२ फरबरी १८३५ का दिन लर्ड मेकाले (lord-Thomas Babington Macaulay ) ले बेलायतको संसदमा प्रस्ताव राख्दै प्रस्तावको पक्षमा बोले , "मैले भारतवर्षमा सर्वत्र चाहार्दा पनि ढाँट, छल र बेइमानी गर्ने भारतीय भेटिन। त्यहाँका मान्छेको कस्तो उच्च नैतिकता ! कस्तो महान चरित्र !
त्यहाँको कस्तो उन्नत चेतना ! ओहो ! मलाई त के लाग्यो भने, त्यहाँको आध्यात्मिक र सांस्कृतिक चेतना, त्यहाँको मूल्य-परम्परा अनि प्राचीन शिक्षाप्रणालीलाई हटाएर त्यसका ठाउँमा हाम्रो स्थापित गर्न सकेनौं भने, मरी गए, हामी त्यस देशलाई जित्न र त्यहाँ दिगो शासन गर्न सक्तैनौँ।
सभ्यता, संस्कृति र चेतनाको हिसाबले भारतीयभन्दा बेलायतीहरु नै उन्नत र अगाडी छन् भनेर तिनीहरुको मस्तिष्कमा गहिरो प्रभाव जमाउनैपर्छ। त्यति गरेपछि मात्रै बल्ल भारतीयहरुलाई जे-जे बेलायती र विदेशी हो, त्यो नै हाम्रोभन्दा उन्नत हो भन्ने पर्छ। त्यति भएपछि तिनीहरुले आत्मसम्मान र जातीय संस्कृति गुमाउँछन्, अनि मात्र हामी पराजित राज्यका नागरिकलाई झैँ तिनीहरुलाई हामीले जे भन्यो त्यही मान्ने बनाउन सक्छौँ।”
lord-Thomas Babington Macaulay
No comments:
Post a Comment