज पत्रकारिता केन्द्र छ। राज्यकोषबाट भित्रभित्रै लुटेर सुरक्षित तवरले थन्क्याएका, नीतिगत तवरबाटै राष्ट्रिय भ्रष्टाचार गरी लुकाएका, दबाएका, छिपाएका राष्ट्रभक्षणका तमाम काला कर्तुतहरुको पर्दाफास यो केन्द्रले गर्दैआएको छ। तर,खोज पत्रकारिता केन्द्रका प्रकाशनहरुलाइ यहाँ कसैले पनि वास्ता गर्दैन। त्यतिमात्र कहाँ हो र ? त्यो खोज पत्रकारिता केन्द्रका प्रकाशनहरुको आधारमा समाचार विश्लेषण गर्नेहरुलाइ उल्टो लखेटेको समेत् देखियो। होनहार पत्रकार भगवान खँड्का लगायत मिहेनति पत्रकारहरुलाइ हतोत्साहित गर्न उल्टै उनीहरुलाइ "जासुस, सिआइडी, गुप्तचर" को लाञ्छना लगाएर खेदो नै गरियो। "जासुस, सिआइडी, गुप्तचर" नभएकोभए यी भित्री कुरा कसरी थाहा पायो ?  भनेर उल्टो हल्ला व्यापक फिंजाइयो। होनहार पत्रकारहरुलाइ ड्यामेज नै गरियो।

No comments:

Post a Comment