क्रीप्टो
क्रीस्चियन ! भाग २
-----------------------------
भारतको दलित
जातिको तर्फबाट पहिलो पूर्व राष्ट्रपति KR नारायणको मृत्यु भयो। उनको मृत्यु
पश्चात् राजघाटमा हिन्दु परम्परा अनुसारको चीता बनाउन कर्मचारीहरु जुटे ! तर घर परिवार
बाट खबर आयो, उहाँ त क्रीस्चियन धर्मावलम्बी हो क्रीस्चियनको कब्रीस्तानमा लगेर
गाड्ने हो भनेर लगेर गाडे। सबै हिन्दु जिल्लाराम !
अहिले पनि
गूगलमा हेर्नु उनको विकिपिडियामा KR नारायणको धर्मको महलमा "हिन्दु" नै
लेखिएको छ।
जीवनभर
हिन्दुको आवरणमा बसे। मन्दिर-मन्दिर ढोग्दै हिंडे। दलितको कोटामा दुबै हातमा लड्डु
खाँदै बसे। भित्र-भित्र उहिल्यै देखि चालु भैसकेको रहेछ …………… !!😁
🍒🍒🍒🍒🍒🍒🍒🍒🍒🍒
प्रधानमन्त्री अटल बिहारी बाजपेयीको
कार्यकालमा राष्ट्रपति पदमा K.R नारायणन नै थिए। बिश्वमै हिन्दुहरुको
एक मात्र काशी हिंदू विश्वविद्यालयमा नयाँ उपकुलपति चयन गर्नुपर्ने भएकोले चयन
गर्नका लागि चार धाम बाट सिफारिसमा परेका ४ जना ब्यक्तिको नाम सिफारिस गर्यो, पहिलो दोस्रो
तेस्रो चौथो गरि जसमा चौथोमा नाम थियो वाय एस सिम्हाद्रीको ! यसभन्दा अगाडि काशी
हिंदू विश्वविद्यालयको इतिहासमा जसको नाम अगाडि सिफारिस गरेको हुन्छ प्राथमिकता
तिनलाई दिएर उपकुलपति चयन हुँदै आइरहेकोमा राष्ट्रपति K.R नारायणले चौथो
नम्बरमा भएको वाय एस सिम्हाद्री लाई नियुक्त गर्यो, जुन क्रीप्टो क्रीस्चियन थियो। KR नारायणले
चौथोमा नाम भएकोलाई किन पहिलोमा ल्याएर नियुक्ति गर्यो होला भनेर
त्यतिबेला नबुझेर बस्नेहरूले ऊनी मरेपछि पो बल्ल बुझे ! एह……रात्तै कारण त
यस्तो पो रहेछ भनेर !!
🍒🍒🍒🍒🍒🍒🍒🍒
गौरी लंकेश देखाउने अनुहार। पेशागत चर्चित
बामपंथी पत्रकार। JNU युनिभर्सिटीमा छात्रसंघको पूर्वअध्यक्ष। अहिले यिनले उत्पादन गरेका छाउराहरु
छन् कन्हैया कुमार भन्नेहरू !
यिनले जीवनभर
हिन्दुत्वको विरुद्धमा कलम चलाईरहे ! माता दुर्गालाई बेस्या भन्नेदेखि ‘दुर्गा’
देवी होइन हत्यारा हो, महिषाशुर कर्णाटको मैसुर निवासी नागरिक हुन्। त्यसैले
महिषाशुर लाई पुजेर मैसुर दिवस मनाउन पर्छ भन्दै प्रत्येक वर्ष मैसुरमा महिषाशुर
लाई हाम्रो शहीद हो भन्दै माल्यार्पण गरेर कार्यक्रम गर्दै आइरहेकी थिइन् !
धेरै हिन्दुले
सोंचे यिनी कुनै धर्म नमान्ने बामपंथी हुन्। त्यसैले यी सबै उनको गतिविधिलाई त्यही
एंगल बाट हेरेर चुपचापले बसे ! तर जब केही उग्र हिन्दु युवाहरूले यिनको
"बध" गरे, यिनको अन्तिम शव यात्रामा दसौं हजार मान्छेहरू जुटे धेरैले सोंचे हिन्दुको
घाटमा लगेर जलाउँछ होला भनेर तर शव बोक्ने गाडी क्रीस्चियनको कब्रीस्तानतर्फ
लागेपछि पो बल्ल थाहा भयो यी त क्रीप्टो क्रीस्चियन रहेछ बामपंथी त उनको अनुहार
छोप्ने नकाब मात्रै रहेछ भनेर सर्वसाधारणले बुझे ! नेपालको तोर्मेहरुले पनि पछि पछि
बुझ्दैजालान् !!
🍒🍒🍒🍒🍒🍒🍒
2 september 2009 मा आन्ध्र
प्रदेशको मुख्यमन्त्री
वाइ एस
राजशेखर रेड्डी उडेको हेलिकप्टर केही क्षणमा नै नल्लामला जंगलमा हरायो, दुर्घटनामा
परेको आशंकामा मुख्यमन्त्री सकुशल होस् भन्दै हिन्दुहरुले मन्दिरमा पुजा गर्ने होम
यज्ञ गर्ने गर्नथाले। केही दिनमा दुर्घटनामा परेको हेलिकप्टर त भेट्यो तर सवार
यात्रीहरु सबै मृत्यु भएको अवस्थामा ! मुख्यमन्त्री वाइ एस राजशेखर रेड्डीको शवलाई
राजकीय सम्मान पश्चात् लगे पास्टरहरुले क्रीस्चियनको कब्रीस्तानमा गाड्नलाई।
त्यसपछि मात्रै बल्ल सर्वसाधारणले चाल पाए ऊनी त पहिले देखिन क्रीस्चियन भैसकेका
रहेछन् भनेर। त्योभन्दा अगाडी हिन्दुको मठ मन्दिरमा टीका लगाउँदै तिरुपती बालाजी
पुगेर चन्दन घस्दै हिंड्थे ! कांग्रेस भित्र सोनिया गान्धीले कसरी उनको उचाई बढाउँदै
मुख्यमन्त्री सम्म पुर्याएकी रहिछन् भनेर पनि चाल पाए राजनीतिक वृत्तमा।
अहिले उनको
छोरा YS रेड्डी मुख्यमन्त्री छ। उनले चुनाव जित्ने बितिकै क्रीस्चियन लाई यरुसेलम जान
६० हजार दिने घोषणा गर्दै चर्चको पास्टरलाई मासिक ५००० दिने घोषणा पनि गरे। सायद
धेरै हिन्दुलाई थाहा नहोला, प्रसिद्ध तिरुपती बालाजी मन्दिरमा काम गर्ने ४०%
कर्मचारी क्रीस्चियन छन्, सरकारी नियुक्तिमा आएको।
तर आन्ध्र
प्रदेशमा ९०% हिन्दु जनता छन् भने क्रीस्चियन सिर्फ १.३८% ! फ़ेरि यस्तो कसरी
भन्लान् ? हिन्दु न हो चाकमा मुसारेर छातीमा लात्तीले हान्यो भने पनि जेसुकै होस् भर्खरै
मेरो चाकमा मुसारेको त हो नी तिनले भनेर बस्ने जात न पर्यो !! किनकि
यी क्रीस्चियन मुख्यमन्त्रीले बेलाबेलामा मन्दिर गएको तस्वीर, पूजा गरेको
तस्वीर समाचारपत्रमा छपाइ रहन्छन्। बेलाबेलामा यहाँ भन्दा बढी के चाहियो हिन्दुलाई
?
🍒🍒🍒🍒🍒🍒🍒🍒
सुब्रमण्यम स्वामी भारतका चर्चित पुराना कांग्रेसी नेता
हाल BJP का हुन् यिनले एउटा
अन्तर्वार्तामा भन्दै थिए, राजीव गान्धीले
प्यालेस्टाइनका नेता यासर आरफत संग भेटेर यहाँ बाट गोप्य रूपमा सोनिया गान्धी
मार्फत गएको पैसाको सदुपयोग के कस्तो भएको छ भनेर सोधपुछ गर्नु भनेर पठाएको रहेछ
त्यहाँ गएर सोध्दा यासर आरफतले तपाईंको PM लाई भन्नुस् त्यहाँ बाट
आएको पैसा म कहाँ सिधै पठाउनु किनकि भारत बाट आएको पैसा सोझै यहाँको क्रीस्चियन
च्यारेटिमा जान्छ भनेर जानकारी दिएछ !
तामिलनाडुको
काँची शंकराचार्य पिठ भारतमा सबैभन्दा बढी समाज सेवामा सकृय छ यिनले धर्म
परिवर्तनको विरुद्धमा गाउँ गाउँमा कार्यक्रम संचालन गर्छ, दलितलाई हिन्दु संग जोड्ने अभियान स्वरुप दलित हरुलाई
सबैलाई मन्दिरमा आउ ढोका खुला छ तपाईंहरु न आउने भए मन्दिर नै गाउँ गाउँमा आउँछ
भन्दै गरीब वस्ती वस्तीमा स्वस्थ्य शिक्षा पुर्याएर धर्मान्तरण लाई रोक्ने
काममा भारतमा काँची कामकोटी पीठका शंकराचार्य जयन्द्र सरस्वती जतिको सक्रियता कुनै
हिन्दु संघ संस्थाको छैन र थिएन पनि अब तपाईंहरुलाई थाहै छ "दलित" भनेको
क्रीस्चियनको आहार हो त्यो आहारमा आँखा लगाएपछि त्यसको के हालत हुन्छ ? त्यही हुन्छ जुन नारायण पोखरेलको भएको नजीर हेर्नु।
तर
त्यहाँ अलिकति फरक भयो शंकराचार्य जयन्द्र सरस्वतीलाई ब्लु फिल्म हेरेको, बलात्कार हत्या गरेको आरोपमा गिरफ्तार गर्यो त्यो पनि त्रिकालको पुजा गरिरहेको अवस्थामा। यसको पछाडी
सिधै हात सोनिया गान्धीको थियो भनेर त लेखेन तर घुमाउरो रूपमा भर्खरै दिवंगत पुर्व
राष्ट्रपति एवं कांग्रेसको द्विग्गज नेता प्रणव मुखर्जीले लेखेको ‘द कोएलिसन इयर्स’
(The Coalition Years) पुस्तकमा ऊनी भन्छन् "‘म उक्त गिरफ्तारीप्रति
अत्यन्त असहमत तथा असन्तुष्ट थिएँ, क्याबिनेट बैठकमा यस
मामलालाई उठाएको पनि थिएँ । मैले सवाल गरेको थिएँ कि देशमा धर्मनिरपेक्षताको पहुँच
केवल हिन्दू सन्त–महात्माहरूसम्म नै सीमित छ ? के कुनै राज्यको पुलिसले कुनै मुस्लिम मौलवीलाई इदको
अवसरमा गिरफ्तार गर्ने हिम्मत देखाउन सक्छ ?’ भनेर लेखेका छन् यसबाट
प्रष्ट हुन्छ सोनियाको केन्द्र सरकार नै गिरफ्तार गराउन सक्रिय रहेकोे रहेछ भनेर
बुझ्न गाह्रो रहेन ! अरुणाचल प्रदेशमा सन् १९५१ मा एकजना पनि इसाई थिएनन्, तर २००१ मा त्यहाँ इसाई आवादी १८ प्रतिशत पुग्यो। २०११ को
जनगणनाको परिणामअनुसार यतिबेला त्यहाँ इसाई उपस्थिति ३० प्रतिशतभन्दा ज्यादा
देखिएको छ। अरुणाचलमा धर्मान्तरणको सिलसिला १९८४ मा राजीव गान्धी प्रधानमन्त्री
बनेपछि नै शुरु भएको थियो। राजीव सरकारले सोनियाकै विशेष जोडमा अरुणाचलमा इसाई
मिसनरीहरूलाई आफ्नो सेन्टर खोल्न स्वीकृति दिएको थियो त्यसपछि बहुसंख्यक बौद्ध
रहेकोे अरुणाचल प्रदेश बाट बौद्ध अल्पमतमा आइसकेको छ खुसीको कुरा के भने अहिले
मोदी सरकारले सबै धर्म परिवर्तन गराउने NGO
लाई
बन्द गराएर हिन्दु बौद्ध संस्थालाई गाउँ गाउँमा पठाएर आआफ्नो पुरानो धर्ममा
फर्काउने अभियान चालु गरिरहेको छ, उता लेह लद्दाखमा रहेकोे
बौद्ध बाहुल्य क्षेत्रलाई मुस्लिम बाहुल्य जिल्लामा गाभेर बौद्ध समुदायलाई आफ्नै
भूमिमा अल्पसंख्यक पारेर इस्लामीकरण गर्दै आइरहेको थियो जुन अहिले अलग्गै केन्द्र
शासित बौद्ध क्षेत्र बनाएर उनीहरुको धार्मिक साँस्कृतिक अस्तित्व जोगाउने काम भएको
छ।
क्रीप्टो
क्रीस्चियनको अर्को दरिलो नमूना हेरौं
घटना
र बिचार साप्ताहिक १ माघ २०७५, मंगलवारको अन्लाईन बाट:
"१७
डिसेम्बर २०१० मा विकिलिक्सले राहुल गान्धीले २० जुलाई २००९ मा भारतका लागि
अमेरिकी राजदूत टिमोथी रोमरसँग गरेको एक वार्तालापको विवरण एक्सपोज गरिदिएको थियो, अमेरिकी राजदूतसँग राहुलले भनेका थिए– ‘भारतविरोधी मुस्लिम आतङ्कवादी र वामपन्थी आतङ्कवादी भन्दा
भारतको निम्ति हिन्दूहरू बढ्ता खतरा हुन् ।’ यसबाट भारतका एक अर्ब
हिन्दू नागरिक प्रति गान्धी परिवार तथा कङ्ग्रेस पार्टीको दृष्टिकोण के रहेछ भन्ने
प्रस्ट हुन्छ…………क्रमशः
-Mohan
Lama Rumba
No comments:
Post a Comment