युरोप, अमेरिकामा यो देखियो -
यो अमेरीकामा त नारीलाई बाँच्न निकै सजिलो रैछ ! एउटासँग बिहे गर्यो ! २/४ बच्चा भए पछी डिभोर्स दियो ! छोडेको लोग्नेले बच्चालाई ६/७ सयका दरले पैसा दिहाल्दो रैछ, नदिए पुलीस लगाएर थुनिदियो !! आफु त्यही पैसाले मोज गर्यो, नयाँ नयाँ केटासँग घुम्यो !! बिचरा पहिलाको पतीदेवले चाहीं मरी-मरी काम गर्यो पैसा भर्यो !! त्यही हावाले नेपाली नारीलाई पनि छोएको देखीयो यदाकदा !!
बिचल्ली त बच्चाहरुकै हुने ! बाउसँग जान आमाले नदिने, बच्चा बाउसँग गए पैसा पाईन्न भनेर। आमासँग बस्यो न खानको ठेगान, न बस्नको तरीका !! एउटा आईस्क्रीम किनेर आमा र आमाको ब्वाईफ्रण्ड पालै पलो चाट्ने, केटाकेटीले उनिहरुको मुख हेर्यो, थुक निल्यो !! मेरो मन पो कटक्क खायो ! कसरी सकेको के बच्चालाई देखाएर खान ! मेरो त मनले मान्दैन !!
- सुबिसुधा आचार्य
Boz Raj: बेलायत र युरोपमा पनि त्यस्तै हो! अझै धेरै आर्जन गर्ने लोग्ने छ भने त उसले आम्दानीको निश्चित प्रतिशत श्रीमती लाइ बुझाउन पर्छ छोरा छोरीको लागि भन्दै! अनि श्रीमती ले त्यो पैसा ले मस्ती गरेर, नाठा साथा पालेर उल्टै छोरा छोरी बाबुले पालेन मागेर खाएकी छु भन्दै हिंड्न पनि मिल्छ, पैसा पुगेन भनेर लोग्नेलाई मुद्धा दिन पनि मिल्छ यदि उसले त्यो भन्दा झन् बढी कमाउँदै गयो भने! महिला ले आँसु चुहाएर ढाटे पछि अरु लाइ पत्याउन कर लाग्छ, नियम कानून कस्तो छ भन्ने कुरा धेरै लाइ थाहै हुन्न!
No comments:
Post a Comment