Pages

Sunday, May 13, 2018

भारतकै ग्राण्ड डिजाइनमा यत्रो अत्याचार !





भारतकै ग्राण्ड डिजाइनमा यत्रो अत्याचार !
अमेरिका-नेपाल सोसाइटीको प्रकाशन आवाज , सेप्टेम्बर २००५, अङ्क २ मा कृष्ण कँडेलजीले लेख्नुभएको रहेछ,  "नेपाली भाषी भुटानीहरु आठौं शताब्दीदेखि नै भुटानमा छन्। औलो लाग्ने दक्षिण भुटानमा नेपाली भाषी भुटानीहरुले खोरिया फाँडे। सुन्तला बगान, अलैंची बगान लगाए। कृषिक्रान्ति ल्याए। जकि, वर्तमान भुटानी राजाको ईतिहास पाँच पुस्ता मात्रै छ। भुटानी राजाको खलक चार पुस्ताअघि तिब्बतबाट भुटान प्रवेश गरेका हुन् र अहिलेका राजा पाँचौं पुस्ताका हुन्। भारतको ग्राण्डडिजाइन मुताविक षडयन्त्रपुर्वक उनीहरुलाइ लखेट्ने काम भएको छ। 'देश छाड्नासाथ नागरिकता समाप्त हुने'  भनेर विश्वमा कहीं नभएको ऐन, नियम बनाइएको छ। भुटानका राजाले त नेपाली भाषी भुटानीलाइ भारतमा ल्याएर छाडेको हो, तर ट्रकमा कोचेर नेपालमा अपलोड गर्ने काम त भारत सरकारले नै गरेको हो।”
-कृष्ण कँडेल \ एम्नेष्टी इण्टर्नेशनल, नेपाल च्याप्टरका संस्थापक \ हालः मानव अधिकार तथा शान्ति समाज।

No comments:

Post a Comment