Pages

Friday, December 28, 2018

"क्रिस्चीयन विद्रोहदेखि दुल्लु विद्रोहसम्म !!"


Mohan Lama Rumba ले खोज,अध्ययन र अनुसन्धान गरि निकालेको निस्कर्ष – ‘क्रिश्चीयन मिशनरीको कमाण्डर क प्रचण्ड !!’
🚩🚩🚩🚩🚩
"क्रिस्चीयन विद्रोहदेखि दुल्लु विद्रोहसम्म !!"
अहिले मुनको रक्सी सेवन काण्डमा नेता माधवकुमार नेपाल र प्रधानमन्त्री खड्ग ओली नेपाली जनताको अगाडी सर्वाङ्ग नाङ्गो हुनपुग्यो। तर नेपालमा इसाईकरणको मुख्य योजनाकारको कमान्डर जो नाङ्गिनुपर्थ्यो ती चाहीं बाहिर नै थिए; नाङ्गिन पाएन !
    अमेरिकाको एउटा गैरसरकारी संस्था ‘USD ले सन् २००३ मा माओवादी जनयुद्ध सम्बन्धि गोप्य रूपमा एउटा विस्तृत प्रतिवेदन तयार गरि नेपालमा माओवादी जनयुद्धको अनुसन्धान गरि पठाएको रिपोर्टमा ३ वटा कारण उल्लेख गरेको थियो ती तीन कारणमध्ये एउटा कारण क्रिस्चीयन विद्रोहसँग जोडिएको थियो।
इतिहास अलिकता पुरानै थियो
पूर्वी रुकुमको एउटा केन्द्र थियो तकसेरा। बिक्रम संवत् २०२५ सालमा नेपाल सरकारको अनुमति लिएर त्रिभुवन विश्वविद्यालयमार्फत् समर इन्स्टिच्युट अफ लिङ्ग्विस्टिक्स (सिल) ले नेपालका भाषा र भाषिकाहरुको वर्गीकरण गर्ने सम्झौतामा हस्ताक्षर भयो। भाषाको आवरण दिएपनि यो संस्था आदिवासी भाषाहरुमा बाइबललाई अनुवाद गर्ने एउटा मिसनरी संस्था थियो। सिलका परियोजना निर्देशक डा. डेभिड वाटर्स मुस्ताङको जोमसोम हुँदै तकसेरा र पूर्वी रुकुमका अन्य गाविसहरुमा पुगे। त्यहाँ उनले खाम मगर भाषाको अध्ययन मात्रै गरेनन्, उनी र उनको परिवार त्यहीं घर बनाएरै बस्न थाले। डा.वाटर्सले बाइबललाई खाम भाषामा अनुवाद गरे। यसैबीच सरकारसँग सम्झौताको अवधि सकियो र वाटर्स परिवारले तकसेरा छाडे। उनले गाउँ छाडेपनि उनले त्यहाँ बसुन्जेलमा थुप्रै खाम मगरहरुलाइ क्रिस्चीयन बनाइसकेका थिए जिल्लाको सदरमुकाम मुसिकोटमा यो खबर पुग्यो। विश्वको एकमात्र हिन्दु अधिराज्यमा धर्म परिवर्तनको अभियान गैरकानुनी थियो। पूर्वी रुकुमका मगरहरुलाइ व्यापक तवरले धर्म परिवर्तन गराइरहेको खबर पाएपछि प्रमुख जिल्ला अधिकारीले अनुसन्धान गर्नलगाए। तथ्य-प्रमाणहरुले छर्लङ्ग भएपछि स्थानीय क्रिश्चियन नेताहरुलाई पक्राउ गर्ने आदेश दिइयो। नौ जनाले आफूले क्रिश्चियन धर्म परिवर्तन गरेको स्वीकार गरे। अरुलाई धर्म परिवर्तन गर्न लगाएको आरोपबाट भने उनीहरुले सफाइ पाए पक्राउ परेका यी नौ जना क्रिश्चियन नेतामध्ये एकजना अहिले माओवादी पार्टीभित्र भएको प्रतिवेदनमा उल्लेख गरेको छ तिनीहरुले नै ०३९ सालतिर गाउँमा एउटा पानीबाट चल्ने स-मिल खोलेका थिए मिल दुई तले थियो मिलको चोटामा क्रीस्चियनहरु भेला हुने र भजन हुनेगर्थ्यो। २०४० सालमा प्रहरी गाउँमा पुग्दा गाउँलेहरुले प्रहरीलाई समाएर जुँगा उखेल्ने, कालोमोसो दल्ने तथा बर्दी च्यातेर र पिटपाट गरेर गाउँमा घुमाएको थियो । यही घटनालाई प्रतिवेदनमा क्रिस्चीयन विद्रोह भनेर "USD" ले उल्लेख गरेको हो। यिनै तथाकथित क्रिस्चीयन विद्रोह र माओवादी विद्रोहको साँठगाँठबाट जन्मनपुग्यो दुल्लु विद्रोह।
दुल्लु विद्रोह !!
म एकपटक सदरमुकाम भरतपुर गएको थिएँ २०६१ सालतिर होला। जिल्ला प्रशासन कार्यालयअगाडीतिर सात-आठ ओटा बसमा एउटा विदेशी गैरसरकारी संस्थाले चितवन जिल्लाको दूर्गम पहाडी इलाकाबाट गाउँलेहरु ओसारेर ल्याएको रहेछ नागरिकता बनाउन। म अचम्ममा परें ! कसरी ल्यायोहोला माओवादी आधार इलाकाका मान्छेहरु सदरमुकाममा ?  त्यो दूर्गम इलाकामा माओवादी बाहेकका कोही मान्छे छिर्नै सक्दैनथियो। तर, विदेशी क्रिस्चियन मिसनरीहरु भने खुलेयाम चर्च बनाउँदै मान्छे भेला गर्दै हिंड्थ्यो ! बल्ल अहिले आएर बुझ्दै छु "कनेक्सन" कसरी फिट हुने रहेछ भनेर !!
यही माओवादी क्रिस्चियन "कनेक्सन" पछि शुरु भयो नेपालमा संस्कृत पढाएको निहुँमा शिक्षकको हत्या हुने घटनादेखि संस्कृत बिद्यालयमा बमविस्फोट सम्म । पुराण लगाएको ठाउँमा पण्डितको हत्यादेखि बाहुनको घरमा गोरुको मासु पकाउन लगाएको घटनासम्म भए। हुँदाहुँदा गाउँमा काजकिरिया गर्न नदिने, दशैं-तिहार मान्न नदिने, घरमा राखेको जमरा उखेलेर फाल्ने, बाहुनको टुपी उखेल्ने सम्म गरे।
अति भएपछि दैलेख जिल्लामा पहिलोपटक दुल्लुवासीले विद्रोह गरे। त्यो विद्रोह जनस्तरमा बढ्दै, वरपरका १३ गाविसमा फैलिएर नौमुलेसम्म पुग्यो। त्यहाँ पुगेको तत्कालीन माओवादी केन्द्रीय नेता खड्गबहादुर विश्वकर्मालाई मरणासन्न हुनेगरि गाउँलेले कुटे ! माओवादीले आफूहरुको विरुद्ध महिलाहरुलाई उचालेर विद्रोह गराएको भन्दै एमाले समर्थित खड्गबहादुर खड्कालाई माओवादी कार्यकर्ताले हत्या नै गरे। तर विद्रोह झन् फैलिंदै जानथालेपछि माओवादीको हेडक्वार्टर सम्म हलचल मच्चियो । त्यसपछि माओवादी पछाडी हट्यो "एक स्टेप डाउन" रणनीति चाल्दै । स्थानीय जनताको मन जित्न दुल्लु-पीपलघारी सडक खन्ने काम पनि गर्यो केही जिल्लास्तरका नेताको एक तह पद पनि घटुवा गरे। तत्कालीन जिल्ला एमाओवादी उपाध्यक्ष नयाराम थापा भन्छन्, "जनसत्ताको अतिशय उग्र प्रयोगका कारण समस्या आयो। दशैं-तिहार मनाउन नदिने, जमरा उखेल्ने, काजकिरिया गर्न नदिने, टुप्पी काटिदिनेजस्ता काम भए । त्यसबाट जनआक्रोश बढ्यो । कान्तिपुर फाल्गुन २५, २०७१.
दशैं-तिहार मान्न नदिनु, आमाबाबुको किरिया गर्न नदिनु, टुपी उखेल्नु संस्कृत पाठशाला ध्वस्त पार्नु, यो कुनै तल्लो तहको कार्यकर्ताको निर्णय नै होइन।
    यी सनातनी मौलिक धर्म संस्कृति परम्पराले माओवादी युद्धलाई तगारो लगाएको थिएन। निहीत उद्देश्य अर्कै थियो। निर्देशन अन्तै बाट थियो। अत: यी सबै माथिल्लो कमान्डरको गोप्य आदेश तल्लो तहले पालना गरेको मात्रै थियो। किनकि माथिल्लो ओहदाको "कनेक्सन" अन्तै भएपछि अन्तैबाट दिएको आदेशलाई माओवादीको खोल हालिएको मात्रै थियो - ती गाई,गोरु काट्ने देखि टुपी उखेल्ने हर्कतहरु सम्म !!

   अमेरिकी गैरसरकारी संस्था USD ले तयार गरेको प्रतिवेदनमा माओवादी द्वन्दमा क्रिस्चीयन विद्रोहसँग जोडिएको पात्र पनि छ भनेर ‘कनेक्सन’ भएको रिपोर्टिङ तयार पार्नु निहीत उद्देश्य थियो भनेर भारतीय लेखक राजीव माल्होत्रको नेपालमा माओवादी इसाई सँठगाँठको खुलासा गरेको ‘ब्रेकिङ इन्डिया’ नामक पुस्तकमा उल्लेखित तथ्यले देखाउँछ। क्रिश्चीयन मिशनरीको खसोखास नायक क प्रचण्ड नै हुन् । माधवकुमार नेपाल, खड्ग ओली, शेरबहादुर देउवा, कृष्ण सिटौला, बिमलेन्द्र निधि त प्रचण्डले छोडेको टपरीमा उप्रे-पाप्रेको जुठोपुरो सोहोर्ने मात्रै हुन् !
   अत: मुलुकमा फ़ेरि सचेत नागरिकहरुबाट एकपटक दुल्लु विद्रोह नजन्मेसम्म यहाँको धर्म,संस्कृति,सभ्यता माथि यस्तै छद्मभेषीहरुबाट चिथोर्ने, लुछ्ने, कोपर्ने काम निरन्तर भैरहने छ; कुनै शङ्का छैन ।
- Mohan Lama Rumba.
Top of Form
Bottom of Form




No comments:

Post a Comment