बैतडीको
दशरथ चन्द नगरपालिका–बाडीलेककी
पुर्वलडाकु भगवती सार्कीले तत्कालीन माओवादी सेनाको लोकेश स्मृति ब्रिगेड ७ औँ
डिभिजनमा रहेर धेरै बर्ष सशस्त्र विद्रोहमा लागिन्। २०६४ पछि अहिले घरगाउँमै
बनिबुतो गरेर गुजारा गरिरहेकी रहिछन्।
भगवती
साँझ बिहानको छाक टार्न कहिले गिट्टी कुटिरहेकी हुन्छिन् त कहिले सडक सफा गरिरहेकी
हुन्छिन् । घरव्यवहार चलाउन गाह्रो भएपछि भगवतीका श्रीमान रोजगारीका लागि भारत पसे
।
भगवतीले
आफ्नो पीडा यसरी पोखिन्, ‘अन्य
लडाकुले त रकम पाएछन् र सीपमुलक तालिम पनि पाएछन्, तर मैले केही पाइनँ ।’ ‘जनयुध्द सकिएपछि मलाइ विदा गर्नेबेलामा मेरा सबै कागजपत्र कमान्डरले राखेर
केही पाइने भए खबर गरौंला भनेका थिए, तर
त्यस्पछि कहिल्यै कुनै खबर आएन।’
‘स्कुलको
पोशाक किन्न पैसा नहुँदा छोरीलाई सरकारी स्कुलमा समेत् पठाउन सकेको छैन’ उनले
बताइन् । ‘साँझबिहान चामल किन्ने पैसाको
जोहो गर्नै धौ धौ पर्छ, कसरी
छोरीलाई स्कुल ड्रेस किन्नु’ निन्याउरो मुख लाउँदै उनले भनिन्
।
‘शान्ति
प्रक्रियापछि नेताहरूले घरघडेरी जोडेको, कतिपयले सातपुस्तालाइ पुग्ने सम्पत्ति बन्दोबस्त
गरेको आफूसँगैका साथी अहिले नेता,मन्त्री
भएर कार चढेर हिंडेको तर हामीहरुचाहीं यो हरितन्नम दरिद्र हालतमा रहनुपरेको छ।’ खूई......य सुस्केरा हाल्दै लामो सास तानेर
भगवतीले यत्ति भनिन्।
Saturday, January 20, 2018
No comments:
Post a Comment