Pages

Wednesday, January 6, 2021

 


 


कमल थापाजीलाइ प्रष्टिकरण सोधिएको छ।


(1) हालै तपाईंले हेटौंडामा चर्च उद्घाटन गरेको भिडियो हेरियो । यसरी तपाई जस्तो हिन्दुवादी राप्रपाको नेता हुँ भन्नेले चर्चको उद्घाटन गरेर कसलाई खुशिपार्न खोज्नुभएको हो ? यो हरिबिजोक देखेपछि तपाईलाई केही लेख्न मन लागेर लेख्दैछु । तपाईले चर्च उद्घाटन गरेर क्रिस्चियनहरुबाट के आशा गर्नु

भएको छ ? आखिर तपाईलाई नपुग्दो के छ र ? तपाईंका पिता कर्नेल छत्रबहादुर थापाले प्रसस्त सम्पत्ति जोड्नुभएकै थियो । अहिले तपाईंलाई कति पैसा चाहियो ?

(2) कमल थापाजी ! तपाईं र तपाईंको भाइ गणेश थापा एकनाथ ढकालसँग कोरियन मुनको चर्चमा पनि पुग्नु भयो । त्यसबाट कति पैसा लिनु भयो ? कि घुमेर मात्र आएनु भएको थियो ? स्पष्ट गरिदिनु होला ।

(3) अर्को कुरा हालै तपाईले मदर टेरेसा ट्रष्टबाट ३० करोड लिने निर्णय गर्नुभएको छ अरे ! १० करोड रुपैया त लिईसक्नु भयो भन्ने विशेष सूत्रबाट थाहापाइयो । यो सत्य हो कि होइन ? यसको राम्ररी स्पष्टिकरण दिएर सबैलाई चित्त बुझाइदिनुहोला । मैले तपाईसँग कुनै प्रतिशोध राखेको छैन र राख्ने पनि छुइन । तर यी माथि मैले प्रस्तुत गरेका कुराहरु सत्य हुन् भने, तपाईले राप्रपाको नेतृत्व तहबाट चटक्क छोड्नु पर्छ । राप्रपाको नेतृत्व तह छोड्न तपाईकै हितमा हुन्छ । यदि होइन भने यी सबै प्रश्नको खण्डन गरेर राप्रपालाई सशक्त बनाई अगाडी बढाउनुहोस् भन्ने मेरो आग्रह छ । आज यत्ति, अरु पछि केही परेमा प्रस्तुत गरौंला–

तपाईको पूरानो मित्र-

–दीर्घराज प्रसाई / Jan 6, 2021

No comments:

Post a Comment