Pages

Tuesday, November 24, 2020

 विद्यालयमा पढ्दा हामीलाई ‘प्रजातन्त्रको जननी बेलायत हो’ भनेर पढाइएको थियो । अझसम्म पनि नेताहरू त्यसै भन्छन्, इतिहासकारहरू त्यही लेख्छन् । तर प्रजातन्त्रको वास्तविक जननी त हाम्रै भूमि रहेछ । हाम्रै भूमिमा बसेर हजारौँ वर्षअघि वैदिक कालमा हाम्रै पुर्खाले लेखेको ‘तैत्तिरीय ब्राह्मण’ नामक ग्रन्थबाट यो कुरा पुष्टि हुँदो रहेछ । ‘राष्ट्र जनताको हो र आफूमध्येबाट शासक बनाउने काम जनताले नै गर्नुपर्छ’ भन्ने भावना त्यसै बेला जागृत भइसकेको रहेछ । त्यस बेला राष्ट्रका जनतालाई शासकका निर्माताका रूपमा ‘रत्निन्’ भनिदो रहेछ । त्यसैले त्यस ग्रन्थमा रत्निनहरूले आफूमध्येबाट एकजनालाई शासक बनाएर राष्ट्र सुम्पनुपर्छ भनिएको रहेछ (रत्निनामेतानि हवीषि भवन्ति, एते वै राष्ट्रस्य प्रदातारः ।’ — तैत्तिरीय ब्राह्मण, १।७।३) । प्रजातन्त्र भनेको यही हुनुपर्ने हो ! अनि कसरी भयो दसौँ शताब्दीदेखिको मात्रै इतिहास भेटिने बेलायत प्रजातन्त्रको जननी ? बुझ्न कठिन लाग्यो ।

- Hari Manjushree

No comments:

Post a Comment