Pages

Wednesday, August 30, 2017

अङ्ग्रेजले फिर्ता गर्नखोजेको भूभाग।



हामीभन्दा प्रवासी नेपालीहरु आफ्नो भाषा, भेष, संस्कृति र नेपाल देशप्रति अगाध स्नेह राख्थे। भारत प्रवासमा बस्दा राजा त्रिभुवनले नेपाललाइ भारतमै विलय गराउन नेहरु र पटेलसँग पटक-पटक प्रस्ताव राखेको कुरा शिवकुमार राईले मलाइ सुनाउनुभयो। उहाँले भन्नुभयो, “तपाईंका राजाले नेपालको सार्वभौमिकता सुम्पनेभए। त्योभन्दा त मोहनशमशेरले नाबालक ज्ञानेन्द्रलाइ श्री ५ बनाएर राष्ट्र त बचाए। त्रिभुवनले प्रस्ताव गरेअनुसार नेपाल भारतमा विलय भएकोभए सारा दार्जिलिङ, खर्साङ र कालिम्पोङ्का नेपालीहरु भारतको विरोधमा लड्नेथिए। त्यसबेला शिवकुमार राईले भनेको अर्को झन् ऐतिहासिक महत्वको कुरो म कहिल्यै बिर्सन सक्दिन। उनले भनेका थिए, ‘अङ्ग्रेजले भारत छाड्ने निश्चय गरेपछि नेपालका प्रधानमन्त्रीसमक्ष एउटा गोप्य प्रस्ताव राखेका थिए। सुगौलीसन्धी पूर्वको नेपालको भूभाग सम्पूर्ण त फर्काउन सक्दैनौं, तर नेपाली बसोबास भएको दार्जिलिङ, खर्साङ र कालिम्पोङ लगायतका भूभाग फर्काइदिन्छौं। समुन्द्रको पहूँचका लागि पूर्वी बङ्गालको केही भागसमेत् गाभेर बङ्गालको चतागङ्गड बन्दरगाहसम्म पुग्ने भूभागसमेत् मिलाइदिन्छौं। त्यस्तै, पश्चिम नेपालमा गढवाल, देहरादून र सिमला क्षेत्र फिर्ता दिन तैयार छौं। यो वृहत् नेपाल अधिराज्यको सुरक्षाव्यबस्था समेत् पूरा मिलाउँने छौं भनेर प्रस्ताव राखे। तर, राणाहरुले आँटै गरेनन्।”  तेजबहादुर प्रसाईंले भन्नुभयो।
(झापाका पूर्णप्रसाद प्रसाईंका छोरा श्री तेजबहादुर प्रसाईंजी, बिद्यार्थीकालमा नेपाली काङ्ग्रेसको नेता हुनुहुन्थ्यो। पछि निजामति सेवामा आउनुभयो। बडाहाकिम, अञ्चलाधीश, सचिव हुनुभयो। हाल- कुपण्डोल,ललितपुरमा बस्नुहुन्छ।)

No comments:

Post a Comment