Pages

Tuesday, November 27, 2018

मित्रमण्डलीसँग यो अकिञ्चन ।


मित्रमण्डलीसँग यो अकिञ्चन ।
-आनन्दराम पौडेल \ हेटौंडा-११


पुरानोबानेश्वर चोक, कुमारीकम्प्लेक्सनजिक क्याफेअगाडी बेलुका ४.३० बजेतिर मित्रमण्डली दिनदिनै जम्माहुने गर्छन्। काठमाडौंमा हुँदा यो अकिञ्चनपनि पुग्छ। गएको हप्ताको दैनिक भेटघाटमा यस्ता बिषयहरु उठेका थिए -


"हाम्रो लोकल मालभोग केरा जत्तिको स्वादिष्ट केरा विश्वमै कहीं पाइएको छैन। ऐंसेलु र काफल पनि जताततै पाईंदैन। हाम्रो लोक्ता लगेर जापानले नोट छाप्छ। कस्तुरी मृगको फार्मिङ बढाएर कस्तुरी उत्पादन ब्यापक गर्न सकिन्छ। यार्सागुम्बाको कल्चर गर्नेतर्फ सोच्नसकिन्छ। कालीगण्डकीमा बाहेक विश्वब्रम्हाण्डमा अन्यत्र कहीं, कतैपनि शालिग्राम पाईंदैन; तर मुस्ताङतिर त्यही शालिग्राम केटाकेटीले फोरिरहेका हुन्छन्।”  बिज्ञानका प्रोफेशरले भने।

"नोबेल पुरस्कारबाट सम्मानित अब्दुस सलामले सन १९८९ मा 'नेपालमा अन्तर्राष्ट्रिय उच्च प्रविधिकेन्द्र स्थापना गर्ने योजना' को घोषणा गरे। उनले यो घोषणा गर्नासाथ नेपालका स्वनामधन्य बैज्ञानिकहरुले (राजनीति गर्ने बैज्ञानिकहरुले) यो योजनाको विरुध्द प्रपञ्च रच्न थालिहाले र हुन दिएनन्।"  बिज्ञानका प्रोफेशरले भने।  

"पश्चिमबङ्गालको कलकत्ता मेडिकल कलेज र आरजी कर कलेजमा एमबीबीएस पढ्यौं। मासिक शुल्क अहिले बढेर १२ शय भएछ। अहिलेपनि होस्टल शुल्क मासिक २०रुपैञा र भर्नाशुल्क १६ शय छ। रु १ लाखमा एमबीबीएस सकिन्छ। इण्टर्नशिप निशुल्क छ।"  त्यहीं अध्ययन सकेर फर्केका श्रृतीक देवकोटा, कपिल दवाडी, सन्तोष उपाध्यायले भने।

मेरो आफ्नै जीवनकालमा दलितसँग गर्ने ब्यवहारमा अकल्पनीय परिवर्तन आएको छ। बैशाख ७गते जिल्लाकै कहलिएका पुरोहित, ७१बर्षीय पण्डित लीलाधर वाग्लेसहित गाउँसमाजका पण्डित, पुरोहितहरुसँग साथसाथै बसेर भोजन गर्यौं। प्रकाश परियार भान्छे थिए।" बेंसीशहर-२, नरुवालका परियार भाइले भने।

"गोरखामा नल्याङबञ्झ्याङ छेकम्पार चुम्चेत सिर्दीबास माछाखोला बारपाक सडक निर्माण गर्नथालेको ७ बर्ष त भयो। ७ बर्षमा तीन प्रतिशत काम त सम्पन्न नै भएको छ। यति भएपनि काम त भएको छ नि ? कामै भएन भन्छन् !"  योजनाप्रमुख अमृतमणि रिमालले यसरि ब्रिफिङ गरेको भनेर यहाँ सुनाउँदै थिए।

जनताले रोलमोडेल नै ठानेर आशा र भरोसा राखेका असल ब्यक्तित्वले नै गलतलाइ गलत नभनिदिएर मौन रहिदिंदा यो मौनता राष्ट्र र समाजको लागि सबैभन्दा घातक हुन्छ भन्थे आइरिस राजनीतिज्ञ एडमन्ड बर्क। उनी भन्थे, "दुष्टहरूको विजयका निम्ति एउटै चिज आवश्यक हुन्छ उनीहरुको ताण्डव चलिरहँदा असल मान्छेहरूले टुलुटुलु हेरिबस्नु, मौन रहनु।"
     पुरानोबानेश्वर चोक, कुमारीचोकमा दिनदिनै साँझअघि भेलाहुने मित्रमण्डलीबीच अक्सर भैरहने यस्ता बार्ता र उठाइने उपरोक्त बिषयहरु के हाम्रो आफ्नै जीवनको लागि, समाजको लागि र राष्ट्रको लागि उपयोगि छ त ? यो अकिञ्चनको प्रश्न यहाँहरुसँग ।
मङ्गलवार, नोभेम्बर 27, 2018



No comments:

Post a Comment