शब्दको ओज
-आनन्दराम पौडेल
बाहिर चीसो
स्याँठमा
कक्र्याककुक्रुक्
कामिरहेका ओठले लगाएका
ईन्कलाबका नारा रन्कीलो र
जोशीलो थियो ।
न्यानो
कोठाभित्र सुकीलामुकीलाहरुले
खासखुस गर्दै
ओकलेका
ह्वास्स दाउपेच
गन्हाएका
लच्छेदार
शब्दहरु प्राणहीन थिए।
दुबै दृश्य
हेरेका नन्दरामले सोचे –
ठण्डीले, भोकले र अभावले नमर्नेरहेछन् शब्द
आत्महीनताले
निस्तेज हुनेरहेछन्।
No comments:
Post a Comment