शब्दको ओज
-आनन्दराम पौडेल
बाहिर चीसो स्याँठमा
कक्र्याककुक्रुक् कामिरहेका ओठले लगाएका
ईन्कलाबका नारा
रन्कीलो र जोशीलो थियो ।
न्यानो कोठाभित्र
सुकीलामुकीलाहरुले खासखुस गर्दै ओकलेका
ह्वास्स दाउपेच गन्हाएका
लच्छेदार शब्दहरु
प्राणहीन थिए।
दुबै दृश्य हेरेका नन्दरामले सोचे
-
ठण्डीले, भोकले र अभावले
नमर्नेरहेछन् शब्द
आत्महीनताले निस्तेज हुनेरहेछन्।
No comments:
Post a Comment